मकवानपुर क्योकुशिन कराते संघ बालकुमारी IKO UNION लाई २ स्वर्ण पदक

हेटौँडा । मकवानपुर क्योकुशिन कराते संघ बालकुमारी IKO UNION लाई २ स्वर्ण पदक प्राप्त भएको छ।

२७औं राष्ट्रिय माछापुच्छ्रे फुलकन्ट्र्याक्ट कराते प्रतियोगिता २०८२ सुबेदार मेजर धन बहादुर गुरुङ्ग स्मृति कप तथा चौथो राष्ट्रिय IKOS सोनोदा ग्रुप च्याम्पियनसिप पोखरामा ढुङ्गेसाँघुमा सम्पन्न प्रतियोगितामा पुरुष ५० केजी तौल समुह समीर बि क, महिला ५० केजी तौल समुहामा साधना लोप्चनले संवरण पदक प्राप्त गरेको प्रमुख प्रशिक्षक बिष्णु श्रेष्ठले जानकारी दिनुभयो ।

मकवानपुर जिल्लाबाट ४ जना खेलाडी सहभागी रहेको उक्त प्रतियोगितामा २ पदक ल्याउन सफल भएकोमा मकवानपुर क्योकुशिन कराते संघ बालकुमारी IKO UNION का अध्यक्षले बताउनु भएको छ।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.