समाचार

कैलाश गाउँपालिकामा २५५ किशोरीलाई एचपिभी खोप लगाइने

कैलाश गाउँपालिकामा २५५ किशोरीलाई एचपिभी खोप लगाइने

मकवानपुर — पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) विरुद्धको खोप राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत कैलाश गाउँपालिकामा २५५ जना किशोरीलाई एचपिभी खोप लगाइने भएको छ। यसका लागि गाउँपालिका स्तरीय खोप समन्वय समितिको आयोजनामा बिहीबार अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा खोप सेवा प्रभावकारी रूपमा सञ्चालन गर्न विद्यालयमा सहज वातावरण निर्माण गर्न निर्देशन दिइएको छ। उनले क्यान्सरजस्तो गम्भीर रोगको रोकथामका लागि योजनाबद्ध ढंगले कार्यतालिका बनाएर काम गर्नुपर्नेमा जोड दिए। साथै वडास्तरबाट समन्वय गरी लक्षित समूहका किशोरी पहिचान गरेर खोप अभियान सफल बनाउन आग्रह गरे। कार्यक्रममा प्रस्तुत तथ्यांकअनुसार नेपालमा दैनिक औसत ४ महिलाको…
Read More
मकवानपुरमा एचपिभी खोप अभियान: ४ हजारभन्दा बढी किशोरी लक्षित

मकवानपुरमा एचपिभी खोप अभियान: ४ हजारभन्दा बढी किशोरी लक्षित

हेटौंडा — पाठेघरको मुखको क्यान्सरबाट महिलालाई जोगाउने उद्देश्यले मकवानपुरमा एचपिभी (ह्यूमन प्यापिलोमा भाइरस) खोप अभियान यही माघ २५ गतेदेखि सुरु हुने भएको छ। जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार विद्यालय केन्द्रीत यो अभियान माघ २५ गतेदेखि २९ गतेसम्म सञ्चालन हुनेछ। कक्षा ६ मा अध्ययनरत छात्रालाई लक्षित गरी सञ्चालन गरिने अभियानअन्तर्गत जिल्लाका १० वटै स्थानीय तहका कुल ४ हजार ४०३ किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको छ। सोमबार आयोजित एचपिभी खोपसम्बन्धी सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा जनस्वास्थ्य कार्यालयले अभियानबारे जानकारी दिएको हो। विद्यालय केन्द्रीत अभियानसँगै विद्यालय नजाने किशोरी तथा छुटेका समूहलाई लक्षित गर्दै फागुन २२ गतेसम्म संस्थागत तथा बाह्य खोप केन्द्रमार्फत खोप कार्यक्रम निरन्तर रहने जनाइएको…
Read More
नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का उम्मेदवारद्वय चुनावी अभियानमा

नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का उम्मेदवारद्वय चुनावी अभियानमा

हेटौंडा । नेत्रबिक्रम चन्द नेतृत्वको पार्टी नेपाल कम्युनिस्ट पार्टी माओवादीबाट प्रतिनिधित्व गर्दै मकवानपुर क्षेत्र नम्बर १ बाट महेश नेपाली (आरोह) , क्षेत्र नम्बर २ बाट राम घलान ( वाटर ) ले उम्मेदवारी दर्ता गराइ अहिले चुनावी अभियानमा छन् । २०७१ सालमा गठन भएको माक्सवाद , लेनिनवाद , माओवाद बिचारधाराका बामपंथी पार्टी मकवानपुर जिल्लामा पनि विभिन्न राजनीति गतिविधि घटना क्रमले चर्चामा छ । यसै पार्टी को प्रतिनिधित्व गर्दै राम सी र महेश सीका नामलेपनि चिनिने राम घलान( वाटर ) , महेश नेपाली ( आरोह ) ले आफुहरु आम जनताको आवज बनेर देशमा आमूल परिवर्तन ल्याउन चुनावी मैदानमा उत्रिएको बताए । जेन्जीहरुले…
Read More
हेटौंडाका ६, ८ र ९ नम्बर वडामा नेकपाको चुनावी अभियान तीव्र

हेटौंडाका ६, ८ र ९ नम्बर वडामा नेकपाको चुनावी अभियान तीव्र

हेटौडा । मकवानपुर जिल्ला क्षेत्र नम्बर–१ बाट नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार बिजय गौतमलाई विजयी गराउने उद्देश्यसहित हेटौडा उपमहानगरपालिकाका वडा नम्बर ६, ८ र ९ मा एकैदिन अगुवा कार्यकर्ता भेला तथा निर्वाचन प्रचार–प्रसार कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। तीनवटै वडामा आयोजित कार्यक्रमसँगै आजै विभिन्न वडाहरूमा घरदैलो अभियान पनि सञ्चालन गरिएको थियो। साथै, स्थानीय सामाजिक अगुवाहरू र प्रभावशाली व्यक्तित्वहरूसँग भेटघाट गर्दै चुनावी रणनीति र अभियानलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरिएको मकवानपुर जिल्ला क्षेत्र नम्बर–१ बाट नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार बिजय गौतम ले जानकारी दिनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार गौतमले देशको वर्तमान अवस्थाले अब निर्णायक राजनीतिक हस्तक्षेप मागिरहेको बताउँदै, “यो…
Read More
सिन्धुपाल्चोकका पत्रकारमाथि धम्की र लाञ्छनाप्रति महासंघको गम्भीर आपत्ति

