हेटौंडा । हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडास्थित सिमल्टार टोल विकास संस्थाको १३ औं वार्षिक साधारण सभा सप्पन्न भएको छ । संस्थाका अध्यक्ष सुर्यमान लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख मिनाकुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो ।
हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख लामाले आफू जन्मेको वडा ११ नम्बर भएकोले आफ्नो यस वडासग भावनात्मक र पारिवारिक सम्बन्ध गाँसिएकोले यस वडाको विकासको लागि आफुले सक्दो बजेट छुट्याएको र आगामी दिनहरुमा पनि सकेको साथ रहने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडाध्यक्ष जुना दाहालको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा वडा सदस्य सन्जय बिडारी, विकास नेपाल, गिता सुनार, गोपिनी सापकोटा, टोल विकास संस्था नगर समन्वय समितिका उपमहासचिव देवकुमार श्रेष्ठ, वडा समन्वय ११ का अध्यक्ष यज्ञ बहादुर आचार्य लगायतको आतिथ्यता रहेको थियो ।



































































