समाचार

विदेशी मुद्रासहित हेटौंडाबाट ३ भारतीय नागरिक पक्राउ

विदेशी मुद्रासहित हेटौंडाबाट ३ भारतीय नागरिक पक्राउ

मकवानपुर । त्रिभुवन राजपथ अन्तर्गत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ चौकीटोलबाट प्रहरीले आइतबार अवैध विदेशी मुद्रासहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा देश भारत उत्तर प्रदेश जिल्ला जालौन बस्ने ४० वर्षीय बिजय सिंग कुशवाह, उत्तर प्रदेश जिल्ला गोरखपुर बस्ने २६ वर्षीय प्रशान्त पाठक र राजस्थान चितोरगढ बस्ने ३२ वर्षीय राहुल कुमार माण्डावत रहेका छन् । उनीहरुलाई विशेष सूचनाको आधारमा खटिएको मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्कासहितको टोलीले पक्राउ गरेको हो । प्रहरी उपरीक्षक खड्काका अनुसार, आइतबार साँझ पौने ९ बजेको समयमा काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ज ०७६५ नम्वरको इभी माइक्रो बसलाई रोकी चेकजाँच…
Read More
मनहरीका २ जना गाँजासहित पक्राउ

मनहरीका २ जना गाँजासहित पक्राउ

मकवानपुर । मकवानपुरको मनहरीबाट लागुऔँषध गाँजासहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा मनहरी गाउँपालिका वडा नम्बर ८ का २८ वर्षाीय रामकुमार परियार र मनहरी–९ बस्ने ३६ वर्षीय रामकुमार स्याङ्बो रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आईतबार दिउँसो करिब २ः१५ बजेको समयमा विशेष सुचनाका आधारमा मनहरी गाउँपालिका वडा नम्बर ९ भलाद्मी चोकस्थितपुर्व पश्चिम सडक खण्डमा मनहरीबाट हेटौँडातर्फ जाँदै गरेको ना १ ह ५०३३ नम्बरको अटोलाई रोकी जाँच गर्ने क्रममा अटो चालक रामकुमार परियार र सोही अटोमा सवार रामकुमार स्याङ्बोलाई शंका लागी .शरीर तथा अटो खानतलासी गर्दा अटोको सिट पछाडि कालो झोला र जेब्रा झोला भित्र ल्याईएको अवस्थामा…
Read More
ट्रक दुर्घटनामा मकवानपुरगढीका २ जनाको मृत्यु

ट्रक दुर्घटनामा मकवानपुरगढीका २ जनाको मृत्यु

मकवानपुर । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामनास्थित नौकिलोमा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । आइतबार साँझ नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख ३४९० नम्बरको ट्रक नौकिलोमा सडक किनारमा पल्टिएर दुर्घटना हुँदा मकवानपुरका दुईसहित तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा मकवानपुरको मकवानपुरगढी गाउँपालिका–६ का ३८ वर्षीय श्याम बजगाईं, सोही स्थानका ३१ वर्षीय दीपक दाहाल र चितवनको कालिका नगरपालिका–३ बस्ने आरम्भ पोखरेल रहेका छन् । प्रहरीका अनुसार, चामल बोकेको सो ट्रक पल्टिँदा मकवानपुरका दश्याम र दीपकको च्यापिएर मृत्यु भएको हो भने आरम्भको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो…
Read More
हेटौँडामा ‘टोल विकास संस्थाहरुको सक्रियता’ पुस्तक विमोचन

हेटौँडामा ‘टोल विकास संस्थाहरुको सक्रियता’ पुस्तक विमोचन

मकवानपुर । टोल विकास संस्थाहरुका लागि उपयोगी ‘टोल विकास संस्थाहरुको सक्रियता’ नामक पुस्तक बागमती प्रदेशको राजधानी हेटौंडामा विमोचन गरिएको छ । पुस्तक बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी श्रेष्ठले विमोचन गरेकी हुन् । लक्ष्मण बजगाईद्वारा लेखिएको र नारायणप्रसाद बजगाईले प्रकाशन गरेको उक्त पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै मन्त्री हरिप्रभा खड्गी श्रेष्ठले आफू जनतासँगै मिलेर काम गर्न चाहने र अहिलेसम्म यस्तै किसिमको अभ्यास गर्दै आएको बताइन् । ‘देश सुधार्न समाज सुधार्नु पर्छ’ मन्त्री खड्गीले भनिन् ‘टोल टोलको विकास भयो भने समग्र देशको विकास हुन्छ, टोलको विकास गर्न सम्भाव्यताको नजिक रहेर लेखकले यो पुस्तक तयार गरेको जस्तो मलाई लागेको छ…
Read More
खेलकुद क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्नेमा जोड

