हेटौंडा ११ , १२ , ०४ नम्बर वडामा नेकपाको एकता सन्देश कार्यक्रम सम्पन्न

हेटौंडा / नेपाली कम्युनिस्ट पार्टी ( नेकपा ) को हेटौंडा उपमहानगर पालिका ११ , १२ , ०४ नम्बर वडामा पार्टी एकता सन्देश कार्यक्रम सम्पन्न भएको छ ।

पार्टी एकता कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेश सामाजिक बिकास पुर्वमन्त्री तथा प्रदेश सभा सदस्य कुमारी मुक्तानले बिचार , दर्शन नभएकोले देशको आमूल परिवर्तन गर्न नस्क्ने बताइन् । मुक्तानले हामीले केपी शर्मा ओलीलाई महान नेता बनायौ तर उनको घमण्डले देश बर्बाद भएको आरोप लगाइन् ।

हेटौंडा ११ मा भएको एकता कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति मकवानपुर , बागमती प्रदेश अध्यक्ष ललितबहादुर घलानले जेन्जी आन्दोलन अघिका सत्तासिन पार्टीका सरकार र पार्टी प्रमुख नेताहरुले देशलाई युक्रेन जस्तै कठपुतली बनाउन खोजेको बताए । उनले भेनेजुएला , युक्रेन , बङ्गलादेशको उदाहरण दिदै देशलाई बाहिय शक्तिको इसारामा नचाउन खोजेको आरोप लगाए ।

यस्तै अर्का बक्ता कमलचन्द्र सुमनले हामीमा भएको एकले अर्कालाई दोष्याएर आफू राम्रो बन्ने र भोट माग्ने प्रवृत्ति हटाउनुपर्ने सुझाव दिए । अहिले हाम्रा आफ्नै नेता र अरु नेताहरु भारत भ्रमणमा ब्यस्त हुनुभनेको हामी चुनाव नजिकै छौं । अरुको इशारामा चुनाव लड्ने प्रवृत्तिदेखि हाम्रै नेताहरुले पनि सच्चिनुपर्ने धारणा सुमनले व्यक्त गरे । कार्यक्रममा नेकपा नेता बिजय गौतम , बिष्णुमाया लामा , विवेक राई , प्रदीप अर्याल , देवनारायण चौलागाइ , रामकृष्ण बस्नेत , सूर्यबहादुर थिङ्ग , सुक्रराज लामा , देवकृष्ण थोकर , मधुकुमार थापामगर लगायत नेताहरूको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.