समाचार

हेटौंडामा बजाजको इभी अटो लन्च

हेटौंडामा बजाजको इभी अटो लन्च

हेटौंडा / १० वर्षदेखि ३ पाङ्ग्रे अटोका बेस्ट सेलर होराइजन अटो प्रालिले हेटौंडामा wego Ev अटो लन्च गरेको छ । होराइजन अटो प्राली बजाज शोरुमले समयको माग र ग्राहकको सुबिधालाई मध्य नजर गर्दै Ev अटो लन्च गरेको होराइजन अटो प्रालिका संस्थापक संचालक लालकाजीरत्न बज्राचार्यले जानकारी दिए । हेटौंडामा प्रालीका संस्थापक संचालक राजुरत्न बज्राचार्य , लालकाजीरत्न बज्राचार्य, अटो ब्यवसायी बिपिन पाण्डे , मनोज लामिछानेको उपस्थितिमा wego Ev अटो लन्च गरिएको हो । ७ लाख ९९ हजार ९ सय मुल्य रहेको अटो ४० देखि ५० प्रतिशत डाउन पेमेन्ट ० प्रतिशत ब्याजदर र सरल फाइनान्स सुबिधा रहेको पालीले जनाएको छ । अटो बिक्रेतामा…
Read More
डिजिटल पत्रकारिता तथा पत्रकारितामा एआईको प्रयोगबारे कार्यक्रम

डिजिटल पत्रकारिता तथा पत्रकारितामा एआईको प्रयोगबारे कार्यक्रम

मकवानपुर । आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेशको आयोजना तथा नेपाल पत्रकार महासंघ बागमती प्रदेश र नेपाल पत्रकार महासंघ मकवानपुरको सहकार्यमा आजबाट पत्रकार तथा सञ्चारकर्मीहरुको क्षमता अभिवृद्धि कार्यक्रम सुरु भएको छ । डिजिटल पत्रकारिता तथा पत्रकारितामा एआईको प्रयोगबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्णसारु मगरको अध्यक्षता तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेशका मन्त्री शिवराज अधिकारीको प्रमुख आतिथ्यता कार्यक्रम सुरु भएको हो । कार्यक्रममा मन्त्री अधिकारीले पत्रकारिता क्षेत्र विकासका लागि मन्त्रालयले सदैव साथ दिने प्रतिबद्घता व्यक्त गरे । पछिल्लो समय सूचना प्रविधीको विकाससँगै पत्रकारिताको शैलीमा पनि परिवर्तन भइरहेकाले त्यसलाई…
Read More
हेटौँडामा बिहानै पसलमा चोरी

हेटौँडामा बिहानै पसलमा चोरी

हेटौँडा । मकवानपुरको हेटौडामा बिहानै पसलमा चोरी भएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० बैँकरोडस्थित क्यालिबर स्टोरमा आईतबार बिहान ४ बजेर २० मिनेटको समयमा चोरी भएको हो । मास्क लगाएर आएका चोरले सटरको ताला फुटाएर स्टोरमा प्रवेश गरेको र नगदसँगै केही जोर जुत्ता समेत चोरेर लगेको क्यालिबर स्टोरका निराजन नेपालले जानकारी दिए । पसलमा रहेको नगद रु १ लाख ५० हजारका साथै केही जोर जुत्ता समेत चोरिएको नेपालले बताए । उनका अनुसार यस घटनाका विषयमा प्रहरीलाई जानकारी गराउनुका साथै उजुरी समेत दर्ता गरिएको छ । पसलमा भएको सिसिटिभीमा रेकर्ड भएको दृश्य अनुसार चोरी गर्न आएका व्यक्तिले सुरुमा पसलको बिलिङ…
Read More
डेंगी नियन्त्रणका लागि हेटौंडामा रोटरी क्लबद्वारा उपकरण हस्तान्तरण

डेंगी नियन्त्रणका लागि हेटौंडामा रोटरी क्लबद्वारा उपकरण हस्तान्तरण

हेटौंडा । डेंगी संक्रमण बढ्दै गएपछि यसको नियन्त्रणका लागि स्थानीय तह र सामाजिक संस्थाहरू सक्रिय देखिएका छन्। यसै क्रममा रोटरी क्लब हेटौंडाले हेटौंडा उपमहानगरपालिका–६ को वडा कार्यालयलाई आवश्यक उपकरण हस्तान्तरण गरेको छ। क्लबका अध्यक्ष प्रमेश प्रधानका अनुसार वडाध्यक्ष विष्णु दाहाललाई औपचारिक रूपमा उपकरण हस्तान्तरण गरिएको हो। यसअघि पनि क्लबले वडा नम्बर ५ मा यस्तै सहयोग प्रदान गरिसकेको छ। हस्तान्तरण गरिएका सामग्रीमा लामखुट्टे नियन्त्रणका लागि प्रयोग हुने फगर मेसिन, सुरक्षात्मक पोशाक तथा स्प्रेइङ सेट रहेका छन्। यी उपकरणहरूले डेंगी सार्ने लामखुट्टेको नियन्त्रणमा प्रभावकारी भूमिका खेल्ने विश्वास क्लबले व्यक्त गरेको छ। अध्यक्ष प्रधानले डेंगी नियन्त्रणका लागि समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको उल्लेख…
Read More
प्रेस स्वतन्त्रता र पत्रकार अधिकारमा केन्द्रित ‘हेटौँडा घोषणापत्र २०८२’ जारी

