सबै समाचार

970 Posts
नवनियुक्त प्रधानमन्त्रीद्वारा शपथ ग्रहण

नवनियुक्त प्रधानमन्त्रीद्वारा शपथ ग्रहण

मकवानपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री ओलीलाई सपथ ग्रहण गराएका हुन् । नवनियुक्त प्रधानमन्त्री ओलीले आज बिहान राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, झलनाथ खनाल र डा बाबुराम भट्टराईसहित विभिन्न राजनीतिक दलका नेताहरू, सांसद, नेपाल सरकारका विशिष्ट अधिकारी, सुरक्षा निकायका प्रमुख, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा सामाजिक जीवनका विभिन्न…
Read More
बकैयामा निःशुल्क आँखा शिविर सम्पन्न

बकैयामा निःशुल्क आँखा शिविर सम्पन्न

मकवानपुर ।बकैयामा शनिवार भएको निःशुल्क आँखा शिविरमा ८० जनाको आँखा परीक्षण गरिएको छ । बकैया गाउँपालिका वडा नं. ५ को आयोजनामा राजदमार स्वास्थ्य सेवा केन्द्रमा भएको आँखा शिविरमा बकैया–४ का ३ जना, ७ नं. वडाका ४ जना र ५ नं. वडाका ७२ जनाको आँखा परीक्षण गरिएको हो । शिविरमा आँखा परीक्षण गरिएको मध्य १६ जनाको शल्यक्रिया गर्नुपर्ने देखिएको बकैया गाउँपालिका वडा नं. ५ का सचिव देवराज लामिछानेले जानकारी दिए । उनीहरूको आँखाको एकहप्तापछि राजदमार स्वास्थ्य सेवा केन्द्रमा अप्रेसन गरिने उनले बताए । सफल फार्मेसी तथा आँखा क्लिनिक, आँखा अस्पतालका डा. रमेश अधिकारी सहितको टिमले आँखा परीक्षण गरेका थिए । बकैया…
Read More

बाढी पहिरोले पुर्‍याएको क्षतिप्रति प्रदेश प्रमुख शर्माद्वारा दुःख व्यक्त

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले देशका विभिन्न भागमा बाढी पहिरोका कारण हुन पुगेको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । प्रेस विज्ञप्ती जारी गर्नुहुँदै प्रमुख शर्माले केही दिनदेखिको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा आएको बाढी, पहिरो, डुबान तथा कटानले हुन पुगेको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको हो । प्रमुख शर्माले असार २८ को विहानमा चितवनमा दुई वटा यात्रुबाहक बससहित बगाएका यात्रुको खोजी उद्धार तथा राहतका कार्यमा जुट्न सम्बन्धित पक्षलाई आग्रह गर्नुभएको छ । ‘अविरल वर्षाका कारण बाढी र पहिरोले देशका विभिन्न भागहरूमा माननीय तथा भौतिक क्षति हुन पुगेको छ ।’…
Read More
हेटौँडा पूर्णखोप सुनिश्चितता पालिका घोषणा

हेटौँडा पूर्णखोप सुनिश्चितता पालिका घोषणा

मकवानपुर । हेटौँडा उपमहानगरपालिका पूर्णखोप सुनिश्चितता भएको पालिका घोषणा भएको छ । आईतबार एक समारोहको आयोजना गरी हेटौँडा उपमहानगरपालिकालाई पूर्णखोप सुनिश्चितता भएको पालिका घोषणा गरिएको हो । नगरमा रहेका ५ वर्ष मुनिका ५ हजार ७ सय १८ जना बालबालिकालाई पूर्णखोप लगाएसँगै हेटौँडा उपमहानगरपालिका पूर्णखोप सुनिश्चितता भएको पालिका घोषणा भएको नगरपालिकाले जनाएको छ । आईतबार जिल्ला खोप समन्वय समितिका सचिव कृष्णबहादुर मिजारले नगर प्रमुख मीनाकुमारी लामालाई खोप सुनिश्चितताको प्रमाणपत्र हस्तान्तरण गरेका छन् ।
Read More
हेटौंडामा मनाइयो भानु जयन्ति

