जनसेवक कर्मचारी उपभोक्ता सहकारीको १६ औँ वार्षिक साधारण सभा सम्पन्न

मकवानपुर । हेटौँडा ४ स्थित जनसेवक कर्मचारी उपभोक्ता सहकारी संस्था लिमिटेडको १६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । वार्षिक साधारण सभा हेटौंडा ४ स्थित क्लब हेटौंडा पार्टी प्यालेसमा भएको हो ।

सहकारीका अध्यक्ष बसन्त राज गौतमको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सभा सदस्य तथा सामाजिक विकास पुर्वमन्त्री कुमारी मुक्तानको प्रमुख आतिथ्यता रहेको थियोे । कार्यक्रमलाई सम्बोधन गर्दै पुर्वमन्त्री मुक्तानले सहकारी शुसासनबाट चल्ने बताउनुभयो।

यस्तै कार्यक्रमका विशिष्ट अतिथि संविधानसभा सदस्य प्रल्हाद लामिछानेले जनसेवक सहकारीले राम्रा–राम्रा कार्यहरू गर्दै आएको बताउनुभयो । कार्यक्रममा सहकारीका उपाध्यक्ष राम कुमार विष्ट, सल्लाहकार शिव प्रसाद बन्जारा, देवनारायण लामिछाने, महेश कुमार सिग्देल, बद्री प्रसाद लामिछाने लगायतको उपस्थिति रहेको थियोे ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.