चुनावको बिकल्प छैन, यो सरकारले चुनाव गराउँछ- बिडारी

हेटौँडा । संविधानसभा सदस्य , वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले चुनावको विकल्प नभएको बताएका छन् । नेपाली कम्युनिस्ट पार्टीका घटक नेकपा माओवादी केन्द्रका पुर्व सदस्य समेत रहेका बिडारीले भदौ २३ र २४ गतेको जेन्जी आन्दोलन ठुला दलका नेताहरुको असमझदारीको कारण भएको पनि औल्याए ।

उनले भने , सत्तासिन नेताहरूले सत्ता र कुर्सी मोहमात्र देखे , आफुलाइ केन्द्रमा राखे , नातागोता वरिपरि राखेर काम गरे त्यसकारण देश धराशायी अवस्थामा पुगेको छ । कम्युनिस्ट नेता बिडारी भन्छन् , जेन्जीहरुको माग भ्रष्टाचार मुक्त शासन , सामाजिक संजालबाट अभिव्यक्ति स्वतन्त्रताको थियो । त्यसमा बाहिय शक्ति को ग्राण्डडिजाइनमा घुसपैठ भयो । निर्दोष बालबालिका र युवाहरु मारिए , प्रहरी जवानहरु मारिए । देशका अतिसंबेदनसिल अङ्गहरु न्यायपालिका , ब्यवस्थपिका , सम्सद भवन , सिंह दरबार लगायत अत्यन्त आवस्यक देशैभरिका संरचनाहरुमा आगो लगाएर नष्ट पारियो , नेताहरूको घरमा आगजनी गरियो पदमा आसिन होस् या नहोस् केहि नहेरी दुश्मनी साधियो । यसमा जेन्जीको नाम गरेर संचालित घुसपैठियाहरुको ग्राण्डडिजाइनमा काम भए। यहाँ निर्दोषहरुको घर जलेको छ ।

मेरोपनी घर , गाडी , लत्ताकपडा जलेर नष्ट भयो मेरो के दोष थियोर , म सरकारको कुन पदमा आशिन थिएर ? यो रिसिबीमा गरेको कृयाकलाप थियो उनले दुखेसो गरे । अबत नेकपा माओवादी केन्द्र भन्ने पार्टी रहेन १६ घटक पार्टी मिलेर नेपाली कम्युनिस्ट पार्टी भएको छ यसले देशमा कस्तो परिवर्तन ल्याउलात भनेर प्रश्न गर्दा उनि भन्छन् , अब देशमा कम्युनिस्ट पार्टी रहेन । कम्युनिस्ट पार्टी किसान र मजदुरको आवाज बोल्ने पार्टी हो । हाम्रो कमान्डरहरु सत्ताप्राप्तिको लागि केपी ओलीसग मिसिन जानी अथवा ओलीलाइ मिसाउनी जबकी एमाले कम्युनिस्ट होइन हामीले पटकपटक भन्दै आएका थियौं , ओली जनयुद्धको बिरोधि हुन् , आफुलाइ मननपर्दा एमाले कम्युनिस्ट होइन भन्ने र मन परेको बेलामा एमाले सच्चा कम्युनिस्ट हो भनिदिने त्यो हाम्रोपनी कमजोरी रहयो । कहिले माधव नेपालसग मिसिन जानी अथवा उनलाई मिसाउनी उनीपनी जनयुद्धका बिरोधी हुन् ।

कहिले नेपाली काङ्ग्रेससग मिसिन जानी जो कम्युनिस्ट बिरोधि हो । फेरि ठुला दलका प्रमुख नेताहरू वरिपरि आफन्तहरू राखेर काम गर्नी किसान , श्रमिक मजदुरहरुको आवाज कसले उठाउनी ? उनी प्रश्न गर्छन् । बिडारी भन्छन् , देशमा माओवादी भन्ने पार्टी रहेन । मार्कसवाद , लेनिनवाद रहयो तर माओवाद रहेन । कम्युनिस्ट पार्टीको प्रमुख सिद्धान्त भनेको श्रमिक बर्ग हरुको राज्य स्थापित गर्ने हो । श्रमिक बर्ग भनेको मजदुर किसान । अरु देशका कम्युनिस्ट फरक छन् । पेरुको कम्युनिस्ट आर्कै , दक्षिण अमेरिकाको आर्कै , कोरियाको आर्कै , चाइनाको आर्कै , भारतको बङ्गालको आर्कै । नेपालको कम्युनिस्टहरु भने एकै खेमाका थिए । अब एक हुनी भने ।

