हेटौंडा / मनहरी गाउँपालिका वडा नम्बर ६ मा नेकपाको युवा भेला सम्पन्न भएको छ। डम्बरबहादुर मुक्तानको सभाध्यक्षतामा आयोजित कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य किशोर बर्तौलाको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा आगामी चुनाव लक्षित युवा परिचालनका विषयमा छलफल गर्नुका साथै कमिटी निर्माण गरिएको जनाइएको छ। यसैगरी मनहरी गाउँपालिका वाइसीएल अध्यक्ष रोहित प्रजाको सभाध्यक्षतामा समेत युवा भेला सम्पन्न भएको छ। भेलामा आगामी चुनावलाई मर्यादित र भयरहित कसरी बनाउने भन्ने विषयमा छलफल गरिएको कार्यक्रमका प्रमुख अतिथि किशोर बर्तौलाले जानकारी दिए।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य लीलाराज सुनार (पवन), प्रदेश सदस्य सीता पुलामी मगर, ललित बलान, रुपेश बर्तौला, ज्येष्ठ नागरिक मञ्चका केन्द्रीय सदस्य रामहरि सुवेदी, मनहरी संयोजक एकराज पुरीलगायतको आतिथ्यता रहेको थियो।
प्रतिकृया दिनुहोस्



































































