समाचार

विपन्न चेपाङ परिवारलाई मुख्यमन्त्रीबाट घर निर्माणका लागि पहिलो किस्ता हस्तान्तरण

विपन्न चेपाङ परिवारलाई मुख्यमन्त्रीबाट घर निर्माणका लागि पहिलो किस्ता हस्तान्तरण

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राक्सिराङ गाउँपालिका–१, इन्द्रुङका विपन्न सुमनसिं चेपाङको घर निर्माणका लागि पहिलो किस्ताबापत २ लाख रुपैयाँ सहयोग गरेका छन्। गाउँपालिकाका जनप्रतिनिधि र नेपाली काँग्रेसका स्थानीय नेताहरूको उपस्थितिमा सोमबार मुख्यमन्त्री बानियाँले घर निर्माणको जिम्मा लिने पक्षलाई २ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्। सुत्केरी श्रीमतीलाई खुवाउने खानेकुरा समेत नहुँदा झुप्रोमा बस्नुपरेको अवस्थाबारे जानकारी पाएपछि गाउँपालिका र काँग्रेसको सिफारिसमा मुख्यमन्त्री बानियाँले व्यक्तिगत खर्चमै घर निर्माण गरिदिने घोषणा गरेका थिए। मुख्यमन्त्रीमा नियुक्त भएसँगै उनले आफ्नो तलब–भत्ताबाट अति विपन्न परिवारलाई घर निर्माण गरिदिने घोषणा गरेका थिए। सोही योजनाअनुसार हाल राक्सिराङका चेपाङ परिवार र मनहरी गाउँपालिकाकी विपन्न दलित महिला मिठुमाया…
Read More
एउटै विद्यालयमा ३७ वर्ष, आज बिदाई

एउटै विद्यालयमा ३७ वर्ष, आज बिदाई

हेटौँडा । हेटौँडा–११ डाङडुङेस्थित श्री आनन्द भैरव आधारभूत विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद खनाल ३७ वर्षसम्म सोही विद्यालयमा प्रधानाध्यापकको जिम्मेवारी सफलतापूर्वक पूरा गरेर आज औपचारिक रूपमा सेवा निवृत्त हुनुभएको छ। शिक्षा क्षेत्रमा निरन्तर योगदान दिंदै आउनुभएका खनालले विद्यालयको शैक्षिक गुणस्तर उकास्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको विद्यालय परिवारले जनाएको छ। उहाँले समाजमा शिक्षाको प्रकाश फैलाउँदै अज्ञानताको अँध्यारो हटाउन उल्लेखनीय योगदान दिनुभएको भन्दै विद्यालय परिवारले उच्च सम्मान व्यक्त गरेको छ। सेवा निवृत्त जीवन सुखमय र स्वास्थ्यपूर्ण रहोस् भनी विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावकले खनालप्रति शुभकामना व्यक्त गरेका छन्।
Read More
रेडक्रस मकवानपुरको ३६ औ जिल्ला जुनियर युवा रेडक्रस गोष्ठी हेटौँडामा

रेडक्रस मकवानपुरको ३६ औ जिल्ला जुनियर युवा रेडक्रस गोष्ठी हेटौँडामा

हेटौँडा । नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाको आयोजना ३६ औ जिल्ला जुनियर युवा रेडक्रस गोष्ठी कार्यक्रमको शुक्रबार उद्घाटन भएको छ । जुनियर रेडक्रस सर्कल अरनिको माबी, हेटौंडा -१९को  आतिथ्यतामा आयोजित गोष्ठीलाई रेडक्रस मकवानपुरका सभापति लालबहादुर थापाले उद्घाटन गर्नुभएको थियो । गोष्ठीमा मकवानपुर जिल्लाका ६५ वटा सामुदायिक तथा संस्थागत विद्यालय एवं समुदाय स्तरमा गठित जुनियर एवं युवा रेडक्रस सर्कलका प्रतिनिधि तथा शिक्षक नायकहरू गरि ३ सय जनाको उपस्थिति रहेको छ। नेपाल रेडक्रस सोसाइटी मकवानपुरका उपमन्त्री तथा जिल्ला जुनियर युवा समितिका संयोजक शिवहरि दाहालको अध्यक्षता तथा रेडक्रस मकवानपुरका सभापति लालबहादुर थापाको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बागमती मकवानपुर शाखाका मन्त्री सुमित्रा काफ्ले,…
Read More
हेटौंडामा अपांगता भएका महिलालाई अचार उत्पादन र वित्तीय साक्षरतामा तालिम

