समाचार

होलीमा सवारी नचलाउन प्रशासनको आग्रह, सार्वजनिक स्थानमा कार्यक्रम निषेध

होलीमा सवारी नचलाउन प्रशासनको आग्रह, सार्वजनिक स्थानमा कार्यक्रम निषेध

हेटौँडा । मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले होली पर्वका अवसरमा अत्यावश्यक कामबाहेक अन्य सवारी साधन नचलाउन सर्वसाधारणसँग आग्रह गर्नुभएको छ। होली तथा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई लक्षित गर्दै अपनाइएको व्यवस्थाबारे जानकारी दिँदै उहाँले सवारी चलाउनै परे ट्राफिक नियमको पूर्ण पालना गर्नुपर्नेमा जोड दिनुभयो। विशेषगरी, होली खेल्नकै लागि सवारी साधन चलाउन रोक लगाइएको उहाँले स्पष्ट पार्नुभयो। निर्वाचनको संघारमै होली परेकाले शान्ति सुरक्षामा कुनै असर नपुगोस् भन्ने उद्देश्यले यस वर्ष कडाइ गरिएको अधिकारीले बताउनुभयो। विगतका वर्षझैँ सार्वजनिक रूपमा खुल्लमखुल्ला होली नखेल्न आग्रह गर्दै यसपटक घरको कम्पाउन्डभित्र सीमित रूपमा पर्व मनाउन अनुरोध गरिएको छ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार…
Read More
गौतम र विष्टको घरदैलो

गौतम र विष्टको घरदैलो

हेटौंडा । हेटौंडाको विभिन्न वडामा नेपाली कम्यूनिष्ट पार्टीका उम्मेदवार लवशेर विष्ट र विजय गौतमले घरदैलो कार्यक्रम गरेका छन् । मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार गौतमसहितको टोलीले १७ नम्बर वडामा घरदैलो तथा र्याली गरेको हो । त्यस्तै विष्टले वडा नम्बर १ चाइना क्वाटरका साथै भिमफेदी गाउँपालिका इपामा घरदैलाे गरेका हुन् । देशमा परिवर्तन गरेर देखाउने प्रतिबद्धतताका साथ आफ्नो उम्मेदवारी रहेको गौतम र विष्टले बताए । चुनाव चिन्ह तारामा भोट दिएर पार्टीलाई यसपालि जिताईदिनुहुन सबै मतदाताहरुमा आग्रह गर्दछु उम्मेदवार गौतम र विष्टले आग्रह गरे । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको लागि मकवानपुर क्षेत्र नम्बर १ बाट विजय गौतमले उम्मेदवारी…
Read More
उज्यालो नेपाल पार्टीको घरदैलो र र्याली

उज्यालो नेपाल पार्टीको घरदैलो र र्याली

हेटौंडा / हेटौंडाको १७ नम्बर वडामा उज्यालो नेपाल पार्टी ले चुनावी प्रचारप्रसार गरेको छ । मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार इन्जिनियर सुरेन्द्र लामा सहितको टोलीले र्याली , प्रचारप्रसार गरेको हो । आइतबारको दिनमा पार्टीले हेटौंडा १३ मा पनि मोटरसाइकल र्याली गरेको थियो । देशमा परिवर्तन गरेर देखाउने प्रतिबद्धतताका साथ आफ्नो उम्मेदवारी रहेको लामाले बताए । बत्तीको चिममा भोट दिएर उज्यालो नेपाल पार्टी लाई यसपालि जितादिनुहुन सबै मतदाताहरुमा आग्रह गर्दछु उम्मेदवार लामाले आग्रह गरे । नेपाललाई दिनमा १८ घण्टा सम्मको लोडसेडिङबाट मुक्त बनाएर सबैनेपालीको मनजित्न सफल कुलमान घिसिङको नेतृत्वमा रहेको पार्टी हो उज्यालो नेपाल पार्टी । फागुन २१ गते हुने…
Read More
लवशेर विष्टको प्रतिवद्धता : गाँजा वैधीकतादेखि सुरुङमार्ग निर्माणको पहलसम्म

लवशेर विष्टको प्रतिवद्धता : गाँजा वैधीकतादेखि सुरुङमार्ग निर्माणको पहलसम्म

हेटौँडा । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ मा उम्मेदवार बनेका लवशेर विष्टले आफ्नो चुनावी एजेण्डा सार्वजनिक गरेका छन्। सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले मकवानपुर–२ को समग्र विकासलाई केन्द्रमा राखेर विभिन्न प्रतिवद्धता सार्वजनिक गरेका हुन्। विष्टले विशेषगरी गाँजा खेतीलाई कानुनी मान्यता दिलाई आयआर्जनको भरपर्दो स्रोतका रूपमा विकास गर्न पहल गर्ने बताए। मकवानपुर–२ मा परम्परागत रूपमा हुँदै आएको गाँजा खेतीलाई वैधानिकता दिलाउन आफूले संसदमा कानुन संशोधनका लागि पहल गर्ने उनको प्रमुख एजेण्डा रहेको छ। त्यस्तै, भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई प्राथमिकतामा राख्ने उनले बताए। प्रचलित कानुन परिमार्जन गरी…
Read More
बेपत्ता किशोरी तीन महिनापछि धापाखेलबाट उद्धार

