हेटौंडा–११ का विद्यालयहरूमा एचपीभी खोप अभियान सुरु

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–११ नम्बर वडाका निजी तथा सामुदायिक विद्यालयका छात्राहरूलाई एचपीभी (HPV) खोप लगाउन सुरु गरिएको छ।

हेटौंडा एकेडेमीमा कक्षा ६ मा अध्ययनरत २५ जना छात्रालाई खोप लगाएर अभियानको सुरुआत गरिएको हो। कार्यक्रममा कक्षा ६ मा अध्ययनरत ११ वर्षदेखि १४ वर्षसम्मका किशोरीहरू सहभागी रहेका छन्।

खोप अभियानअन्तर्गत दिव्यज्योति बोर्डिङ स्कुलका ६ जना र त्रिभुवन माविका २९ जना छात्राले खोप लगाइसकेका छन्।

माघ २५ गते आइतबारदेखि सुरु गरिएको यो खोप अभियान किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउने उद्देश्यले सञ्चालन गरिएको हो। शहरी स्वास्थ्य संस्था प्रमुख तथा जनस्वास्थ्य निरीक्षक मीना कुमारीले उक्त जानकारी दिइन्।

जेम्स बोर्डिङ स्कुल, शंकरज्योति मावि र आनन्द भैरव प्राविमा भने खोप लगाउन बाँकी रहेको उनले बताइन्। स्वास्थ्य संस्थाका अनुसार यो कार्यक्रम माघ २८ गतेसम्म सञ्चालन हुनेछ।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.