हेटौंडामा मनाइयो भानु जयन्ति

मकवानपुर । भानु प्रतिष्ठान नेपाल बागमती प्रदेश कार्यसमितिले हेटौंडामा शनिबार आदिकवि भानुभक्त आचार्यको २११ औँ जन्मजयन्तीमा प्रभातफेरी तथा साहित्यिक कार्यक्रम गरेको छ । शनिबार साहित्यकार, शिक्षक, विध्यार्थी, पत्रकार करिव २०० जना जम्मा भएर सोलिड्यारिटी इन्टरनेशनल माविबाट सुरु भएको प्रभातफेरी बसपार्क, बुद्ध चोक, सिमा चोक हुँदै पुनः सोलिड्यारिटीमै पुगेर सभामा परिणत भएको थियो । कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश प्रदेश प्रमुख यादवचन्द्र शर्माले भानु जयन्तीलाई प्रदेशहरुमा पनि मनाउन शुरुआत गर्नु महत्वपूर्ण विषय भएको र आगामी दिनमा यसलाई जनस्तरसम्म लैजानुपर्ने बताए । उनले देशमा साहित्यको विकास राम्रो भएको तर अझै मलजल गर्न आवश्यक रहेको कुरा बिर्सन नहुनेमा जोड दिए । उनले साहित्य…
Read More
भानुभक्तको सम्झनामा हेटौँडामा सरसफाइ

भानुभक्तको सम्झनामा हेटौँडामा सरसफाइ

मकवानपुर । आदिकवि भानुभक्त आचार्यको २११ औं जन्मजयन्तीको अवसरमा हेटौंडा १ स्थित राप्ती नदी तटमा रहेको हेटौंडा ब्यायाम पार्क परिसरमा सरसफाइ कार्यक्रम गरिएको छ । रामेछाप–काभ्रे मैत्री समाज मकवानपुर र बागमती प्रदेश प्रहरी गण हेटौंडाको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो । काभ्रेमैत्री समाज मकवानपुरका अध्यक्ष मानबहादुर लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियोे । कार्यक्रममा प्रहरी निरीक्षक शोभन विक्रम राणा, प्रहरी निरिक्षक कैलाश चौधरी, परीक्षा बोर्ड शाखा प्रमुख कृष्णप्रसाद घिमिरे, समाजका सचिव शुक्रराज लामा , नगर प्रहरी बल, नगर वातावरण शाखा प्रतिनिधिहरु लगायतको उपस्थित रहेको थियोे ।
Read More
प्याराग्लाईडिङ तथा ह्याङग्लाईडिङ बागमतीको अध्यक्षमा रामकृष्ण शिवाकोटी

प्याराग्लाईडिङ तथा ह्याङग्लाईडिङ बागमतीको अध्यक्षमा रामकृष्ण शिवाकोटी

जी. न्यौपाने, मकवानपुर । प्याराग्लाइडिङ्ग तथा ह्याङग्लाइडिङ्ग बागमती प्रदेश संघको अध्यक्षमा मकवानपुरका रामकृष्ण शिवाकोटी चयन भएका छन् । हेटौंडाको रोयल प्यालेसमा भएको संघको प्रथम साधारण सभाले शिवाकोटीलाई अध्यक्ष पदमा चयन गरेको हो । सभाले सिन्धुलीका प्रमोद अधिकारीलाई उपाध्यक्ष, चितवनका सुदिप भट्टराईलाई सचिव, काठमाडौका डम्बर बहादुर थिङ्लाइ सहसचिव र मकवानपुरका दुर्गाप्रसाद तिमल्सिनालाई कोषाध्यक्ष पदमा चयन गरेको छ । त्यस्तै काठमाडौका बिरेन्द्र गुरुङ, रामेछापकी माया तामाङ, कृष्णबहादुर सुनुवार, मकवानपुरका दिनेश डङ्गोल र विशाल लामालाइ सदस्य पदमा चयन गरिएको छ । दुर्गाप्रसाद तिमल्सिनाको सभाध्यक्षतामा भएको कार्यक्रममा खेलकुद विकास बोर्ड बागमती प्रदेशका कार्यालय प्रमुख सुर्यबहादुर दाहालको प्रमुख आतिथ्यता रहेको थियोे । कार्यक्रममा प्याराग्लाइडिङ तथा…
Read More
मकवानपुरसहित देशभरका ठाउँ–ठाउँमा बाटो अवरुद्ध

