समाचार

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या १४ पुग्यो

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या १४ पुग्यो

काठमाडौं । सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शन अझै तनावग्रस्त बन्दै गएको छ। सिभिल अस्पतालमा थप एकजनाको मृत्यु भएपछि उपत्यकाभित्रै मृत्यु हुनेको संख्या १४ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, दिउँसो साढे ३ बजेसम्म १३ जनाको मृत्यु भएको पुष्टि भएको थियो। पछिल्लो घटनासँगै यो संख्या १४ पुगेको हो। अहिलेसम्म प्राप्त विवरणअनुसार ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १, त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जनाको ज्यान गएको छ। घाइतेहरूको यकिन तथ्यांक भने सार्वजनिक भइसकेको छैन।
Read More
जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ७ पुग्यो

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ७ पुग्यो

काठमाडौं । सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्धविरुद्ध सुरु भएको जेनजी प्रदर्शन हिंसात्मक बन्दै गएपछि प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या ७ पुगेको छ। त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा थप एक जनाको मृत्यु भएपछि संख्या ७ पुगेको हो। यसअघि ट्रमा सेन्टरमा चार, सिभिल अस्पतालमा एक र केएमसी अस्पतालमा एक जनाको मृत्यु भइसकेको थियो। स्वतःस्फूर्त रूपमा सडकमा उत्रिएका युवाहरू संसद भवनतर्फको प्रहरी घेरा तोड्दै भित्रै प्रवेश गरेका थिए। प्रदर्शनकारीहरूले संसद भवनको सुरक्षामा खटिएको प्रहरी पोष्ट कब्जा गरेका थिए। त्यसपछि स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाउनुका साथै अश्रुग्याँसका दर्जनौँ सेल र पानीको फोहोरा प्रयोग गरेको थियो। मृतक सबैलाई गोली प्रहारको गम्भीर चोट लागेको…
Read More
मुख्यमन्त्री बानियाँद्वारा न्वागी पर्वको शुभकामना

मुख्यमन्त्री बानियाँद्वारा न्वागी पर्वको शुभकामना

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले चेपाङ समुदायको महान पर्व न्वागी (छोनाम)–२०८२ को अवसरमा देश–विदेशमा रहेका सम्पूर्ण चेपाङ दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन्। मुख्यमन्त्री बानियाँले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विशेषताले भरिएको देश भएकाले चेपाङ समुदायको संस्कृति राष्ट्रिय संस्कृतिको अविभाज्य अङ्ग रहेको उल्लेख गरे। उनले न्वागी पर्वले सामाजिक सद्भाव, राष्ट्रिय एकता, लोकतन्त्र र गणतन्त्रलाई सुदृढ गर्दै समाजवादको लक्ष्य हासिल गर्न प्रेरणा दिने विश्वास व्यक्त गरे। यस अवसरमा मुख्यमन्त्री बानियाँले बागमती प्रदेश सरकारले प्रदेशभित्र बसोबास गर्ने सबै जातजातिका मौलिक संस्कृति संरक्षण, प्रवर्द्धन र विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि दोहोर्‍याएका…
Read More
मकवानपुर मिजार समाजको प्रथम जिल्ला सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन

मकवानपुर मिजार समाजको प्रथम जिल्ला सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन

हेटौंडा । “देशभरका मिजारहरू एक हौ, प्रगति र सृजनाका लागि दृढ हौ” भन्ने नारासहित मिजार समाज नेपाल बागमती प्रदेशअन्तर्गत मकवानपुर जिल्लाको प्रथम जिल्ला सम्मेलन शनिबार हेटौंडामा सम्पन्न भएको छ। मकवानपुर मिजार समाजको आयोजनामा भएको सम्मेलनमा जिल्लाभरिका १० पालिकाबाट आएका प्रतिनिधिहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो। कार्यक्रममा मकवानपुर मिजार समाजका संयोजक बलराम मंग्राती सभाध्यक्ष रहेका थिए भने मिजार समाज नेपाल केन्द्रीय समिति वरिष्ठ उपाध्यक्ष राजु वसेल प्रमुख अतिथिका रूपमा उपस्थित थिए। सम्मेलनमा केन्द्रीय महासचिव यमबहादुर सुखाली, सह–कोषाध्यक्ष गीता पुर्कोटी, केन्द्रीय सदस्य श्याम विशुन्के, बागमती प्रदेश अध्यक्ष रमेश रम्तेल, मधेश प्रदेश अध्यक्ष दिपेन तोलाङ्गे, उपाध्यक्ष बालकृष्ण नेपाली, कोषाध्यक्ष रुपा वर्मा, सिन्धुली जिल्ला अध्यक्ष…
Read More
हेटौँडामा जनप्रिय क्याम्पसको प्रथम सभा सम्पन्न

