ग्रिण्डलेज बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० टिसिएन रोडमा अवस्थित ग्रिण्डलेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । वार्षिक साधारण सभा हेटौंडाको दर्शन पार्टी प्यालेसमा भएको हो ।

सहकारीका अध्यक्ष महेन्द्र इटेनीको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका १० नम्बर वडाका वडाध्यक्ष फुर्वा दोर्जे तामाङको प्रमुख आतिथ्यता रहेको थियोे । कार्यक्रमलाई सम्बोधन गर्दै वडाअध्यक्ष तमाङले ग्र्रिण्डलेजको सदस्य संख्या कम भएता पनि गुणात्मक रूपमा राम्रो काम गरेको बताए ।

कार्यक्रममा प्रगति प्रतिवेदन सहकारी सचिव ऋषि कुमार ढकाल र कोषको प्रतिवेदन कोषाध्यक्ष गोपी प्रसाद न्यौपानेले प्रस्तुत गरेका थिए । कार्यक्रममा सहकारी उपाध्यक्ष जानुका देवि कँडेल, सदस्य रामहरि ढकाल, लेखा समिति संयोजक सागर सापकोटा, सल्लाहकार नारायण प्रसाद कँडेल, ब्यवस्थापक शंकर कुँवर लगायतकाको आतिथ्यता रहेको थियो । सहकारीमा ६ सय ४२ जना सदस्य रहेको ब्यवस्थापक कुँवरले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.