चैत १९ देखि एसइइ परिक्षा शुरु

हेटौंडा / चैत १९ गतेदेखि एस इइ परिक्षा शुरु भएको छ । मकवानपुर जिल्लाका १०५ वटा सामुदायिक र ३७ वटा संस्थागत बिद्ध्यालयका ७ हजार १ सय ९२ जना बिद्ध्यार्थी परिक्षामा सहभागी छन् । गत वर्षको तुलनामा यसपटक कम बिद्ध्यार्थी एसइइमा सहभागी रहेको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले जनाएको छ ।

गत वर्ष जिल्लाका ७ हजार ४ सय ५६ जना बिद्ध्यार्थीले परिक्षामा भाग लिएका थिए । जिल्ला मा २८ वटा परिक्षा केन्द्र तोकिएको छभने नियमिततर्फबाट ५ हजार ५ सय २७ र ग्रेडबृद्धीतर्फका १ हजार ६५ गरि कुल ७ हजार १ सय ९२ परिक्षार्थी परिक्षामा सहभागी रहेको शिक्षा बिकास तथा समन्वय इकाई मकवानपुरले जनाएको छ ।

क्यालेन्डर अनुसार अलि अगाडि हुनुपर्ने परिक्षा संघिय निर्वाचनले गर्दा ढिलो भएको बताइएको छ । यश वर्षको परिक्षा नतिजा एकमहिनामै सार्वजनिक गर्ने उद्देश्यले राष्ट्रिय परिक्षा बोर्डले माद्यामिक शिक्षा परिक्षा ( एसइइ ) को उत्तर पुस्तिका परिक्षण सम्बन्धित परिक्षा केन्द्रबाटै गर्ने भएको छ ।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.