खेलकुद क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्नेमा जोड

मकवानपुर । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले खेलकुद क्षेत्रको विकासमा राज्यले प्राथमिकता दिनुपर्ने बताएका छन् । हेटौंडा–३ मा आयोजित प्रथम मकवानपुर जिल्ला स्तरीय कराते प्रतियोगितालाई सम्बोधन गर्दै मन्त्री महर्जनले व्यक्तिको स्वास्थ्य तथा सामाजिक र आर्थिक विकासमा खेलकुद क्षेत्रको महत्व रहेको भन्दै राज्यले प्राथमिकता दिनुपर्नेमा जोड दिए । युवाहरूको प्रतिभाको पहिचान र सृजनात्मकताको विकास, पर्यटन, रोजगारमार्फत् आर्थिक विकासमात्रै नभई राष्ट्रको अन्तर्राष्ट्रिय पहिचानमा समेत खेलकुदले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै राज्यले स्थानीय र राष्ट्रिय स्तरमा खेलकुदका कार्यक्रमहरूलाई प्रोत्साहित गर्नुपर्ने उनले बताए । मन्त्री महर्जनले बागमती प्रदेशलाई खेलकुदमय बनाउने प्रतिवद्धता व्यक्त गर्दै त्यसका लागि आवश्यक आधारभूत संरचनाहरूको विकास गर्ने, प्रशिक्षण केन्द्र,…
Read More
खतराको घेरामा रहेको भवनमा बागमती प्रदेशका २ मन्त्रालय

खतराको घेरामा रहेको भवनमा बागमती प्रदेशका २ मन्त्रालय

मकवानपुर । २०७२ सालको भूकम्पका कारण भत्काउनुपर्ने सूचिमा रहेको भवनमा बागमती प्रदेश सरकारले दुईवटा मन्त्रालय राखेको छ । तत्कालीन समयमा उक्त भवन भत्काउनुपर्ने सूचीमा परेपछि रातो स्टिकर टाँसिएको थियो। हेटौंडा–२ स्थित मुख्यमन्त्री कार्यालयसँगै रहेको पुरानो जिल्ला विकास समितिको भवनमा प्रदेशको उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय र सहकारी तथा गरिवी निवारण मन्त्रालय राखिएको हो । बागमती प्रदेशमा अघिल्लो बर्ष मन्त्रालय विभाजन गरी बनाइएको उद्योग मन्त्रालय गतबर्ष देखि नै यसै भवनमा रहँदै आएकोमा गत कार्तिक २७ मा विभाजन गरी बनाइएको सहकारी तथा गरिवी निवारण मन्त्रालय पनि शुक्रबार (हिजो) देखि यसै भवनमा स्थापना गरिएको हो । बागमतीमा मन्त्रालयको संख्या बढेपछि घर भाडाकोे…
Read More
हेटौँडामा अधिवक्ताहरुलाइ वाणिज्य कानून विषयक आधारभुत तालिम

हेटौँडामा अधिवक्ताहरुलाइ वाणिज्य कानून विषयक आधारभुत तालिम

मकवानपुर । उच्च अदालत बार र जिल्ला बार एशोसियसन हेटौंडाका अधिवक्ताहरुलाई हेटौंडामा वाणिज्य कानून विषयक तालिम दिन शनिबार देखि शुरु गरिएको छ । नेपाल कानून व्यवसायी परिषद लयर्स एकेडेमी समिति, कुपण्डोल ललितपुरको आयोजना तथा उच्च अदालत बार एशोसियसन हेटौंडा, जिल्ला अदालत बार एशोसियसन मकवानपुरको सह–आयोजनामा तालिमको व्यवस्था गरिएको हो । अधिवक्ताहरुलाई सक्षम बनाउने उदेश्यले तालिमको आयोजना गरिएको कार्यक्रमका सभाध्यक्ष नेपाल कानून व्यवसायी परिषद लयर्स एकेडेमी समितिका उपाध्यक्ष वरिष्ठ अधिवक्ता डाक्टर चन्द्रकान्त ज्ञवालीले बताए । ज्ञवालीको सभाध्यक्षतामा भएको तालिम उद्घाटनमा नेपाल बार एशोसियसनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरेको प्रमुख आतिथ्यता रहेको थियोे । कार्यक्रममा उच्च अदालत पाटन हेटौंडा इजलासका न्यायाधीश…
Read More
पालुङ जेसीजको सप्ताहव्यापी कार्यक्रम सुरु

