समाचार

हेटौंडा बचत तथा ऋण सहकारीमा नयाँ नेतृत्वको शपथ, पारदर्शी कार्यशैलीमा जोड

हेटौंडा बचत तथा ऋण सहकारीमा नयाँ नेतृत्वको शपथ, पारदर्शी कार्यशैलीमा जोड

हेटौँडा । हेटौँडामा रहेको हेटौंडा बचत तथा ऋण सहकारी संस्थाको नवनिर्वाचित कार्यसमितिले औपचारिक रूपमा शपथ ग्रहण गर्दै पदभार सम्हालेको छ। हेटौंडा–७ नागस्वोतीस्थित मुख्य कार्यालयमा आयोजित कार्यक्रममा वडा नम्बर ७ का अध्यक्ष दामोदर गौतमको प्रमुख आतिथ्यता रहेको थियो। निर्वाचन समितिका संयोजक वीरेन्द्र प्रसाद ढुंगानाले नव-निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो। सो अवसरमा अध्यक्षमा निर्वाचित राजु वाइवाले पदभार ग्रहण गर्दै संस्थालाई अझ सुदृढ, विश्वसनीय र सदस्य केन्द्रित बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले आफ्नो कार्यकाल पारदर्शिता र संस्थागत सुधारमा केन्द्रित रहने बताउनुभयो। नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्षमा खडानन्द चौलागाई, सचिवमा युवराज गौतम र कोषाध्यक्षमा मोनिका पौडेल चयन हुनुभएको छ। सदस्यहरूमा अम्बिका…
Read More
पत्रकार महासंघको स्थापना दिवसमा हेटौँडामा प्रभातफेरी, जिम्मेवार पत्रकारितामा जोड

पत्रकार महासंघको स्थापना दिवसमा हेटौँडामा प्रभातफेरी, जिम्मेवार पत्रकारितामा जोड

हेटौँडा । हेटौँडामा नेपाल पत्रकार महासंघको ७१ औँ स्थापना दिवसका अवसरमा सोमबार प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ। बागमती प्रदेश समिति र मकवानपुर शाखाको संयुक्त पहलमा सम्पन्न उक्त प्रभातफेरी सिमाचोकबाट सुरु भई बुद्धचोक हुँदै मकवानपुर उद्योग वाणिज्य संघ चोकसम्म पुगेपछि पुनः सिमाचोक फर्किएर कोणसभामा परिणत भएको थियो। कार्यक्रमको कोणसभामा बोल्दै बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगरले वर्तमान चुनौतीपूर्ण परिस्थितिमा पत्रकारको हकहितको रक्षा गर्दै पेशागत मर्यादा कायम राख्नु अत्यन्त आवश्यक रहेको उल्लेख गर्नुभयो। मिडियामाथि बढ्दो दबाब र आक्रमणका बीच पनि पत्रकारले आफ्नो जिम्मेवारीबाट पछि हट्न नहुने उहाँको भनाइ थियो। उहाँले सामाजिक सञ्जाल प्रयोगकर्ता र पत्रकारबीचको भिन्नता स्पष्ट नहुँदा पत्रकारिताको विश्वसनीयता र सुरक्षामा…
Read More
युनिहबद्वारा विदाई तथा जानकारीमूलक कार्यक्रम सम्पन्न

युनिहबद्वारा विदाई तथा जानकारीमूलक कार्यक्रम सम्पन्न

हेटौंडा । युनिहब इन्टरनेसनल एजुकेसन सेन्टर प्रा।लि। को आयोजनामा विदाई तथा जानकारीमूलक कार्यक्रम सम्पन्न भएको छ। संस्थाका सञ्चालक सुरज घलानको सभापतित्वमा हेटौंडामा आयोजित उक्त कार्यक्रममा नरेश प्याकुरेल, स्नेह बानियाँ, दिया ढोडारी, आइता सिंह मोक्तान,रजल नगरकोटी, सुरज मुक्तान, सुषान्त अर्याल लगायतको सहभागिता रहेको थियो। साथै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका लेखा अधिकृत सुरज बिस्ट विशेष आमन्त्रित अतिथिका रूपमा उपस्थित रहेका थिए। उक्त कार्यक्रमअन्तर्गत अप्रिल २०२६ मा विदेश अध्ययनका लागि जाने विद्यार्थीहरूलाई विदाई प्रदान गरिएको थियो भने आगामी अक्टोबर २०२६ मा विदेश अध्ययनका लागि इच्छुक विद्यार्थीहरूका लागि जानकारीमूलक सत्र सञ्चालन गरिएको थियो। सो क्रममा अध्ययनका लागि आवेदन प्रक्रिया, उपयुक्त देश तथा शिक्षण…
Read More
हेटौंडा–११ मा वडास्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न