हेटौंडामा अपांगता भएका महिलालाई अचार उत्पादन र वित्तीय साक्षरतामा तालिम

हेटौंडा । अपांगता भएका महिलाहरूको सशक्तिकरणका लागि हेटौंडामा अचार उत्पादन तथा वित्तीय साक्षरता सम्बन्धी १० दिने तालिम सुरु भएको छ। हेटौंडा उपमहानगरपालिकाको सहयोग रोटरी क्लब हेटौंडाले आयोजना गरेको सो तालिमको उद्घाटन शुक्रबार उपमहानगरपालिकाकी नगर प्रमुख मीना कुमारी लामाले गर्नुभएको हो। कार्यक्रममार्फत सहभागी महिलाहरूलाई उद्यमशीलता, आयआर्जनका अवसर र आर्थिक व्यवस्थापनबारे ज्ञान दिइने आयोजकले जनाएको छ। तालिमले अपांगता भएका महिलाहरूलाई आत्मनिर्भर बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ।
Read More
“संघीयताप्रति देखिएको नकारात्मक धारणा चिर्न नैतिक शिक्षा जरुरी”-मुख्यमन्त्री बानियाँ

“संघीयताप्रति देखिएको नकारात्मक धारणा चिर्न नैतिक शिक्षा जरुरी”-मुख्यमन्त्री बानियाँ

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पछिल्लो समयमा नैतिक शिक्षाको महत्व अझै बढेको बताएका छन्। नेपाल स्काउट, बागमती प्रदेश स्काउट, महेन्द्र मावि र स्थानीय स्काउट हेटौंडा–१३ को संयुक्त आयोजनामा आइतबारदेखि सुरु भएको पाँच दिने स्काउट ओ–रामा फेष्टिवल क्याम्प २०८२ को उद्घाटन गर्दै उहाँले संघीयताप्रति देखिएको नकारात्मक भाष्यलाई चिर्न नैतिक शिक्षा अपरिहार्य रहेको औंल्याए। मुख्यमन्त्री बानियाँले कक्षा ८ सम्म नैतिक शिक्षा समावेश गर्न स्थानीय सरकारलाई आग्रह गर्दै सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने गतिविधि बढेकोप्रति चिन्ता व्यक्त गरे। “लामो संघर्षबाट प्राप्त व्यवस्थाबारे गलत भ्रम सिर्जना गर्नेहरूसँग धैर्यपूर्वक परिणाममार्फत जवाफ दिनुपर्छ,” उहाँले भने। उहाँका अनुसार नयाँ पुस्तामा संघीयता र व्यवस्थाप्रति देखिएको वितृष्णा हटाउने…
Read More
मूख्यमन्त्री बानियाँ र नगरप्रमुख लामाले गरे सहयोग

मूख्यमन्त्री बानियाँ र नगरप्रमुख लामाले गरे सहयोग

हेटौंडा । मानव सेवा आश्रम, हेटौंडाले आफ्नो १३ औं वार्षिकोत्सव तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। शुक्रबार बिहान आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आश्रममा आश्रित २५० सहयोगापेक्षीहरुलाई एक दिनको भोजन सहयोग गरेका छन्। कार्यक्रममा बागमती प्रदेश सरकारका मन्त्रीज्यूहरुको विशेष उपस्थिति रहेको थियो भने हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामालगायतका जनप्रतिनिधिहरुको पनि सहभागिता थियो। मुख्यमन्त्री बानियाँको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा “सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश घोषणा” सम्बन्धी छलफल समेत गरिएको थियो। सो अवसरमा मेयर लामाले आश्रममा आश्रित महिलाहरुलाई चुरा र टिका लगाईदिएकी थिइन्। यसैबीच, आश्रममा बस्दै आएका भक्तपुरका एक व्यक्तिलाई सोही अवसरमा परिवारसँग पुनर्मिलन गराइएको आश्रमले जनाएको छ।
Read More
हेटौँडामा सरसफाई मजदुरका लागि सामाजिक सुरक्षा कोष