हेटौँडामा जनप्रिय क्याम्पसको प्रथम सभा सम्पन्न

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाको लगानीमा स्थापना भएको हेटौँडा जनप्रिय क्याम्पसको प्रथम सभा सम्पन्न भएको छ। सभामा नगर प्रमुख मीना कुमारी लामाले अध्यक्षता गर्दै क्याम्पसको हालसम्मको उपलब्धि तथा आगामी योजनाबारे जानकारी प्रस्तुत गर्नुभएको थियो। कृषि शिक्षामा दक्ष प्राविधिक उत्पादन गर्ने उद्देश्यका साथ सञ्चालनमा आएको क्याम्पसमा हाल ४७ जना विद्यार्थी भर्ना भई डिप्लोमा तहको कक्षा सञ्चालन भइरहेको छ। यसले कृषि क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा राखिएको छ। पूर्वाञ्चल विश्वविद्यालयसँग सम्बन्धन प्राप्त गरी सञ्चालनमा आएको जनप्रिय क्याम्पसले हेटौँडा उपमहानगरलाई शैक्षिक हबका रूपमा स्थापित गर्न सक्ने विश्वास कार्यक्रमका वक्ताहरुले व्यक्त गरे। कार्यक्रमको उद्घाटन प्रतिनिधि सभा क्षेत्र नं. १ का सांसद तथा संघीय संसदको पूर्वाधार…
Read More
हेटौंडामा निजी विद्यालय सञ्चालक र पत्रकारबीच अन्तरक्रिया

हेटौंडामा निजी विद्यालय सञ्चालक र पत्रकारबीच अन्तरक्रिया

हेटौंडा । संघीय संसद्मा प्रस्तुत भएको विद्यालय शिक्षा विधेयक २०८० प्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा रहेका निजी विद्यालय सञ्चालकहरुले बिहीबार हेटौंडामा सञ्चारकर्मीहरुसँग अन्तरक्रिया गरेका छन्। केन्द्रिय सर्कुलरअनुसार निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मकवानपुरले आयोजना गरेको कार्यक्रममा अध्यक्ष विनोद सुवेदीले शिक्षा विधेयकका कतिपय प्रावधानले निजी क्षेत्रको योगदानमाथि प्रश्न उठाएको बताएका छन्। उहाँका अनुसार विधेयकले असमान व्यवहार गर्ने र संस्थागत अस्थिरता ल्याउने जोखिम बोकेको छ। सुवेदीले पछिल्लो समय प्याब्सनको आन्दोलनबारे गलत भ्रम फैलाउने प्रयास भएको भन्दै आफूहरू विद्यालय बन्द गरेर विद्यार्थीको भविष्यमा खेलबाड गर्ने उद्देश्यमा नभएको स्पष्ट पार्नुभयो। यसै क्रममा प्याब्सन मकवानपुरका सल्लाहकार मदन दाहालले विधेयकमा रहेको पूर्ण छात्रवृत्ति व्यवस्था र…
Read More
ट्राफिक व्यवस्थापनलाई चुस्त र प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन

ट्राफिक व्यवस्थापनलाई चुस्त र प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त र प्रभावकारी बनाउन निर्देशन दिनु भएको छ । मुख्यमन्त्री बानियाँको अध्यक्षतामा बसेको काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन सम्बन्धी बैठक तथा छलफलमा उहाँले सरोकारवाला निकायलाई उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त र प्रभावकारी बनाउन निर्देशन दिनु भएको हो । उहाँले सवारी दुर्घटना न्यूनीकरण तथा उपत्यकामा ट्राफिक व्यवस्थापनको लागि सम्बद्ध सबै निकायहरूलाई समन्वयात्मक तरिकाले परिचालित भई प्रभावकारी रूपमा काम गर्न निर्देशन दिनु भएको थियो । बैठकमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक नवराज अधिकारीले काठमाडौं उपत्यका ट्राफिक व्यवस्थापनको विविध पक्षहरू र वर्तमान अवस्थाका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । बैठकले उपत्यकाको…
Read More
हेटौंडामा मानव बेचबिखनविरुद्ध जागरण : पर्चा वितरणमार्फत सचेतना अभियान