हेटौंडा–११ मा वडास्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न

हेटौंडा / हेटौंडा–११ मा समुदायमा आधारित रोग निगरानीसम्बन्धी वडास्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। समुदायमा अनपेक्षित रूपमा देखापर्ने विभिन्न प्रकारका सरुवा तथा नसर्ने रोगहरू के–कस्ता हुन्छन्, तिनका समाधानका उपाय के हुन्, र यस्ता समस्याहरूको समाधान कुन संस्थाले गर्छ भन्ने विषयमा समुदायलाई जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नवलपुर आधारभूत स्वास्थ्य केन्द्रकी प्रमुख मीना कुमारीले जानकारी दिइन्। हेटौंडा उपमहानगरपालिका तथा नवलपुर आधारभूत स्वास्थ्य केन्द्र, हेटौंडा–११, मकवानपुरको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो। वडाध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा आधारभूत स्वास्थ्य केन्द्रकी मीना कुमारी र PHRD की प्रतिनिधि नम्रता सिलवालले सहजीकरण गरेका थिए। कार्यक्रममा जनप्रतिनिधि, विद्यालयका प्रअ, टोल विकास संस्थाका अध्यक्ष, स्वास्थ्य…
Read More
हेटौंडामा “जाउँ है पोखरा” अभियानको समापन, आन्तरिक पर्यटनमा जोड

हेटौंडामा “जाउँ है पोखरा” अभियानको समापन, आन्तरिक पर्यटनमा जोड

हेटौंडा । आन्तरिक पर्यटन प्रवर्द्धनलाई लक्ष्य बनाउँदै होटल संघ पोखराको टोली बागमती प्रदेशको राजधानी हेटौंडा आइपुगेको छ। “जाउँ है पोखरा” अभियानअन्तर्गत देशका विभिन्न सहरमा कार्यक्रम गर्दै आएको टोलीले शुक्रबार हेटौंडामा अन्तिम अन्तरक्रिया सम्पन्न गरेको हो। हेटौंडा–२ स्थित होटल एभोकार्डो मा आयोजित कार्यक्रममा पर्यटन क्षेत्रका सरोकारवालाबीच आन्तरिक पर्यटनको अवस्था, चुनौती र सम्भावनाबारे विस्तृत छलफल गरिएको थियो। कार्यक्रममा होटल एशोसिएसन मकवानपुर र पोखराका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। टोलीले वीरगञ्ज, विराटनगर र इलाम हुँदै हेटौंडासम्म पुगेर अभियान सञ्चालन गरेको हो। हेटौंडाको कार्यक्रमलाई यस अभियानको समापन कार्यक्रमका रूपमा आयोजना गरिएको जनाइएको छ। कार्यक्रम लक्ष्मण सुवेदी को सभाध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा भिडियो प्रस्तुतीमार्फत…
Read More
हेटौंडामा नेकपाले गर्यो चुनावको समीक्षा

हेटौंडामा नेकपाले गर्यो चुनावको समीक्षा

हेटौंडा / नेपाली कम्युनिस्ट पार्टीले हेटौंडामा मकवानपुर क्षेत्र नम्बर २ को चुनावी समीक्षा गरेको छ। पार्टीका केन्द्रीय सदस्य, प्रदेश सदस्यहरू र जिल्ला कमिटीका सदस्यहरूले मिलेर समीक्षा गरेका हुन्। पार्टीका जिल्ला सचिव बिरबहादुर घलानको संयोजकत्व तथा पार्टीका केन्द्रीय सदस्य कुमारी मुक्तानको प्रमुख आतिथ्यतामा समीक्षा कार्यक्रम भएको हो। समीक्षामा बोल्दै प्रमुख अतिथि कुमारी मुक्तानले मिडियाले ट्रोल गरेर चुनाव जितेकोले आतङ्कित हुन नपर्ने बताइन्। एउटा हावाहुरी आएर माहोल हाम्रो प्रतिकूलमा गएको, त्यो ठूलो कुरा नभएको उनले बताइन्। “चुनाव नभएको भए संविधान खारेज हुन्थ्यो र नेपाल देश कतातिर जान्थ्यो भन्ने कुरा महत्वपूर्ण थियो,” मुक्तानले भनिन्। “हामीले चुनाव गराउनुपर्छ भनेर अडान राख्यौं र चुनाव सम्पन्न…
Read More
ओली लेखक पक्राउ प्रकरणलाई लिएर हेटौंडामा प्रदर्शन

