हेटौंडा / हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडा सरस्वतीको खेल मैदानमा आयोजित् जिल्ला स्तरीय भलिबल प्रतियोगिताको २१ गते उद्घाटन गरिएको छ ।
खेलको उद्घाटन कार्यक्रमकि प्रमुख अतिथी तथा वडाध्यक्ष जुना दाहालले पानसमा बत्ती बाली भलिबल खेलका क्याप्टेनलाई बल दिएर गरेकी हुन् । सरस्वती टोलविकास संस्थाको आयोजना र हेउमनपा ११ नम्बर वडा कार्यालयको प्रायोजनमा खेल भएको हो ।

उद्घाटन खेल आयोजित संस्थाका A/B टीम बिच प्रतिस्पर्धा भएको भएको थियो भने २१ गतेकै दिन ६ वटा टिमले खेल प्रदर्शन गरिसकेका कार्यक्रम संयोजक संजय बिडारीले जानकारी दिए ।
जेठ २४ गते सम्म चल्ने उक्त भलिबल खेलमा १३ वटा टीमले प्रतिस्पर्धा गर्ने आयोजक सज्जन रिमालले जानकारी दिए । सरस्वती टोलविकास संस्थाका अध्यक्ष गोकुल बिडारीको सभाध्यक्षतामा भएको भलिबल प्रतियोगिताको समापनमा २०३६ सालदेखि विभिन्न कालखण्डमा खेकुद तथा भलिबलको विभिन्न बिधामा उत्कृष्ट रहि योगदान पुर्याउने अग्रज तथा खेलाडीहरुलाइ सम्मान गर्ने आयोजकले जनाएको छ ।



































