हेटौंडामा मानव बेचबिखनविरुद्ध जागरण : पर्चा वितरणमार्फत सचेतना अभियान

हेटौंडा । मानव बेचबिखन तथा ओसारपसारविरुद्धको १९ औं राष्ट्रिय दिवस–२०८२ को अवसरमा जिल्ला प्रहरी कार्यालय मकवानपुर सामुदायिक प्रहरी शाखाले हेटौंडा–११ मा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ। “तीनै तहका सरकार मिली गरौं हातेमालोः मानव बेचबिखनको हटाऔं दुष्चक्रको जालो” भन्ने मूल नारासहितको कार्यक्रममा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा हेटौंडा–११ को आयोजनामा पर्चा–पम्प्लेट वितरण गरिएको हो। सहायक प्रहरी हवल्दार निमा भण्डारीका अनुसार मानव बेचबिखन र ओसारपसारविरुद्ध सर्वसाधारणलाई सचेत बनाउन पर्चा वितरण गरिएको हो। उहाँका अनुसार १५ गतेदेखि २० गतेसम्म निरन्तर रुपमा मकवानपुर जिल्लाका विभिन्न स्थानहरुमा सचेतना कार्यक्रम सञ्चालन भईरहेको छ।
Read More
टालटुलमै काम चलाउदै पिच सडक, कहिले सम्म !

टालटुलमै काम चलाउदै पिच सडक, कहिले सम्म !

हेटौंडा । हेटौंडाको मुख्य पिच सडकहरु टालटुलमै संचालन भैरहेका छन् । हेटौंडाको कान्तिराजपथमा दुई ठाउँमा पिच रोडको खाल्डोमा सिमेन्टले प्लाष्टर गरेको छ त्यतिमात्र होइन हेटौंडा २ नम्बर वडास्थित संगम चोकदेखि काङ्ग्रेस चोकसम्मको बाटोमा खाल्डाखुल्डी परेको छ, केही खाल्डाखुल्डी मसिनो ग्र्याबलले पुरिएको देख्न सकिन्छ भने केहि खाल्डाखुल्डी नै नपुरिकन छोडिएको छ । कतै पिपलको बोट उम्रेको छ तर पनि त्यसको चासो कसैले लिएको छैन । यस्तै मानस चोकको पिचसडकमा पनि ग्र्याबल ओछ्याएर खाल्डो भरिएको देखिन्छ भने केही सडकको खाल्डो यसै छोडिएको छ । मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, मुख्यमन्त्री निवास, आर्थिक मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय…
Read More
मकवानपुरमा ठूलो परिमाणमा लागुऔषध बरामद, १० जना पक्राउ

मकवानपुरमा ठूलो परिमाणमा लागुऔषध बरामद, १० जना पक्राउ

हेटौँडा । मकवानपुर जिल्लामा प्रहरीले छुट्टाछुट्टै स्थानमा सञ्चालन गरेको अभियानमा ठूलो परिमाणमा लागुऔषध बरामद गर्नुका साथै १० जनालाई पक्राउ गरेको छ। ११२ किलो ७९० ग्राम गाँजासहित ३ जना पक्राउ भदौ १५ गते बिहान करिब ४:१५ बजे बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा र प्रहरी चौकी बसामाडीबाट खटिएको संयुक्त टोलीले हेटौँडा–३ बसामाडीस्थित पूर्व–पश्चिम राजमार्गमा जाँच गर्ने क्रममा बा.प्र.०१-००२ ज ६५४९ नं.को EV गाडी रोकी तलासी गर्दा ११२ किलो ७९० ग्राम गाँजा बरामद गरेको हो। उक्त गाडी चालकसहित तीन जना युवालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। २६ किलो १० ग्राम गाँजासहित ३ जना पक्राउ भदौ १५ गते बिहान करिब ४:५० बजे सोही टोलीले…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.