हेटौंडा । नेपाली काङ्ग्रेस मकवानपुर क्षेत्र नम्बर २ प्रतिनिधि सभाका उम्मेदवार बुद्ध लामाले हेटौंडा ११ का मतदाताहरुलाइ भेटी हामी बद्दलिए देश बद्लिन्छ भन्ने कुरा नै आफ्नो भाषण भएको बताए ।
हामीलाई धेरै भाषण गर्नुछैन अब काम गरेर देखाउने हो । हाम्रो चुनाव चिन्ह रुख हो, यो सबैलाइ थाहा छ । लामाले छोट्करीमा आफ्नो कुरा राखे । नेपाली काङ्ग्रेस जिल्ला सभापति , बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँका राजनीतिक सल्लाहकार समेत रहेका लामाले मतदाता हरुलाइ आफ्नो अमुल्य मत दिन आग्रह गरे ।

उनले डाङ्डुङ्गेमा अवस्थित मामा घर नेपाल पुगेर संस्थाका सञ्चालक डाक्टर अर्पण पराजुली , सचिव , मामाघर आशृत बालकहरुलाइ पनि भेटेर बालकहरुबाट टीका , माला र फुलगुच्छा ग्रहण गरेका थिए । उनले सबैको सुभेच्छ्या लिदै आफुले जिते मानव सेवाको लागि काम गर्ने बताए । मामा घर नेपालका एक बालकले दिएको कलम उपहार ग्रहण गर्दै आफुले चुनाव जितेको खण्डमा यस्तै कलमले सडक मानवहरुको पक्षमा नीतिनिर्माण गर्न लेख्ने बताए ।

२२ सय भन्दा बढी सडकापेक्षित बालकहरुको उद्धार गरिसकेको मामा घर नेपालमै आएर जितको खुशीयाली मनाउने लामाले प्रतिवद्धता व्यक्त गरे । मपनी मानव , भोट दिनेपनी मानव , मामा घर नेपालले पनि मानवको सेवा गरेर सबैको मन जितेको छ । आफुपनी मन जित्न यश ठाउँमा आएको लामाको भनाइ थियो ।
लामा नेपाली काङ्ग्रेस मकवानपुर जिल्ला का शालिन नेतामा गनिन्छन् ।






























