समाचार

हेटौंडा क्याम्पसमा दीप प्रज्वलन

हेटौंडा क्याम्पसमा दीप प्रज्वलन

हेटौंडा । सहिद दिवसको अवसरमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) हेटौंडा क्याम्पस कमिटीले हेटौंडा क्याम्पस परिसरमा दीप प्रज्वलन कार्यक्रम गरेको छ । कार्यक्रम अनेरास्ववियु हेटौंडा क्याम्पस कमिटीका अध्यक्ष नितेश भण्डारीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा अनेरास्ववियु मकवानपुर जिल्ला कमिटीका संयोजक नवराज शर्मा पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो भने अनेरास्ववियु सचिवालय सदस्य तथा हेटौंडा क्याम्पस इन्चार्ज भरतमोहन देवकोटा विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा बोल्ने वक्ताहरूले सहिदहरूको त्याग, बलिदान र योगदान नेपालको लोकतान्त्रिक आन्दोलन तथा परिवर्तनको मेरुदण्ड भएको उल्लेख गर्दै ती आदर्शलाई आत्मसात् गर्दै अघि बढ्न विद्यार्थीहरूलाई आग्रह गरेका थिए। दीप प्रज्वलनमार्फत सहिदहरूको सम्झनालाई अमर बनाउने उद्देश्यले आयोजित…
Read More
१८ जनाले गरे रक्तदान

१८ जनाले गरे रक्तदान

रेडियो मकवानपुरको १६ औं वार्षिकोत्सव अन्तर्गत सप्ताहव्यापी कार्यक्रम सुरु भएको छ । रेडियोको वार्षिकोत्सव तथा रेडियोको सञ्चालक संस्था दिव्यतारा बहुउद्देश्यीय सहकारीको स्थापना दिवसको अवसरमा प्रत्येक वर्ष माघ १६ देखि २२ गतेसम्म सप्ताहव्यापी कार्यक्रमको आयोजना हुँदै आएको छ । सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन रेडियो मकवानपुरकै प्राङ्गण हेटौंडा २ पल्पसाहल रोडमा रक्तदानको आयोजना भएको छ । रक्त सञ्चार केन्द्र हेटौंडाको सहकार्यमा भएको कार्यक्रममा १८ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा रेडियो मकवानपुर सञ्चालक समिति अध्यक्ष आनन्दराम पराजुली, स्टेसन म्यानेजर गणेशदर्पण अधिकारी, पत्रकार महासंघ मकवानपुरका सचिव केशव समर्पण सुवेदी, दिव्यतारा बहुउद्देश्यीय सहकारीका सचिव ईश्वर पण्डित, मकवानपुर उद्योग वाणिज्य संघका सचिव कुलप्रसाद चौलागाइँ, रक्त…
Read More
ज्ञानदीपले मनायो रजत महोत्सव

ज्ञानदीपले मनायो रजत महोत्सव

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–५ स्थित ज्ञानदीप बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र ज्ञानदीप शिक्षा निकेतन माध्यमिक विद्यालयले २५ औँ वार्षिक उत्सव (रजत महोत्सव) मनाएका छन्। विद्यार्थीका विज्ञान प्रदर्शनी, प्रभातफेरी, सम्मान तथा सांस्कृतिक कार्यक्रमलगायत विभिन्न कार्यक्रम गरी महोत्सव मनाइएको हो। कार्यक्रमको उद्घाटन प्रमुख अतिथि बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले गरेका थिए। मुख्यमन्त्री बानियाँले शिक्षा मर्यादित, नैतिकवान र समयको वेगसँगै चल्न सक्ने व्यवहारिक तथा आयमूलक हुनुपर्ने बताए। उनले अहिले नयाँ प्रविधि एआईले धेरै विषयलाई सहज बनाएको भए पनि यसको दुरुपयोग गर्नेहरू पनि रहेको उल्लेख गर्दै, त्यस्ता कुरालाई चिनेऱ सचेत रूपमा अघि बढ्ने शिक्षाको विकास आवश्यक रहेको बताए। मूल समारोह समितिका संयोजक तथा ज्ञानदीप…
Read More
मकवानपुर–२ मा नेकपाको चुनावी सक्रियता तीव्र