नाम कम्युनिस्ट त राखे काम कम्युनिस्टको गरेनन् । अब चुनावको कुरा गरौं , केहि दललेत चुनाव हुन दिन्न भनेको सूनिन्छ केहिदिन अगाडि राष्ट्रपतिको पहलमा एमाले , नेपाली कम्युनिस्ट पार्टी , नेपाली काङ्ग्रेस लगायत ठुला दलका नेता र प्रधानमन्त्री शुसिला कार्कीबिच भेट्वार्ता भयोनी के निर्णयमा पुगेत सरकार र दल ? प्रश्नको जवाफमा उनी भन्छन् , चुनाव गराउने निष्कर्षमा पुगे । त्यसमा पनि त्यो भेटघाटको प्रपन्च मिलाउने रास्ट्रपति थिए । यो कुरा प्रधानमन्त्रीले मिलाउन सक्ने अवस्था थिएन। उनी बिद्रोहबाट बनेको प्रधानमन्त्री ।

ठुला दलका नेताहरूलाई देख्नै नचाहने , अब आन्दोलन भयो देशमा सबै तहसनहस भयो पहिलाको सरकारले राजिनामा दियो भाग्यो , त्यही सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा कार्की लाई प्रधानमन्त्री चुनियो । अब सम्सद बिघटन भएपछि यो अन्तरिम सरकार लाई चुनाव गराउने समय राष्ट्र पतिले तोकिदिएका छन् चुनाव गराउन दलहरुसग छलफल त गर्नुपर्योनी । भेटघाट जरुरी थियो । चुनाव गराउन सक्लान् त यो सरकारले ? जवाफमा उनी भन्छन् , अरुकुरा म भन्दिन चुनावचाही गराउछ यो सरकारले । किनभने चुनाव नहोस् भन्ने थोरै मात्र दल छन् । केपी ओली हुन् अलि गडबड कुरा गर्ने । जनता चुनाव चाहन्छन् , निर्वाचन आयोग , सरकार चुनाव गराउछु भन्छन् । ओली यो असम्बैधानिक सरकार , यो सरकारले बनाएको आयोगपनी असम्बैधानिक हो भन्छन् , फेरि सरकारले बोलाएको बैठकमा जान्छन् । अनि के भन्छन् ओली , मलाइ काठमाडौ बसेको ठाउँ छाडेर हिड्न प्रतिबन्द लगाइएको छ जहाँ भेट्छ त्यहीँबाट समातेर ल्याइ थुन्ने भन्या छ मैले देशभरी नहिडी कसरी चुनाव लड्ने , प्रचारप्रसार कसरी गर्ने ? यसो भनेपछि उनलाई यताउता जानदिने निर्णय भयो । यसको मतलब एमालेपनि चुनावको पक्षमा छ , एमालेले असम्बैधानिक भनेको निर्वाचन आयोगमा दल दर्ता गराएको छ। यस्तै नेपाली कम्युनिस्ट पार्टी , नेपाली काङ्ग्रेस , रास्वपा लगायत ठुला पार्टीहरुपनी चुनावको पक्षमा छन् त्यसकारण चुनाव हुन्छ ।

चुनाव भएपछि मात्रै देशले सहि दिशा पक्रिन्छ , उनको भनाइ छ । नेता बिडारीले हेटौंडाको सडकबिस्तारको सन्दर्भमा सडक बिस्तार गर्न ढिलो भएको बताए । यो दलहरुको लापरबाही हो यहाको मानिसहरुलाइ अल्मल्याउनुमा दलहरु जिम्मेवार छन् । २० वर्ष भन्दा अगाडि सुनेको कुरा बाटो बिस्तारको । घरधनीहरुसग छलफल गरेर मुआब्जाको कुरा कति दिने , कति लिने ? अथवा यो कारणले यतिदिने , यो कारणले यति नदिने कानुनी प्रक्रियामा के छ स्पष्ट बुझाएर कानुनी प्रक्रियामा अघि बढ्नुपर्ने थियो । यो काम पहिलेनै गर्नुपर्ने हो । बिडारी भन्छन् , बाइपासबाट बाटोबिस्तार सम्भवै छैन ।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.