बेपत्ता किशोरी तीन महिनापछि धापाखेलबाट उद्धार

हेटौँडा । गत मंसिर २१ गते हेटौँडा–१० स्थित सोलिड्यारिटी एकेडेमीबाट घर फर्कने क्रममा आफ्नै फुपूको छोरा २९ वर्षीय सुदर्शन राईसँग बेपत्ता भएकी १३ वर्षीया किशोरीलाई प्रहरीले तीन महिनापछि ललितपुरको धापाखेलबाट नियन्त्रणमा लिएको छ। विद्यालयबाट फर्किने क्रममा हराएकी बालिकाको खोजीका लागि मकवानपुर प्रहरीले सुरुबाटै विशेष निगरानी थालेको थियो, तर लामो समयसम्म कुनै ठोस प्राविधिक सुराग नपाउँदा अनुसन्धान चुनौतीपूर्ण बनेको थियो। घटनालाई उच्च प्राथमिकतामा राखेर प्रहरीले सादा पोशाकमा विशेष टोली परिचालन गरेको थियो। एक साताअघि मात्र किशोरीले प्रयोग गरेको नयाँ मोबाइल नम्बर फेला परेपछि अनुसन्धानले नयाँ मोड लिएको थियो। उक्त नम्बरमार्फत लोकेसन ट्र्याक गर्दा उनीहरू ललितपुरको धापाखेल आसपास रहेको संकेत मिलेपछि त्यहाँ…
Read More
हेटौँडामा चुनावी सरगर्मी: रामेश्वर रानाको प्रतिबद्धता सार्वजनिक

हेटौँडामा चुनावी सरगर्मी: रामेश्वर रानाको प्रतिबद्धता सार्वजनिक

हेटौँडा । हेटौँडामा आयोजित पत्रकार सम्मेलनमार्फत रामेश्वर राना ले नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) (एमाले) को तर्फबाट मकवानपुर क्षेत्र नं. १ का उम्मेदवारका रूपमा आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ। उहाँले वैदेशिक हस्तक्षेपको अन्त्य गर्दै राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने, लोकतन्त्रलाई सुदृढ बनाउँदै समाजवादतर्फ अघि बढ्ने र देशमा पूर्ण सुरक्षाको प्रत्याभूति गर्ने आफ्नो मुख्य प्रतिबद्धता रहेको बताउनुभयो। राष्ट्रियता र भौगोलिक अखण्डताको संरक्षणका लागि आफ्नो उम्मेदवारी रहेको उल्लेख गर्दै रगतसँग साटेर ल्याइएको संविधान तथा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नु एमालेको जिम्मेवारी भएको उहाँले स्पष्ट पार्नुभयो। ‘जेनजी आन्दोलन’ पछि अभिभावकविहीन जस्तो देखिएको मुलुकलाई संवैधानिक बाटोमा अघि बढाउन आवश्यक राजकीय कानुनी प्रबन्ध गर्नु…
Read More
हेटौँडामा सवारी चालकको अट्टेरीपन र ट्राफिक प्रहरीको बेवास्ताले जोखिम निम्त्याउँदै

हेटौँडामा सवारी चालकको अट्टेरीपन र ट्राफिक प्रहरीको बेवास्ताले जोखिम निम्त्याउँदै

हेटौंडा / हेटौंडा उपमहानगरपालिका स्थित घरहरू सडक विस्तार गर्ने भन्दै भत्काइएकाले राजमार्गहरू केही साँघुरा भएका छन्। पैदल यात्रुहरूलाई सडक वारपार गर्न मुस्किल परेको छ। हेटौंडाको मुख्य बजार बुद्धचोक सडकमा पूर्व, पश्चिम, उत्तर र दक्षिण गरी चारै दिशामा जेब्राक्रसिङ रेखा बनाइएको छ, ताकि पैदल यात्रुहरूलाई बाटो काट्न सहज होस्। पैदल यात्रुहरू जेब्राक्रसिङबाटै बाटो काट्ने गर्छन्। तर गाडी कहिले रोकिन्छ र बाटो काटौँला भनेर जेब्राक्रसिङको बीचभागमै मानिसहरू कुरिरहेको दृश्य दिनहुँ देखिन्छ। सवारी चालकहरू जेब्राक्रसिङमा पनि भीडलाई छिचोल्दै सवारी हुइँकाइरहेका हुन्छन्। त्यहीँ नजिक ट्राफिक प्रहरी र नेपाल प्रहरी उपस्थित भए पनि उनीहरूले खासै वास्ता गर्दैनन्। बरु फुर्सदको समयमा मोबाइलमा व्यस्त देखिन्छन्, तर जेब्राक्रसिङमा…
Read More
हेटौँडामा ‘बालेन’ फोटो अंकित होली टिसर्ट बिक्रीमा रोक, करिब ४०० थान बरामद

