२०८२ चैत्र २२, आईतवार ११:१६ गते
२०८२ चैत्र २२, आईतवार ११:१६ गते
मनहरी । मनहरी गाउँपालिका वडा नम्बर २ अन्तर्गत ट्याङ्कीदमार टोल र दोभान टोलमा आज बाल समूहको बैठक तथा परिचयात्मक कार्यक्रम भएको छ । मनहरी गाउँपालिका वडा नम्बर १,२,३ र ४ का बालमैत्री सहजकर्ता लिला माया तामाङको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । भविष्यका कर्णधार आजका बालबालिकालाई सहि बाटोमा हिंडाउने र निर्धक्कसाथ बोल्न सक्ने बनाउने उद्देश्यका साथ बाल समूह गठन गर्दै अघि बढेको कार्यक्रममा बालबालिकालाई आफ्नो परिचय कसरी गर्ने भन्ने विषयमा अभ्यास गराइएका छन् । बालबालिकाको वार्षिक परीक्षा सकिए लगत्तै हुने विदा समयको सदुपयोग गरि बाल मानस्पटलमा सकारात्मक सोच र बिचार भरिदिन पाएकोमा बालमैत्री सहजकर्ता लिला माया तामाङले खुसी व्यक्त गरेका…