२०८२ भाद्र ५, बिहीबार २२:३१ गते
२०८२ भाद्र ५, बिहीबार २२:३१ गते
हेटौंडा । हेटौंडा–१९ स्थित गुरुशिष्य पाठशाला बोर्डिङले शिक्षासँगै खेलकुदलाई पनि समान महत्व दिने उद्देश्यसहित विद्यालयमै नियमित फुटबल प्रशिक्षण सुरु गरेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश चौलागाईंका अनुसार करिब एक महिना अघिदेखि कक्षा ८ र ९ मा अध्ययनरत २० जना विद्यार्थीलाई दैनिक दुई घण्टा फुटबल प्रशिक्षण दिइँदै आएको छ। मकवानपुर जिल्ला फुटबल संघका सदस्य समेत रहेका चौलागाईंले विद्यार्थीलाई स्वस्थ राख्ने, खेलप्रतिको रुचि र क्षमता विकास गर्ने र भविष्यका सक्षम खेलाडी उत्पादन गर्ने लक्ष्यसहित यो अभियान सुरु गरिएको बताए। “शिक्षासँगै खेलकुदलाई प्रोत्साहन गरेर विद्यार्थीको सर्वाङ्गीण विकास गर्ने हाम्रो उद्देश्य हो,” अध्यक्ष चौलागाईंले भने। उहाँकै नेतृत्वमा रियल स्टार युवा क्लबले विगतमा जिल्लास्तरका…