हेटौँडामा ‘बालेन’ फोटो अंकित होली टिसर्ट बिक्रीमा रोक, करिब ४०० थान बरामद

हेटौडा । हेटौडा उपमहानगरपालिका–१० बुद्ध चोकस्थित विभिन्न कपडा पसलबाट ‘बालेन’को फोटो सहित ‘ह्याप्पी होली’ लेखिएको भेष्ट (टिसर्ट) बिक्री भइरहेको सूचनाका आधारमा संयुक्त गस्ती टोलीले करिब ४०० थान टिसर्ट नियन्त्रणमा लिएको छ। आज अन्दाजी ११:३० बजेको समयमा जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट खटिएका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब निरीक्षक आशा लामाको कमाण्डमा १४ जना तथा यस गणबाट खटिएको मोबाइल–६ का कमाण्डर सप्रसनि कुवेर तारामी मगरको १२ जनाको संयुक्त टोलीले उक्त कारबाही गरेको हो। कारबाहीका क्रममा हेटौडा–११ का जय प्रसाद दास र राजु दास, हेटौडा–१० का जिगट दास र बेकेश दास, हेटौडा–११ का विजय दास तथा…
Read More
हेटौंडामा खोलामा गाडी धुनेको सङ्ख्या बढ्दो

हेटौंडामा खोलामा गाडी धुनेको सङ्ख्या बढ्दो

हेटौंडा । हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र पर्ने राप्ती नदी मा सवारीसाधन धुनेको सङ्ख्या बढ्न थालेको छ। हेटौंडा उपमहानगरपालिकाले खोलामा गाडी धुन मनाही रहेको जानकारीसहित सानो बोर्ड राखेको भए पनि उक्त बोर्ड बेद विद्यालय जाने बाटोछेउ, पुलमुनि कम देखिने स्थानमा राखिएको छ। उक्त नदी जङ्गली जनावरहरूले पानी पिउने प्रमुख स्रोत हो। जलचरहरूको बासस्थानसमेत यही नदी तथा खोला हो। स्थानीय बासिन्दा नुहाउने, लुगा धुने कार्य पनि यहीँ गर्छन् भने पर्यटकहरू समेत यही खोलाको पानी प्रयोग गरी खाना पकाउने गर्दछन्। सौराहा क्षेत्रमा रहेका वन्यजनावरहरूले समेत यही पानी प्रयोग गर्ने गरेका छन्। सिमलटार, गोल्फिङटार, थानाभर्‍याङ र सागरपथ क्षेत्रका बासिन्दाहरूको पिउने पानीको स्रोतसमेत यही खोला हो।…
Read More
हेटौंडामा जेब्राक्रसिङ्ग बाटो बन्द भएपछि स्थानीयको विरोध

हेटौंडामा जेब्राक्रसिङ्ग बाटो बन्द भएपछि स्थानीयको विरोध

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१० नम्बर वडास्थित सुर्यान्स होटल अगाडि रहेको चलिरहेको जेब्राक्रसिङ्गसँग जोडिएको पेटीमा बार लगाइएपछि वरपरका घरधनी तथा व्यवसायीहरूले विरोध जनाएका छन्। घरधनी तथा व्यवसायीहरूले जेब्राक्रसिङ्गलाई पुनः सञ्चालनमा ल्याउन र पेटीमा लगाइएको बार हटाउन माग गर्दै सम्बन्धित टोल विकास संस्था, वडा कार्यालय, उपमहानगरपालिका, जिल्ला ट्राफिक प्रहरी कार्यालय लगायत सम्बन्धित निकायहरूमा निवेदन पेश गरेका छन्। १७/१८ जनाको हस्ताक्षरसहितको निवेदन सम्बन्धित निकायहरूमा बुझाइएको एक सरोकारवालाले जानकारी दिएका छन्। व्यक्तिगत स्वार्थका लागि सार्वजनिक स्थानमा बार लगाई जेब्राक्रसिङ्ग अवरुद्ध गर्नु नियमसङ्गत नभएको सरोकारवालाहरूको भनाइ छ। जेब्राक्रसिङ्ग विस्तार गरी बाटोसँग जोडिएको पेटीको बार हटाएर आवतजावत सहज बनाउन माग गरिएको छ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.