Day: २०८२ भाद्र २२, आईतवार १२:३२ गते

मुख्यमन्त्री बानियाँद्वारा न्वागी पर्वको शुभकामना

मुख्यमन्त्री बानियाँद्वारा न्वागी पर्वको शुभकामना

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले चेपाङ समुदायको महान पर्व न्वागी (छोनाम)–२०८२ को अवसरमा देश–विदेशमा रहेका सम्पूर्ण चेपाङ दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन्। मुख्यमन्त्री बानियाँले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विशेषताले भरिएको देश भएकाले चेपाङ समुदायको संस्कृति राष्ट्रिय संस्कृतिको अविभाज्य अङ्ग रहेको उल्लेख गरे। उनले न्वागी पर्वले सामाजिक सद्भाव, राष्ट्रिय एकता, लोकतन्त्र र गणतन्त्रलाई सुदृढ गर्दै समाजवादको लक्ष्य हासिल गर्न प्रेरणा दिने विश्वास व्यक्त गरे। यस अवसरमा मुख्यमन्त्री बानियाँले बागमती प्रदेश सरकारले प्रदेशभित्र बसोबास गर्ने सबै जातजातिका मौलिक संस्कृति संरक्षण, प्रवर्द्धन र विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि दोहोर्‍याएका…
Read More
मकवानपुर मिजार समाजको प्रथम जिल्ला सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन

मकवानपुर मिजार समाजको प्रथम जिल्ला सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन

हेटौंडा । “देशभरका मिजारहरू एक हौ, प्रगति र सृजनाका लागि दृढ हौ” भन्ने नारासहित मिजार समाज नेपाल बागमती प्रदेशअन्तर्गत मकवानपुर जिल्लाको प्रथम जिल्ला सम्मेलन शनिबार हेटौंडामा सम्पन्न भएको छ। मकवानपुर मिजार समाजको आयोजनामा भएको सम्मेलनमा जिल्लाभरिका १० पालिकाबाट आएका प्रतिनिधिहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो। कार्यक्रममा मकवानपुर मिजार समाजका संयोजक बलराम मंग्राती सभाध्यक्ष रहेका थिए भने मिजार समाज नेपाल केन्द्रीय समिति वरिष्ठ उपाध्यक्ष राजु वसेल प्रमुख अतिथिका रूपमा उपस्थित थिए। सम्मेलनमा केन्द्रीय महासचिव यमबहादुर सुखाली, सह–कोषाध्यक्ष गीता पुर्कोटी, केन्द्रीय सदस्य श्याम विशुन्के, बागमती प्रदेश अध्यक्ष रमेश रम्तेल, मधेश प्रदेश अध्यक्ष दिपेन तोलाङ्गे, उपाध्यक्ष बालकृष्ण नेपाली, कोषाध्यक्ष रुपा वर्मा, सिन्धुली जिल्ला अध्यक्ष…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.