Day: २०८३ जेष्ठ ४, सोमबार १७:४४ गते

शिवम सिमेन्ट उद्योगको प्रदुषण नियन्त्रणका निम्ती  छलफल भन्दा पनि समस्या समाधानबारे बुझ्न आवश्यक

शिवम सिमेन्ट उद्योगको प्रदुषण नियन्त्रणका निम्ती छलफल भन्दा पनि समस्या समाधानबारे बुझ्न आवश्यक

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१७,स्थित हटियामा रहेको शिवम शिमेन्ट उद्योगबाट निस्कने प्रदुषण नियन्त्रणका लागि छलफल भन्दा पनि समस्या समाधानका लागि गर्न सकिने उपायबारे बुझ्न आवश्यक रहेको स्थानीय वासिन्दाहरुले बताएका छन् । आइतबार सेवा, सहयोग र आवाजमा हामी संस्थाले शिवम सिमेन्ट उद्योगबाट उत्पन्न धुलो प्रदूषण, वातावरणीय असर, स्थानीय बासिन्दाको स्वास्थ्य, कृषि तथा जनजीवनमा परेको प्रभावका सम्बन्धमा जनताको प्रश्न, सम्बन्धित निकायको उत्तर शीर्षकमा आयोजना गरेका सार्वजनिक सुनुवाइ कार्यक्रम आफ्नो गुनासो राख्दै हेटौंडा–१६ र हेटौंडा–१७ का स्थानीय वासिन्दाहरुले त्यस उद्योगबाट स्थानीय वासिन्दाहरुलाई परेको समस्या समाधानका लागि के गर्न सकिन्छ भन्ने कुराको निष्कर्ष निकाल्न आवश्यक रहेको उनीहरुले बताएका छन् । शिवम सिमेन्ट उद्योगबाट…
Read More
हेटौंडा स्कुल अफ म्यानेजमेन्टले शिक्षा संकायको पढाईलाई निरन्तरता दिने

हेटौंडा स्कुल अफ म्यानेजमेन्टले शिक्षा संकायको पढाईलाई निरन्तरता दिने

हेटौंडा । हेटौंडा-४,स्थित हेटौंडा स्कुल अफ म्यानेजमेन्टले शिक्षा संकायको विषयको पढाइलाई निरन्तरता दिने भएको छ । गत वर्ष हेटौंडा स्कुल अफ म्यानेजमेन्टले नवोदय शिशु सदन तथा नवोदय इनोभेसन सेन्टरको सहकार्यमा सञ्चालन शिक्षा संकायको पढाइलाई निरन्तरता दिने भएको हो । नेपालको शिक्षण क्षेत्रमा दक्ष तथा सीपयुक्त शिक्षकको अभाव देखिएको सन्दर्भमा सामाजिक उत्तरदायित्वको भावना र गुणस्तरीय शिक्षाको आवश्यकता महसुस गर्दै यस कार्यक्रमलाई निरन्तरता दिँदै गत वर्षकै जस्तै ३० जना वि‌द्यार्थीलाई १००% निःशुल्क अध्ययनको अवसर प्रदान गरिने सोमबार आयोजित पत्रकार सम्मेलन मार्फत क्याम्पसका प्रिन्सीपल पुरनबहादुर जोशीले जानकारी गराएका छ । उनले नेपाली विषयका लागि १० जना, अंग्रेजी विषयका लागि १० जना तथा गणित…
Read More
हेटौंडामा देखिएको रंग बदल्ने बगैंचाको छेपारो

हेटौंडामा देखिएको रंग बदल्ने बगैंचाको छेपारो

मकवानपुरको हेटौंडामा देखिएको यो छेपारो प्रकृतिको रोचक साना जीवहरूमध्ये एक हो। वैज्ञानिक नाम Calotes versicolor भएको यो प्रजाति एगामिड परिवारमा पर्छ। यसको शरीरमा काँडाजस्ता साना स्केल, लामो पुच्छर र टाउकोमाथि हल्का क्रेस्ट हुने भएकाले सजिलै चिनिन्छ। यो छेपारोको सबैभन्दा रोचक विशेषता भनेको यसको रंग परिवर्तन गर्ने क्षमता हो। वातावरण, तापक्रम, डर, र विशेषगरी प्रजनन मौसम अनुसार यसको रंग बदलिन सक्छ। भाले छेपारोको टाउको सुन्तला वा रातो र घाँटी कालो देखिनु प्रजनन संकेत मानिन्छ। त्यसैले गाउँघरमा कतिपयले यसलाई “रगतचुसुवा” भनेर पनि बोलाउँछन्, यद्यपि यसले मानिसको रगत चुस्दैन। यो प्रजाति प्रायः घाम तापिरहेको अवस्थामा पर्खाल, ढुंगा, रूखको हाँगा वा घरको छेउमा देखिन्छ।…
Read More
मानव बेचबिखन र साइबर अपराधको ‘सफ्ट टार्गेट’ बन्दै विद्यार्थी

मानव बेचबिखन र साइबर अपराधको ‘सफ्ट टार्गेट’ बन्दै विद्यार्थी

हेटौँडा । प्रविधिको बढ्दो प्रयोगसँगै पछिल्लो समय विद्यार्थी र किशोरकिशोरीहरू मानव बेचबिखन र साइबर अपराधको उच्च जोखिममा पर्न थालेपछि हेटौँडामा विशेष सचेतना अभियान सुरु गरिएको छ। शनिबारदेखि हेटौँडा–२ मा 'हाम्रो आवाज; मानव बेचबिखनमुक्त समाज' भन्ने मूल नाराका साथ दुई दिने अभिमुखीकरण कार्यक्रम सुरु भएको हो। माइती नेपाल मकवानपुरको आयोजना र हेटौँडा उपमहानगरपालिका २ नम्बर वडा कार्यालयको सहकार्यमा सञ्चालित यस कार्यक्रमले विद्यालय तहका विद्यार्थीलाई कानुनी र व्यावहारिक सुरक्षाबारे जानकार बनाउने लक्ष्य राखेको छ। कार्यक्रममा मानव अधिकार संरक्षण तथा मानव बेचबिखनविरुद्धको सञ्जालका सचिव जगन्नाथ सुवेदीले डरलाग्दो तथ्याङ्क प्रस्तुत गर्दै करिब १५ लाख नेपाली मानव बेचबिखनको जोखिममा रहेको बताए। विशेष गरी ११ देखि…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.