बकैया ३ मा भुमी अधिकार मंचको भेला सम्पन्न

हेटौंडा । राष्ट्रिय भुमी अधिकार मंच नेपाल बकैया गाउपालिका भेला शनिबार सम्पन्न भएको छ । मकवानपुरको बकैया ३ नम्बर वडा हात्तीसुडेमा भएको भेलाले बृहत रुपमा गाउँपालिका भेला गर्ने भएको छ ।

मंचका जिल्ला कमिटी सदस्य भुवन सिं घलानको सभाध्यक्षतामा भएको भेलाले तदर्थ समिति गठन गरेको छ । भेलाले भेषबहादुर घलेको संयोजकत्वमा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ । कमिटी सदस्यमा इन्द्रबहादुर स्याङ्तान, जगतमान गोले, कृष्णप्रसाद घिमिरे, धनकुमार थोकर, प्रेमप्रसाद घिमिरे, विशाल वाइबा, सुनिता बि. क., चित्र कुमारी स्याङ्तान चयन भएका छन् ।

मंचका केन्द्रिय सदस्य यज्ञबहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मकवानपुर जिल्ला मंच अध्यक्ष देवकृष्ण थोकर, कोषाध्यक्ष ठुलीमाया मुक्तान, सदस्य विकास तितुङको आतिथ्यता रहेको थियो । कमिटीको निर्णय अनुसार बकैया ३ मा माघ १७ गते मंचको बृहत गाउँपालिका भेला गर्ने जनाइएको छ ।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.