ओली लेखक पक्राउ प्रकरणलाई लिएर हेटौंडामा प्रदर्शन

हेटौंडा / पुर्व प्रधानमन्त्री केपी शर्मा ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ प्रकरणलाई लिएर एमाले पार्टीले हेटौंडामा बिरोध जनाएका छन् । बिरोध र्याली प्रदर्शन गर्दै एमालेका नेता तथा कार्यकर्ताहरुले रास्वपा सरकार देशलाई अस्थिर , द्वन्द , मुठभेडतर्फ अग्रसर गराउन लागिपरेको आरोप लगाएका छन् । नेकपा एमालेका पुर्व प्रमुख सचेतक तथा पुर्व संघीय साम्सद महेश बर्तौलाले स्टाटस लेख्दै राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले दुइतिहाइ बहुमतको दम्भ गर्दै प्रतोशोधको यात्रा तय गरेको बताएका छन् । उनले स्टाटसमा भनेका छन् , ''सरकार स्वयम् नै मुलुकलाई अस्थिरता , मुठभेड र द्वन्द तर्फ धकेल्न भयानक षडयन्त्रमा लाग्यो'' राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार निर्माण गरे सँगसँगै नाङ्गो…
Read More
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा पद तथा गोपनियताको शपथग्रहण

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा पद तथा गोपनियताको शपथग्रहण

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र साहले पद तथा गोपनियताको शपथ लिनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा उहाँलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको हो । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, निःवर्तमान प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसी लगायतका विभिन्न राजनीतिकका नेताहरु लगायतका विशिष्ट अधिकारीहरुको उपस्थिति रहेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं ससदीय दलका नेता साहले वैदिक विधिअनुसार शपथ लिनुभएको हो । त्यस अवसरमा नेपाली सेनाले सलामी समेत अर्पण गरेको थियो । नवनिर्वाचित मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिनुभएको छ…
Read More
बागमती प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयको आठौं स्थापना दिवस हेटौंडामा सम्पन्न

बागमती प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयको आठौं स्थापना दिवस हेटौंडामा सम्पन्न

हेटौंडा — बागमती प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले आफ्नो आठौं स्थापना दिवस हेटौंडामा औपचारिक कार्यक्रम आयोजना गर्दै मनाएको छ। कार्यक्रममा मुख्य न्यायाधिवक्ता अप्सरा बस्नेत को सभाध्यक्षता रहेको थियो भने आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा मुख्य न्यायाधिवक्ता बस्नेतले कार्यालयको जिम्मेवारी, कार्यक्षेत्र तथा अधिकारबारे प्रकाश पार्दै आर्थिक वर्ष ०८२/०८३ मा सम्पन्न गतिविधिहरूको समग्र विवरण प्रस्तुत गरिन्। उनले न्यायिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने दिशामा कार्यालयले गरेका पहलहरूबारे पनि जानकारी दिइन्। उक्त अवसरमा सामाजिक विकास मन्त्री कन्चन चन्द्र वादे, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री बिदु श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष ललित घलान, नेपाल…
Read More
दामन–सिमभञ्ज्याङमा ढकमक्क लालीगुराँस

दामन–सिमभञ्ज्याङमा ढकमक्क लालीगुराँस

वसन्त ऋतु सुरु भएसँगै मकवानपुरको थाहा नगरपालिकामा पर्ने दामन-सिमभञ्ज्याङ क्षेत्र यतिबेला लागिगुराँसले ढाकिएको छसेता, राता र गुलाबी रंगका लागिगुराँसले सजिँदा दामन–सिमभञ्ज्याङ क्षेत्र यतिबेला मनमोहक बनेको छ । विशेषगरी फागुनदेखि बैशाखसम्म फुल्ने लागिगुराँस यतिबेला पूर्ण रूपमा फक्रिएको देखिन्छ । लागिगुराँस केवल सौन्दर्यका लागि मात्र नभई सांस्कृतिक र प्राकृतिक हिसाबले पनि महत्वपूर्ण मानिन्छ। नेपालको राष्ट्रिय फूलका रूपमा परिचित रातो लाली गुराँस देशको पहिचान, गौरव र राष्ट्रिय एकताको प्रतीक मानिन्छ । यहाँ सेतो लालिगुराँस पनि पाइन्छ। यो दुर्लभ प्रकारको लाली गुराँस हो । यहाँ प्रेम, आकर्षण र कोमल भावनाको प्रतीक मानिने गुलाबी रंगको लालिगुराँस पनि देख्न सकिन्छ । जसले प्राकृतिक सौन्दर्यमा थप रंगीन…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.