हेटौंडामा असार २८ गते ‘मकवानपुर कोरा-२०२५’ हुने

हेटौंडा । यही असार २८ गते शनिबार हेटौंडामा हुने साइक्लिङ यात्रा ‘मकवानपुर कोरा-२०२५’ को रुट आयोजकले सार्वजनिक गरेको छ ।

आयोजकका अनुसार यस पटकको यात्रा हेटौंडा–४ स्थित भुटनदेवी स्कुल प्राङ्गणबाट सुरु हुनेछ। त्यसपछि यात्रा सितलमहल चोक, हुप्राचौर हुँदै पशुपति मन्दिर, ओम्याक्स हल रोड हुँदै थाहा चोकतर्फ अघि बढ्नेछ।

त्यसपछि पश्चिम रजत स्तम्भ हुँदै मेनरोडको बुद्धचोक, कान्तिराजपथ, चौघडा बजारमा मोहि खानको लागि केहीबेर रोकिने कार्यक्रम रहेको छ। त्यसपछि यात्राले चुच्चेखोला, गैरिगाउँ, शिवम् सिमेन्ट, हटिया, चिसापानी हुँदै रंगशालालाई बायाँ पारेर नागसोतीतर्फ प्रस्थान गर्ने आयोजकले जनाएको छ ।

त्यहाँबाट कमानेमा पुनः मोहि खानको लागि विराम लिइनेछ। त्यसपछि नमुना चोक, बज्रगुरु मेडिकल हुँदै उत्तर ओरालो झरी शान्तिनगर, भैरव रोड, कान्तिराजपथ, बुद्धचोक हुँदै चौकिटोल ओरालो झरेर हिमालयन दरबार होटल पुगिनेछ।

त्यहीँ प्रमाण–पत्र वितरण तथा खाना कार्यक्रमका साथ ‘Makawanpur KORA-2025’ को समापन गरिने आयोजकले जनाएका छन्।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.