२०८१ भाद्र २, आईतवार १९:३८ गते
२०८१ भाद्र २, आईतवार १९:३८ गते
मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघले हेटौंडा उपमहानगरपालिकासँगको सहमति तत्काल पुरा नभए पूनः आन्दोलनम उत्रने चेतावनी दिएको छ । आईतबार पत्रकार सम्मेलन गर्दै संघले सहमति अनुसार तत्काल नगरसभा बैठक बोलाउन आग्रह गर्दै सहमित कार्यान्वयन नभए आन्दोन गर्ने चेतावनी दिएको हो । तत्काल नगरसभा बैठक बोलाएर वृद्धि भएको कर रकमको निर्णय फिर्ता गर्नेका सहमति कार्यान्वयन गर्न संघले नगरलाई सम्झाएको छ । आफुहरुसँग भएको सहमति तत्काल कार्यान्वयन नगरेमा जुनसुकै समयमा व्यवसायीहरु पुनः आन्दनेलनमा उत्रने संघका अध्यक्ष कृष्ण प्रसाद गुप्ता अग्रवालले बताएका छन् । कर वृद्धि फिर्ताका विषयमा भएको ८ बुँदे सहमति तत्काल कार्यान्वयन गर्नुपर्ने संघका अध्यक्ष अग्रवालले बताए । उद्योगी व्यवसायीमाथि बेलाबेलामा…