हेटौँडामा सरसफाई मजदुरका लागि सामाजिक सुरक्षा कोष

हेटौँडा । हेटौँडा उपमहानगरपालिका क्षेत्रभित्र दैनिक रुपमा फोहर संकलन तथा व्यवस्थापनमा संलग्न सरसफाई मजदुरहरूको स्वास्थ्य तथा सुरक्षालाई मध्यनजर गर्दै सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने कार्यक्रम सुरु गरिएको छ। कार्यक्रमको शुभारम्भ हेटौँडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले गर्नुभएको हो। नगरप्रमुख लामाले वडा नं.–१० का अध्यक्ष फुर्वा दोर्जे तामाङ को उपस्थितिमा कार्यक्रमको शुभारम्भ गर्नुभएको हो । सुरुवाती चरणमा उपमहानगरभित्र दैनिक सरसफाईमा खटिने ५३ जना मजदुरलाई सामाजिक सुरक्षा कोषमा संलग्न गराइएको छ। उपमहानगरपालिकाले फोहर व्यवस्थापन कार्यलाई साझेदारी संस्थामार्फत अघि बढाउँदै आएको छ, जसअन्तर्गत ग्रिन एण्ड क्लिन सिटी, हेटौँडा सक्रिय रूपमा कार्यरत छ। यस पहलले सरसफाई मजदुरहरूको स्वास्थ्य सुरक्षामा सहयोग पुग्ने र पेशागत सम्मानमा…
Read More
हेटौंडामा जग्गा प्रशासन सम्बन्धी तीन दिने समीक्षा कार्यक्रम

हेटौंडामा जग्गा प्रशासन सम्बन्धी तीन दिने समीक्षा कार्यक्रम

हेटौंडा । हेटौंडामा जग्गा प्रशासनसँग सम्बन्धित समस्या पहिचान, सहजिकरण र व्यवस्थापनका विषयमा तीन दिने समीक्षा कार्यक्रम सुरु भएको छ। भौतिक पूर्वाधार तथा अभिलेख विभागले आर्थिक वर्ष २०८१/८२ मा सम्पादन गरेका कामको प्रगति विवरण सहितको समीक्षा कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मीना कुमारी लामाले आफ्नो धारणा व्यक्त गर्नुभएकाे थियाे । कार्यक्रममा बागमती प्रदेशका १३ जिल्ला र मधेस प्रदेशका ४ जिल्लाका प्रमुख मालपोत अधिकृतहरूको सहभागिता रहेको छ। उनीहरूले आफ्ना-आफ्ना जिल्लामा भएका काम तथा अनुभवका बारेमा प्रस्तुतिकरण गर्नेछन्। समस्या समाधानका उपाय तथा सुधारका सम्भावनाबारे छलफल हुने कार्यक्रम भदौ १४ गतेसम्म चल्ने आयोजकले जनाएकाे छ।
Read More
हेटौंडामा गोरखाब्वाइज कप फुटबल प्रतियोगिता हुँदै

हेटौंडामा गोरखाब्वाइज कप फुटबल प्रतियोगिता हुँदै

हेटौंडा । हेटौंडामा पहिलो संस्करणको गोरखाब्वाइज कप ७ ए साइट नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । गोरखा ब्वाइज क्लबको आयोजनामा हेटौंडा–४,स्थित श्रमिक माध्यमिक विद्यालयको श्रमिक खेल मैदानमा यही भदौ ३० गतेबाट प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा सहभागी हुन लागि ५ हजार रुपैयाँको दर्ता शुल्क लाग्ने प्रतियोगिता संयोजक संजिव देउलाले जानकारी दिनुभएको छ । मकवानपुर जिल्लाभरिका टिमहरुले मात्र प्रतियोगितामा सहभागिता जनाउन पाउने संयोजक संजिव देउलाले बताउनुभयो । प्रतियोगितामा १६ वटा टिमहरुको सहभागिता रहने अनुमान गरिएको उहाँले बताउनुभयो । जिल्लामा खेलाडीहरुको उत्पादन गर्न, खेलाडीको क्षमता अभिवृद्धि गर्न, खेलको महत्वबारे बुझाउन र एक अर्काबीच भातृत्व कायम गराउन प्रतियोगिता गर्न लागेको उहाँले…
Read More
ब्रत बस्ने महिलालाई लक्षित गरी हेटौंडामा स्वास्थ्य डेस्क संचालन

ब्रत बस्ने महिलालाई लक्षित गरी हेटौंडामा स्वास्थ्य डेस्क संचालन

मकवानपुर । हरितालिका तीजको अवसरमा हेटौंडा–४ स्थित पशुपति मन्दिर परिसरमा महिला दिदीबहिनीहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल मकवानपुरले मंगलबार विशेष हेल्थ डेस्क सञ्चालन गरेको छ। तीजको ब्रत बसेर पूजाआजा गर्न आउने महिलाहरूलाई लक्षित गरी राखिएको सो डेस्कमार्फत रक्तचाप जाँच, सामान्य स्वास्थ्य परामर्शलगायत स्वास्थ्य सेवा प्रदान गरिएको थियो। आयोजक संस्थाले महिलाहरू लामो समय ब्रत बसेर व्रतपूजा गर्ने क्रममा हुने स्वास्थ्य समस्या न्यूनिकरण गर्ने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको जनाएको छ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.