सिन्धुपाल्चोकका पत्रकारमाथि धम्की र लाञ्छनाप्रति महासंघको गम्भीर आपत्ति

हेटौँडा — सिन्धुपाल्चोक जिल्लामा कार्यरत पत्रकार तथा सञ्चारमाध्यमलाई लक्षित गरी पछिल्लो समय भिडियो सामग्रीमार्फत सार्वजनिक रूपमा अभद्र टिप्पणी, लाञ्छना र धम्की दिइएको घटनाप्रति नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सार्वजनिक सरोकारका विषयमा समाचार प्रकाशन तथा प्रसारण भएपछि पत्रकार र सञ्चारमाध्यमलाई दोषारोपण गर्दै डर, त्रास र दबाब सिर्जना गर्ने प्रयास प्रेस स्वतन्त्रताका लागि गम्भीर चुनौती भएको महासंघको ठहर छ। असहमति व्यक्त गर्ने अधिकार सबैलाई भए पनि पत्रकारलाई धम्की दिने, बदनाम गर्ने तथा पेशागत कार्यमा अवरोध पु¥याउने कुनै पनि कार्य लोकतान्त्रिक प्रणालीसँग मेल नखाने महासंघले स्पष्ट पारेको छ। महासंघका अनुसार पछिल्लो समय सार्वजनिक निकायमा हुने दुर्व्यवहार, हिंसा…
Read More
मकवानपुर बहुमुखी क्याम्पसको ४६औँ वार्षिक उत्सव सम्पन्न

मकवानपुर बहुमुखी क्याम्पसको ४६औँ वार्षिक उत्सव सम्पन्न

हेटौँडा ।मकवानपुर बहुमुखी क्याम्पसको ४६औँ वार्षिक उत्सव सम्पन्न भएको छ। क्याम्पस सञ्चालक समितिका अध्यक्ष अनन्त पौड्यालको सभाध्यक्षता तथा आदिकवि भानुभक्त आचार्य क्याम्पस, तनहुँका क्याम्पस चिफ महाप्रसाद हट्खलेको प्रमुख आतिथ्यतामा उक्त उत्सव सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले करिब २० वर्षदेखि स्थानीय तहकै मातहतमा रहेको क्याम्पस दिनप्रतिदिन सुधारको बाटोमा अगाडि बढिरहेको बताए। यस्तै, अर्का वक्ता त्रिभुवन विश्वविद्यालयका डा. तारालाल श्रेष्ठले काठमाडौँ, चितवनजस्ता ठाउँका लागि यो क्याम्पस सामान्य हुन सक्ने भए पनि मकवानपुर जिल्लाका लागि मकवानपुर बहुमुखी क्याम्पस एउटा ‘संसार’ नै भएको उल्लेख गरे। त्यसैले यसको चौतर्फी विकासमा विशेष ध्यान दिनुपर्ने उनले बताए। उनले राजनीति आवश्यक विषय भए…
Read More
जनताको जिम्मेवारी इमानदारीपूर्वक वहन गर्छु : नेकपा उम्मेदवार लवशेर विष्ट

जनताको जिम्मेवारी इमानदारीपूर्वक वहन गर्छु : नेकपा उम्मेदवार लवशेर विष्ट

हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मकवानपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–२ का उम्मेदवार लवशेर विष्टले आम नागरिकप्रति रहेको जिम्मेवारी निष्ठा र इमानदारीका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ मा आयोजित कार्यकर्ता अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले वर्तमान एमाले–कांग्रेस नेतृत्वको बहुमत सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको कारण देशमा जेन–जी (Gen-Z) पुस्ताको असन्तोष र विद्रोह देखिएको दाबी गरे। उनले जेन–जी पुस्ताको भावना र चाहनालाई नेपाली कम्युनिस्ट पार्टीले मात्र सही रूपमा प्रतिनिधित्व गरिरहेको उल्लेख गर्दै देशको समृद्धिको नेतृत्व पनि नेकपाले नै गर्ने बताए। “जनताको भरोसा र सक्रिय सहभागिता बिना वास्तविक परिवर्तन सम्भव हुँदैन,” विष्टले भने। कार्यक्रममा सहभागी समानुपातिक…
Read More
सञ्चारकर्मी सहित ११ जना व्यक्तित्वलाई सम्मान गरिने

