हेटौँडा उपमहानगरपालिकाको गेटमा व्यवसायीहरुको धर्ना

मकवानपुर । राजश्व वृद्धिको निर्णयविरुद्ध मकवानपुर उद्योग वाणिज्य संघको अगुवाइमा व्यवसायीले आज हेटौँडा उपमहानगरपालिकाको गेटमा धर्ना दिएका छन् । व्यवसायीले पहिलो चरणको आन्दोलनअन्तर्गत आज तेस्रो दिन बुधबार बिहान १० बजेदेखि ११ बजेसम्म धर्ना दिएका हुन् ।

मकवानपुर उद्योग वाणिज्य संघको भवन हेटौँडा–२ बाट र्‍यालीसहित उपमहानगरपालिकाको गेटसम्म पुगेका सयौँ व्यवसायीले उपमहानगरपालिकाले वृद्धि गरेको कर खारेज गर्नुपर्ने माग राखेका छन् । विज्ञापान करसहितका अन्य करको दायरा १५० प्रतिशतसम्म बढाएको भन्दै उत्त कर बढाउने निर्णय खारेज नगरेसम्म आफूहरू आन्दोलित हुने मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण गुप्ता अग्रवालले बताए ।

व्यवसायीको आन्दोलनलाई मकवानपुर उद्योग वाणिज्य संघ मातहतको १८ भन्दा बढी बस्तुगत संघहरुले ऐक्यवद्धता जनाएका छन् । ब्यवसायीहरुले कर बृद्धिको निर्णय खारेज हुनुपर्ने भन्दै वागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामालाई हिजै ज्ञापनपत्र बुझाएका थिए । हेटौँडा उपमहानगरपालिकाले व्यवसाय कर, घरभाडाको आधारदर, एकीकृत सम्पत्ति कर र विज्ञापन करमा १५० प्रतिशतसम्म वृद्धि गरेपछि हेटौँडाका व्यवसायी आन्दोलित भएका हुन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.