मकवानपुर मिजार समाजको प्रथम जिल्ला सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन

हेटौंडा । “देशभरका मिजारहरू एक हौ, प्रगति र सृजनाका लागि दृढ हौ” भन्ने नारासहित मिजार समाज नेपाल बागमती प्रदेशअन्तर्गत मकवानपुर जिल्लाको प्रथम जिल्ला सम्मेलन शनिबार हेटौंडामा सम्पन्न भएको छ।

मकवानपुर मिजार समाजको आयोजनामा भएको सम्मेलनमा जिल्लाभरिका १० पालिकाबाट आएका प्रतिनिधिहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो। कार्यक्रममा मकवानपुर मिजार समाजका संयोजक बलराम मंग्राती सभाध्यक्ष रहेका थिए भने मिजार समाज नेपाल केन्द्रीय समिति वरिष्ठ उपाध्यक्ष राजु वसेल प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

सम्मेलनमा केन्द्रीय महासचिव यमबहादुर सुखाली, सह–कोषाध्यक्ष गीता पुर्कोटी, केन्द्रीय सदस्य श्याम विशुन्के, बागमती प्रदेश अध्यक्ष रमेश रम्तेल, मधेश प्रदेश अध्यक्ष दिपेन तोलाङ्गे, उपाध्यक्ष बालकृष्ण नेपाली, कोषाध्यक्ष रुपा वर्मा, सिन्धुली जिल्ला अध्यक्ष निर्मला रम्तेल, मकवानपुरका प्रमुख जिल्ला जनस्वास्थ्य अधिकृत कृष्ण मिजारलगायतको सहभागिता थियो।

कार्यक्रममा बोल्दै संयोजक मंग्रातीले सम्मेलनले मिजार समुदायको पहिचान, एकता, सांस्कृतिक प्रगति र सामाजिक सशक्तीकरणमा योगदान पुर्‍याउने तथा समुदायको हकहितका लागि सक्रिय पहल गर्ने उद्देश्य रहेको बताए।

यसै अवसरमा सम्मेलनले बलराम मंग्रातीको अध्यक्षतामा १३ सदस्यीय नयाँ जिल्ला समिति चयन गरेको छ। समितिमा उपाध्यक्ष सुरेश नेपाली ‘बेरोजगार’ र चमेली मिजार, सचिव विर बहादुर मिजार, सह–सचिव प्रकाश मिजार, कोषाध्यक्ष सगिता दवाडी रहेका छन्। त्यस्तै सदस्यमा शान्ती मिजार, पुर्ण नेपालीलगायत चयन भएका छन् भने हल्लाकारका रूपमा कृष्ण नेपाली, रण दुलाल र राम बहादुर दुलाललाई जिम्मेवारी दिइएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.