सञ्चारकर्मी सहित ११ जना व्यक्तित्वलाई सम्मान गरिने

हेटौँडा । झरना साहित्यिक परिवार मकवानपुरले साहित्य, कला र पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याएका ११ जना व्यक्तित्वलाई नगदसहित सम्मान गर्ने घोषणा गरेको छ। संस्थाको ३२३औँ साहित्य शृङ्खला तथा ३३औँ वार्षिक उत्सवको अवसरमा आयोजना हुने बकैया–कला साहित्य महोत्सव–२०८२ मा विभिन्न विधाका पुरस्कार तथा सम्मान प्रदान गरिने जानकारी शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत दिइएको हो। फागुन ५ र ६ गते बकैया गाउँपालिका–४ स्थित महेन्द्र माध्यमिक विद्यालयमा सञ्चालन हुने महोत्सवमा नगद २१ हजार १ सय २१ रुपैयाँ राशिको होमनाथ–टीकामाया प्रतिभा सम्मान–२०८२ पाँचथरका साहित्यकार रमेश शुभेच्छुकलाई प्रदान गरिने झरना साहित्यिक परिवारकी अध्यक्ष गायत्री रुपाखेतीले जानकारी दिनुभयो। जिल्लामा साहित्यिक संस्था स्थापना र संरक्षणमा योगदान पुर्‍याएको कदरस्वरूप मकवानपुरका…
Read More
अगुवा कार्यकर्ता भेला तथा प्रचार कार्यालय उद्घाटन, विजय गौतमप्रति जनसमर्थन विस्तार

अगुवा कार्यकर्ता भेला तथा प्रचार कार्यालय उद्घाटन, विजय गौतमप्रति जनसमर्थन विस्तार

मकवानपुर । मकवानपुर जिल्ला प्रतिनिधिसभा क्षेत्र नम्बर–१ बाट नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार विजय गौतमप्रति जनसमर्थन थप मजबुत बन्दै गएको स्थानीयले बताएका छन्। बागमती गाउँपालिका–९ बेतिनिका स्थानीयवासीहरूले यसपटकको निर्वाचनमा परिवर्तनको पक्षमा मतदान गर्दै विजय गौतमलाई विजयी गराउने दाबी गरेका हुन्। स्थानीय रामबहादुर रानाका अनुसार यस निर्वाचनमा तारा चिन्हमा मतदान गरेर युवा उम्मेदवार विजय गौतमलाई जिताउने प्रतिबद्धता स्थानीयस्तरमै बनेको छ। “नाम नै विजय भएको उम्मेदवारको परिणाम पनि विजय नै हुन्छ,” स्थानीय श्यामबहादुर राना मगरले विश्वास व्यक्त गरे। त्यस्तै, महिला, दलित र पिछडिएका वर्गको आवाज उठाउने उम्मेदवारका रूपमा विजय गौतमलाई समर्थन गरिएको स्थानीय मोतिमाया किङरिङले बताइन्। कार्यक्रममा सहभागी अगुवा कार्यकर्ताहरूले सशक्त, सक्रिय र…
Read More
कानुन बनाउने थलोमै अल्झियो कानुन : बागमती प्रदेशसभा ८ वर्ष पूरा

कानुन बनाउने थलोमै अल्झियो कानुन : बागमती प्रदेशसभा ८ वर्ष पूरा

हेटौंडा । संघीय संरचनाको महत्वपूर्ण अभ्यासका रूपमा स्थापित बागमती प्रदेशसभाले स्थापना भएको आठ वर्ष पूरा गरे पनि अपेक्षित रूपमा कानुन निर्माण र कार्यान्वयनमा प्रभाव देखाउन नसकेको तथ्य पुनः सतहमा आएको छ। २०७४ माघ १८ गते पहिलो अधिवेशन सुरु गरेको प्रदेशसभाले कानुन निर्माणको संख्या बढाए पनि ती कानुन व्यवहारमा कत्तिको प्रभावकारी भए भन्ने प्रश्न भने अझै अनुत्तरित छ। प्रदेशसभाबाट पारित भएका कानुनहरूको कार्यान्वयन अवस्था, संसद्मा हुने छलफलको गुणस्तर र समग्र विधायकी भूमिकामाथि निरन्तर प्रश्न उठ्दै आएका छन्। आठ वर्षको अवधिमा चिठ्ठा र कृषि सम्बन्धी विधेयकमा देखिएका विवाद, संशोधन प्रक्रिया र राजनीतिक खिचातानीले विधायकी भूमिका ओझेलमा परेको विश्लेषण हुँदै आएको छ। प्रदेश…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.