हेटौंडामा जेब्राक्रसिङ्ग बाटो बन्द भएपछि स्थानीयको विरोध

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१० नम्बर वडास्थित सुर्यान्स होटल अगाडि रहेको चलिरहेको जेब्राक्रसिङ्गसँग जोडिएको पेटीमा बार लगाइएपछि वरपरका घरधनी तथा व्यवसायीहरूले विरोध जनाएका छन्।

घरधनी तथा व्यवसायीहरूले जेब्राक्रसिङ्गलाई पुनः सञ्चालनमा ल्याउन र पेटीमा लगाइएको बार हटाउन माग गर्दै सम्बन्धित टोल विकास संस्था, वडा कार्यालय, उपमहानगरपालिका, जिल्ला ट्राफिक प्रहरी कार्यालय लगायत सम्बन्धित निकायहरूमा निवेदन पेश गरेका छन्।

१७/१८ जनाको हस्ताक्षरसहितको निवेदन सम्बन्धित निकायहरूमा बुझाइएको एक सरोकारवालाले जानकारी दिएका छन्।

व्यक्तिगत स्वार्थका लागि सार्वजनिक स्थानमा बार लगाई जेब्राक्रसिङ्ग अवरुद्ध गर्नु नियमसङ्गत नभएको सरोकारवालाहरूको भनाइ छ। जेब्राक्रसिङ्ग विस्तार गरी बाटोसँग जोडिएको पेटीको बार हटाएर आवतजावत सहज बनाउन माग गरिएको छ।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.