२०८१ श्रावण ५, शनिबार १८:२४ गते
२०८१ श्रावण ५, शनिबार १८:२४ गते
मकवानपुर । नेकपा एमाले संसदीय दल बागमती प्रदेशले मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विपक्षमा मत दिन ह्वीप जारी गरेको छ । नेकपा एमालेले आफ्ना सांसदहरुलाई विपक्षमा मत दिन आज ह्वीप जारी गरेको हो । एमाले संसदीय दलका मुख्य सचेतक मधुसूदन पौडेलले एमाले सांसदहरुलाई आइतबारको प्रदेश सभा बैठकमा अनिवार्य उपस्थित भई मुख्यमन्त्रीको विश्वासको मतको विपक्षमा मत दिन ह्वीप जारी गरिएको जानकारी दिए । मुख्यमन्त्री जम्कट्टेलले आइतबार प्रदेश सभामा विश्वासको मत लिँदै छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थनमा बनेको वर्तमान सरकार एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको हो । सङ्घीय सरकारमा कांग्रेस एमालेसहितको गठबन्धन बनेसँगै…