मुख्यमन्त्री बानियाँ सिमलटारमा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ आइतबार दिनको करिब ३ बजे हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडास्थित सिमलटारमा आइपुगे ।

नेपाली काङ्ग्रेसका कृयाशिल सदस्य गोपाल लामाको परिवारलाई भेट्न उनी सिमलटार आएका थिए । नेपाली काङ्ग्रेस बागमती प्रदेश सभापति समेत रहेका बानियाँले सदस्य लामाको पुजनिय पिता रत्नसिध्दी लामाको स्वर्गारोहण भएको ७ औं दिनमा लामा परिवारलाई भेटी सान्त्वना दिएका हुन् ।

बानियाँले करिब १० मिनेट बसेर स्वर्गीय लामाप्रती श्रद्धासुमन व्यक्त गर्दै परिवारजनको हालखबर बुझेका थिए । भेटघाट कार्यक्रममा हेटौंडा ११ का वडा सदस्य बिकाश नेपाल , टोल बिकास संस्था ११ नम्बर वडा समन्वय समितिका अध्यक्ष यज्ञबहादुर आचार्य , नेपाली काङ्ग्रेसका वडा सदस्य सुन्दरलाल श्रेष्ठ, सिमलटार टोलबिकास संस्था का उपाध्यक्ष छेगु गोले लगायतकाको उपस्थिति रहेको थियो ।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.