पालुङ जेसीजको सप्ताहव्यापी कार्यक्रम सुरु

मकवानपुर । पालुङ जेसीज वर्ष २०२४ को जेसीज सप्ताह सुरु भएको छ । शुक्रबार थाहा नगरपालिका वडा नं. २ को ऐतिहासिक पालुङगढीमा एक कार्यक्रमको आयोजना गरी जेसीज सप्ताह सुरु गरिएको हो । कार्यक्रम पालुङ जेसीज वर्ष २०२४ का अध्यक्ष निरज रायमाझीको अध्यक्षता तथा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीको प्रमुख आतिथ्यतामा भएको हो । सो क्रममा जेसीज सप्ताह मूल कार्यक्रम संयोजक मानसिंदोङले सप्ताह अन्तरगत हुने कार्यक्रमहरुको बारेमा जानकारी गराएका थिए । जेसीज सप्ताह अतरगत मङ्सिर ९ गतेदेखि १४ गतेसम्म विभिन्न ७ वटा कार्यक्रमको आयोजना गर्न लागिएको उनले बताए । मंसिर ९ गते विराज थापाको संयोजकत्वमा जनकल्याण माबि पालुङमा लक्ष्य निर्धारण तालिम…
Read More
‘ए ङाला ह्राङ्बा माया’ को हृदयविदारक गीत सार्वजनिक

‘ए ङाला ह्राङ्बा माया’ को हृदयविदारक गीत सार्वजनिक

मकवानपुर । तामाङ भाषाको चलचित्र ‘ए ङाला ह्राङ्बा माया’ को टाईटल गीत सार्वजनिक भएको छ । चर्चित नायक तथा निर्देशक हुत्त सञ्जय लामाको प्रमुख भूमिका रहेको यस चलचित्रको शिर्ष गीतमा हृदयविदारक कथा समावेश गरिएको छ । गीतको म्यूजिक भिडियो ह्याङ्ला म्हारम्हेन्दो मिडिया प्रालिको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । शिर्ष गीतमा बिछोडिँदै गरेको दुई प्रेमीको कथा छ । अर्पण थिङको संगीत, एरेञ्ज र आवाजमा तयार भएको यस गीतलाई सागर दोङ तामाङ र हुत्त संजय लामाले लेखेका हुन् । चलचित्रमा हुत्त सञ्जय लामा, तारा थोकर, विक्रम लामा, प्रज्मी बोम्जन, हेमकुमार तितुङ, हिराबहादुर मोक्तान, गोकुल तामाङ, कुमार मोक्तान, अनिल ब्लोन, राजकुमार…
Read More
पदभार ग्रहण सँगै सहकारीको रकम अपचलन गर्ने कसैलाई छुट नदिने घोषणा

पदभार ग्रहण सँगै सहकारीको रकम अपचलन गर्ने कसैलाई छुट नदिने घोषणा

मकवानपुर । बागमती प्रदेशका सहकारी तथा गरिवी निवारण मन्त्री मदुकुमार श्रेष्ठले पदभार ग्रहण गरेका छन् । मंगलबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको परिसरमा रहेको भवनमा मन्त्रालय राखेर पदभार ग्रहण गरेका हुन् । मन्त्रीको सपथ खाएको १११ औं दिनमा मन्त्रालय पाएका सहकारी मन्त्री श्रेष्ठले मन्त्रालयको नाम पाएको ११ औं दिनमा पदभार ग्रहण गरेका हुन् । गत साउन ९ गते मन्त्री पदमा नियुक्त हुँदै पद तथा गोपनियताको सपथ खाएका मन्त्री श्रेष्ठले गत कार्तिक २७ गते बसेको मन्त्रीपरिषद् बैठकको निर्णयले मन्त्रालय विभाजन गरेर श्रेष्ठलाई दिइने मन्त्रालयको टुंगो लगाएको थियो । प्रदेशमा रहेको संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय र मुख्यमन्त्री कार्यालय मातहतमा रहेको गरिवी निवारण…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.