Day: २०८२ चैत्र १८, बुधबार १३:१५ गते

राक्सिराङको दुर्गम घोरकोटेमा स्वास्थ्य सेवा विस्तार

राक्सिराङको दुर्गम घोरकोटेमा स्वास्थ्य सेवा विस्तार

हेटौँडा । मकवानपुरको राक्सिराङ गाउँपालिका–४ अन्तर्गत पर्ने दुर्गम घोरकोटे क्षेत्रमा अब आधारभूत स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध हुने भएको छ। चेपाङ समुदायको बसोबास रहेको यस विकट क्षेत्रमा ‘घोरकोटे सामुदायिक स्वास्थ्य इकाई’ स्थापना गरी सञ्चालनमा ल्याइएको हो। स्थानीय बासिन्दाले सामान्य उपचारका लागि समेत घण्टौँ पैदल हिँड्नुपर्ने बाध्यता हटाउने उद्देश्यले यो पहल गरिएको हो। उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी तथा वडा अध्यक्ष संजय कोइरालालगायतको सहभागिता रहेको थियो। स्वास्थ्य इकाई सञ्चालनका लागि बागमती प्रदेश सरकार र गाउँपालिकाबाट समान रूपमा १०–१० लाख रुपैयाँ बजेट छुट्याइएको छ। उक्त रकममध्ये १२ लाख रुपैयाँ लागतमा स्थायी भवन निर्माणको प्रक्रिया अघि बढाइएको…
Read More
अत्यधिक लोड बोकेका टिप्परमाथि प्रशासनको निगरानी कडा

अत्यधिक लोड बोकेका टिप्परमाथि प्रशासनको निगरानी कडा

हेटौँडा । तोकिएको क्षमताभन्दा बढी ढुङ्गा बोकेर सञ्चालनमा रहेका टिप्परमाथि मकवानपुर प्रशासनले निगरानी बढाएको छ। अनुगमनका क्रममा मापदण्ड उल्लंघन गरेको पाइएपछि प्रशासनले सवारीधनीलाई सचेत गराउँदै नियम पालना गर्न निर्देशन दिएको हो। प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको नेतृत्वमा गरिएको अनुगमनमा राक्सिराङ क्षेत्रबाट ढुङ्गा ढुवानी गरिरहेका केही टिप्परले अत्यधिक लोड बोकेको भेटिएको थियो। त्यसक्रममा आठ वटा टिप्परलाई नियन्त्रणमा लिई सडकमै अतिरिक्त ढुङ्गा झार्न लगाइएको प्रशासनले जनाएको छ। त्यसपछि मात्र ती सवारीलाई नियमानुसार ढुवानी गर्न अनुमति दिइएको थियो। प्रशासनका अनुसार तोकिएको मापदण्डभन्दा बढी लोड बोक्नु गैरकानुनी कार्य हो। यसलाई निरन्तरता दिए कडा कारबाही गरिने चेतावनी दिइएको छ। साथै, ढुवानीका क्रममा ढुङ्गालाई अनिवार्य रूपमा…
Read More
राक्सिराङमा घुम्ती शिविरबाट घरदैलोमै सेवा

राक्सिराङमा घुम्ती शिविरबाट घरदैलोमै सेवा

हेटौँडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाले “सेवा पाउने सबैको अधिकार” भन्ने मूल भावनालाई व्यवहारमा उतार्दै सरकारी सेवाहरूलाई गाउँ–गाउँसम्म पुर्‍याउन सुरु गरेको छ। दुर्गम भेगका नागरिकलाई लक्षित गर्दै सञ्चालन गरिएको एकीकृत घुम्ती शिविरमार्फत स्थानीयले आफ्नै ठाउँमा सहज रूपमा सेवा लिन थालेका छन्। चैत्र ११ गतेदेखि सुरु भएको यो शिविर चैत्र २० गतेसम्म पालिकाका विभिन्न चार स्थानमा सञ्चालन हुने कार्यक्रम छ। शिविरमार्फत नागरिकता वितरणदेखि राष्ट्रिय परिचयपत्र, अपाङ्गता परिचयपत्र, स्वास्थ्य परीक्षण, पशु उपचार, कृषि सेवा, बीउ तथा औषधि वितरण, कृषि औजार हस्तान्तरण, सुत्केरीका लागि पोषण सामग्री र बेरोजगार सूचीकरणजस्ता विविध सेवा एकै ठाउँबाट प्रदान गरिँदै आएका छन्। चैत्र १६ गते वडा नं. ९ कान्द्राङमा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.