मकवानपुर–२ मा नेकपाको चुनावी सक्रियता तीव्र

हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार लवशेर विष्टले जनताको अपेक्षा र जिम्मेवारीलाई केन्द्रमा राखेर राजनीति गर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन्। हेटौंडा उपमहानगरपालिका–११ मा आयोजित कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले इमानदार नेतृत्व बिना मुलुकको रूपान्तरण सम्भव नहुने धारणा राखे। विष्टले वर्तमान एमाले–कांग्रेस नेतृत्वको सरकारले जनचाहनाअनुसार काम गर्न नसकेको आरोप लगाउँदै त्यसकै प्रतिक्रियास्वरूप देशभर ‘जेन–जि’ पुस्ताको असन्तुष्टि र विद्रोही भावना बढ्दै गएको दाबी गरे। उनले भने, “युवा पुस्ताको चाहना र आवाजलाई बुझ्ने राजनीतिक शक्ति आज नेकपा मात्र हो,” भन्दै समृद्ध नेपालको नेतृत्व पनि नेकपाबाटै हुने विश्वास व्यक्त गरे। कार्यक्रममा बोल्दै समानुपातिक उम्मेदवार…
Read More
हेटौंडामा तेस्रो घरेलु उत्पादन प्रवर्द्धन प्रदर्शनी तथा शैक्षिक मेला

हेटौंडामा तेस्रो घरेलु उत्पादन प्रवर्द्धन प्रदर्शनी तथा शैक्षिक मेला

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१० नम्बर वडा कार्यालयको आयोजनामा तेस्रो घरेलु उत्पादन प्रवर्द्धन प्रदर्शनी, नृत्य प्रतियोगिता तथा शैक्षिक प्रदर्शनी मेला शुक्रबारदेखि सुरु भएको छ। स्थानीय उत्पादनको प्रवर्द्धन, बजारीकरण र रोजगार सिर्जनामा टेवा पुर्‍याउने उद्देश्यले आयोजना गरिएको मेलामा घरेलु, हस्तकला तथा कृषिजन्य उत्पादनहरूको प्रदर्शनी तथा बिक्री भइरहेको छ। मेलाको उद्घाटन बागमती प्रदेशका प्रदेश प्रमुख दिपकप्रसाद देवकोटाले गरेका थिए। प्रदर्शनीमा हेटौंडा उपमहानगरपालिकाका १९ वटै वडाबाट स्थानीयस्तरमा उत्पादन भएका सामग्रीहरू सहभागी गराइएको छ। आयोजकका अनुसार मेलाका लागि एक सय वटा स्टल राखिएको छ, जहाँ ढाका कपडा, गुन्द्रुक, अचार, घरेलु खाद्यवस्तु, हस्तकलाका सामग्री तथा कृषि उत्पादनहरू प्रदर्शन र बिक्रीमा राखिएका छन्। मेलाभित्र शैक्षिक प्रदर्शनीका साथै…
Read More
प्रेस सेन्टर नेपालको स्थापना दिवस सम्पन्न

प्रेस सेन्टर नेपालको स्थापना दिवस सम्पन्न

हेटौंडा । प्रेस सेन्टर नेपालको २२औँ स्थापना दिवस मनाइएको छ। प्रेस सेन्टर नेपाल मकवानपुरका जिल्ला अध्यक्ष एमपी शर्माको सभाध्यक्षको तथा बागमती प्रदेश सरकारकि पुर्व सामाजिक विकास मन्त्री कुमारी मुक्तानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियोे । कार्यक्रममा प्रेस सेन्टर नेपालका संस्थापक अध्यक्ष रुद्रसेनको फोटोमा माल्यार्पण गर्दै उहाँले संगठन निर्माणमा पुर्याउनुभएको योगदानको चर्चा गरिएको थियो। कार्यक्रममा विशेष अतिथिका रूपमा नेकपाकी केन्द्रीय सदस्य प्रमिला पुलामीको आतिथ्यता रहेको थियो। यस्तै कार्यक्रममा फ्याक्सन इन्चार्ज तथा जिसस मकवानपुरका प्रदेश अध्यक्ष ललितबहादुर घलान, नेकपाका प्रदेश सचिवालय सदस्य विवेक राई, शुभरत्न गोले, जीवन गोलेलगायत पत्रकारहरूको उपस्थिति रहेको थियो। कार्यक्रम नेपाली कम्युनिस्ट पार्टीको जिल्ला कार्यालय, हेटौंडा–४ गर्दोइमा सम्पन्न भएको…
Read More
प्रदेश सभाको आयोजनामा रक्तदान