मकवानपुरसहित देशभरका ठाउँ–ठाउँमा बाटो अवरुद्ध

मकवानपुर । बिहानैदेखि परेको वर्षाका कारण पहिरो जाँदा हेटौँडा–काठमाडौँ जोड्ने सिस्नेरी–दक्षिणकाली सडकखण्ड अवरुद्ध बनेको छ । उक्त सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर–२ छेपारेमा पहिरो खस्दा बाटो अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ठूलो पहिरो गएकाले तत्काल बाटो खुलाउन सकिने अवस्था छैन । प्रहरीले सिस्नेरी हुँदै काठमाडौँ जाने बाटो अवरुद्ध बनेकाले अन्य बाटो प्रयोग गर्न आग्रह गरेको छ । यस्तै भीमफेदी–फाखेलतर्फको सडक पनि पहिरोका कारण अवरुद्ध भएको छ । इन्द्रसरोवर–५ महालक्ष्मी खोलामा पहिरो गएका कारण भीमफेदी–फाखेल–मातातीर्थ सडकखण्ड अवरुद्ध बनेको प्रहरीले जनाएको छ । यस्तै कान्ति राजपथको ललितपुर खण्डमा पहिरो गएका कारण आज बिहानैदेखि सडक अवरुद्ध छ । ललितपुरको बागमती गाउँपालिका–३…
Read More
हेटौँडामा हेल्लो सेवाको कार्यालय खुल्यो

हेटौँडामा हेल्लो सेवाको कार्यालय खुल्यो

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ मा हेलो सेवा प्रालि संचालनमा आएको छ । आज कार्यालयको उद्घाटन् गरेसंगै यस कार्यालयले सेवा दिन सुरु गरेको हो । कार्यालयको उद्घाटन् गर्दै हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले यस कार्यालयसंग सहकार्य गरेर काम गर्न स्थानीय सरकार तयार रहेको बताए । यो काम अत्यन्तै राम्रो पनि रहेकाले नगरवासीका लागि खुसीको कुरा रहेको बताए । हेलो सेवा प्रालिले हेटौंडामा बिभीन्न घरायसी व्यावसायीक र औद्योगिक प्राबिधिक समस्या परेमा घर वा कार्यालयमै गएर सेवा दिइने उद्देश्यले कार्यालय खोलीएको सञ्चालक फडिन्द्र तिमल्सीनाले बताए । यस कम्पनिको कार्यालय आज बिधिवत रुपमा उद्घाटन् भएसंगै वार्षिक रुपमा ग्राहक बनेर इलेक्ट्रोनिक, प्लम्बिङ, कारपेन्टरी,…
Read More
हेटौँडामा ४ को कार्यालयद्वारा एसईईका उत्कृष्ट शिक्षक र विद्यार्थीलाई सम्मान

हेटौँडामा ४ को कार्यालयद्वारा एसईईका उत्कृष्ट शिक्षक र विद्यार्थीलाई सम्मान

मकवानपुर,२० असार । हेटौँडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयले २०८० को एसईई परिक्षामा उत्कृष्ट नतिजा ल्याउने छात्र–छात्रा तथा उत्कृष्ट शिक्षकशिक्षिकाहरुलाई सम्मान सहित पुरस्कृत गरेको छ । हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयको आयोजना तथा शैक्षिक गुणस्तर सुधार समिति हेटौंडाको व्यवस्थापनमा कार्यक्रम भएको हो । शैक्षिक गुणस्तर सुधार समितिका अध्यक्ष श्रीराम दाहालको सभाध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणी पौडेल रहेका थिए । कार्यक्रममा बोल्दै पूर्व मुख्यमन्त्री पौडेलले ४ नम्बर वडाले शिक्षाको क्षेत्रमा धेरै गतिविधि गरिरहेको बताए । उनले हेटौंडा शैक्षिक हबको रुपमा विकास हुँदै गएकोले उच्च शिक्षा तथा विश्व विध्यालयमा अध्ययनका लागि कोही पनि भिसा लगाएर विदेश…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.