हेटौंडा / हेटौंडा ११ स्थित जिम्बाडाडा तथा तल्लोताल खानेपानी उपभोक्ता समितिको अध्यक्ष पदमा अनिरुद्र लुइँटेल निर्वाचित भएका छन् ।
लुइँटेलले ३०५ मत प्राप्त गरि बिजय भएका हुन् भने उनका प्रतिस्पर्धी लालकृष्ण प्याकुरेलले २९७ मत प्राप्त गरेका थिए । यसैगरी उपाध्यक्ष पदमा धनबहादुर भण्डारीले २९२ मत प्राप्त गरि बिजय भएका थिए भने उनका प्रतिद्वन्द्वी शिवप्रसाद न्यौपानेले २७९ मत प्राप्त गरेका थिए । यस्तै सचिव पदमा सुदर्शन बर्तौला निर्बिरोध निर्वाचित भए ।
यस्तै सहसचिव पदमा कृष्णप्रसाद चौरेल २८६ मत प्राप्तगरि बिजय भए भने उनका प्रतिद्वन्द्वी लक्ष्मी बजगाइले २५० मत प्राप्त गएका थिए । यसैगरी कोषाध्यक्ष पदमा प्रेमकुमारी चौलागाईं ३१६ मत प्राप्तगरि बिजय भए भने प्रतिद्वन्द्वी भगवती दुलालले २३५ प्राप्त गरेका थिए ।
यस्तै सदस्य पदमा विद्या रेग्मी , मनिषा बि.क. , सर्मिला अधिकारी , बन्दना घिमिरे , नवीन तिमल्सिना , माधवप्रसाद दाहाल भने निर्बिरोध निर्वाचित भएका थिए । समितिको ३२ औं साधारण तथा अधिवेशनले नयाँ कार्यसमिति चयन निर्वाचनद्वारा गरेको हो । ७२२ मतदाता भएको समिति मध्ये निर्वाचनमा ६२९ जनाले मत हालेका थिए ।



































