प्रदेश सभाको आयोजनामा रक्तदान

हेटौंडा । बागमती प्रदेश सभाको ८औँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । प्रदेश सभा हेटौंडाको सचिवालय परिसरमा आयोजित उक्त कार्यक्रममा उपसभामुख अप्सरा चापागाईंले रक्तदान गरेपछि कार्यक्रमको उद्घाटन गरिएको थियो । कार्यक्रममा प्रदेश सभाका कर्मचारी तथा अन्य व्यक्तिहरू गरी जम्मा १६ जनाले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रममा बागमती प्रदेशका मन्त्रीहरू तथा प्रदेश सभाका सदस्यहरूको भने उपस्थिति नरहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।
Read More
प्रलोपाबाट समानुपातिकमा सिम्खडाको उम्मेदवारी

प्रलोपाबाट समानुपातिकमा सिम्खडाको उम्मेदवारी

हेटौंडा । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) मकवानपुरबाट प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ राजेन्द्र सिम्खडाले उम्मेदवारी दर्ता गराएका छन् । प्रलोपाका मकवानपुर जिल्ला इन्चार्जसमेत रहेका सिम्खडा नयाँ शक्ति पार्टीका संस्थापक सदस्य हुन् । नयाँ शक्ति अभियानदेखि सक्रिय सिम्खडा नयाँ शक्तिको स्थापनाकालदेखि नै मकवानपुर सचिवको रूपमा कार्यरत थिए । जनार्दन शर्मा र डा. बाबुराम भट्टराईलगायतको एकतापछि पार्टीको नाम प्रलोपा रहन गएको हो । राजनीति क्षेत्रमा लामो समय बिताएका सिम्खडाले आफ्नो कर्मको फल प्रतिनिधिसभा निर्वाचनमा जनताले भोटमार्फत दिलाउने विश्वास व्यक्त गरेका छन् । “देशमा परिवर्तन ल्याउन हामी तयार छौँ । एकचोटि आँखा चुनाव चिह्नमा भोट हालेर हामीलाई जिताउनुस्,” भन्दै उनले सम्पूर्ण मकवानपुरवासीलाई आग्रह गरे…
Read More
लागूऔषध गाँजासहित अटो चालक पक्राउ

लागूऔषध गाँजासहित अटो चालक पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले सोमबार पौने एक किलोभन्दा बढी गाँजा लागूऔषधसहित एक अटो चालकलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार बिहान करिब १०:३० बजेको समयमा इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको टोलीले हेटौँडा–१९ स्थित बासुदेवटोल क्षेत्रमा नेवारपानीबाट बस्तिपुरतर्फ आउँदै गरेको एक नम्बर चिह्नित अटो रोकी जाँच गरेको थियो । सोही जाँचका क्रममा लागूऔषधको शंका लागेपछि अटो चालकको खानतलासी गर्दा अटोभित्र रातो प्लाष्टिकमा लुकाइएको अवस्थामा कुल ५ किलो ६० ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ । बरामद पदार्थ र अटोसहित नियन्त्रणमा लिइएको उक्त अटो चालकलाई आवश्यक कारबाहीका लागि पेश गरिएको र थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको…
Read More
चुनाव लक्षित आचारसंहिता कार्यान्वयनबारे सरोकारवालाबीच अन्तरक्रिया

चुनाव लक्षित आचारसंहिता कार्यान्वयनबारे सरोकारवालाबीच अन्तरक्रिया

हेटौँडा । फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै निर्वाचनको तयारी र आचारसंहिता कार्यान्वयनका विषयमा हेटौँडामा सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । निर्वाचन अधिकृत कार्यालयको आयोजनामा सम्पन्न कार्यक्रममा राजनीतिक दल, उम्मेदवार तथा दलका भातृ संगठनहरूले पालना गर्नुपर्ने निर्वाचन आचारसंहिताका विषयमा छलफल गरिएको थियो । कार्यक्रममा प्रदेश निर्वाचन कार्यालयका प्रतिनिधिबाट आचारसंहितासम्बन्धी प्राविधिक प्रस्तुतीकरणसमेत गरिएको थियो । अन्तरक्रियामा सहभागीहरूले निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि निर्वाचन आयोगदेखि प्रशासनसम्मले कडाइका साथ अनुगमन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । राजनीतिक दलका प्रतिनिधिहरूले पनि आ–आफ्नो दल आचारसंहिता पालनामा प्रतिबद्ध रहेको बताएका थिए । कार्यक्रममा प्रशासनतर्फबाट बोल्दै जिम्मेवार अधिकारीले पछिल्लो समय दलहरू आचारसंहिता पालनामा जिम्मेवार बन्दै गएको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.