प्रेस स्वतन्त्रता र पत्रकार अधिकारमा केन्द्रित ‘हेटौँडा घोषणापत्र २०८२’ जारी

हेटौँडा प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकारको अधिकार र सञ्चार क्षेत्रको दीगो विकासलाई मुख्य एजेन्डा बनाउँदै नेपाल पत्रकार महासंघले १७ बुँदे ‘हेटौँडा घोषणापत्र २०८२’ सार्वजनिक गरेको छ। महासंघको केन्द्रीय समितिको चौथो पूर्ण बैठकबाट पारित उक्त घोषणापत्र यही चैत २८ र २९ गते हेटौँडामा सम्पन्न बैठकपछि सार्वजनिक गरिएको हो। घोषणापत्रमार्फत महासंघले प्रेस स्वतन्त्रताको रक्षा र प्रवर्द्धन, सञ्चार क्षेत्रको आर्थिक सुदृढीकरण, श्रमजीवी पत्रकारको हकहित सुनिश्चितता तथा सामाजिक सुरक्षाको विषयलाई राष्ट्रिय बहसको केन्द्रमा ल्याएको जनाएको छ। साथै लोकतान्त्रिक मूल्य, उत्तरदायी शासन प्रणाली र सञ्चार क्षेत्रको संस्थागत विकासमा स्वतन्त्र प्रेसको भूमिका अपरिहार्य रहेकोमा जोड दिइएको छ। महासंघले सरकारी विज्ञापनलाई सरकारी सञ्चारमाध्यममा मात्र सीमित गर्ने निर्णयप्रति कडा…
Read More
नयाँ वर्षको उत्साहमा हेटौँडामा खुला दौड: राजकुमार गोले प्रथम

नयाँ वर्षको उत्साहमा हेटौँडामा खुला दौड: राजकुमार गोले प्रथम

हेटौँडा । नयाँ वर्ष २०८३ को अवसर पारेर हेटौँडामा आयोजित ५ किलोमिटर खुला दौड प्रतियोगिता उत्साहजनक सहभागितासहित सम्पन्न भएको छ। नेपाल तरुण दल हेटौँडा उपमहानगरपालिका–६ नं वडा समितिको आयोजनामा भएको प्रतियोगितामा बकैया गाउँपालिकाका राजकुमार गोले प्रथम भएका छन्। प्रतिस्पर्धात्मक दौडमा बकैयाकै अनिष थिङले दोस्रो स्थान हासिल गर्दा राक्सिराङका सुभाष हेमजंग तेस्रो स्थानमा सीमित भए। विजेताहरूले क्रमशः नगद १५ हजार, १० हजार र ५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। महिला तर्फ हेटौँडा–१३ की साधना लोप्चन प्रथम, सोही स्थानकी गंगा मोक्तान दोस्रो र हेटौँडा–३ की स्वस्तिका थिङ तेस्रो भएकी छन्। उनीहरूले पनि नगद पुरस्कारसहित सम्मान प्राप्त गरेका छन्। कार्यक्रम…
Read More
मेयर लामाद्वारा हेटौंडा–५ को वडा कार्यालय तथा सामुदायिक भवन उद्घाटन

मेयर लामाद्वारा हेटौंडा–५ को वडा कार्यालय तथा सामुदायिक भवन उद्घाटन

हेटौंडा /  हेटौंडा उपमहानगरपालिका ५ नम्बर वडाकाे राईटोलमा नवनिर्मित वडा कार्यालय तथा सामुदायिक भवन उद्घाटन गरिएको छ । हेटौंडा उपमहानगरपालिकाकाे मेयर मीना कुमारी लामाद्वारा आज एक औपचारिक कार्यक्रमबीच उक्त भवनकाे उद्घाटन गरिएको हाे ।  १ करोड २० लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न उक्त भवन स्थानीय, समाजसेवी, विभिन्न राजनीतिक दल तथा जनप्रतिनिधिहरूको सहयोग र सहकार्यबाट सम्पन्न भएको हो । नवनिर्मित प्रशासनिक भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर लामाले हेटौंडा नगरको परिकल्पना अनुरूपको हेटौंडा निर्माणका लागि पहलहरू भइरहेको बताइन् । उनले अहिले बनेको नयाँ सरकारलाई सहयोग गर्दै नगरको समृद्धिका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिइन् । वडा कार्यालय जनताको सेवाको आधारस्तम्भ…
Read More
बैशाख २ देखि हेटौँडामा घरमै राहदानी सेवा सुरु

बैशाख २ देखि हेटौँडामा घरमै राहदानी सेवा सुरु

हेटौँडा । अब मकवानपुरका सेवाग्राहीले राहदानी लिन जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने झन्झट हट्ने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हुलाक सेवामार्फत राहदानी सीधै घरमै पु¥याउने नयाँ व्यवस्था लागू गर्न लागेको हो । यो सेवा आगामी वैशाख २ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने जनाइएको छ । सेवाग्राहीको समय र श्रम बचत गर्ने उद्देश्यसहित सुरु गरिएको यस पहलले राहदानी वितरण प्रक्रियालाई थप सहज र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । प्रशासनले सेवा कार्यान्वयनका लागि जिल्ला हुलाक कार्यालयसँग समन्वय गरेर तयारी अघि बढाइसकेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार सुरुवाती चरणमा हेटौँडा उपमहानगरपालिका क्षेत्रभित्र मात्र सेवा उपलब्ध गराइनेछ ।…
Read More
पेट्रोलियम खपत घटाउन मकवानपुर प्रशासनको आग्रह

पेट्रोलियम खपत घटाउन मकवानपुर प्रशासनको आग्रह

हेटौँडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले पेट्रोलियम पदार्थको प्रयोगमा मितव्ययिता अपनाउन सबै सरकारी निकायलाई आग्रह गरेको छ। बिहीबार जारी सूचनामार्फत प्रशासनले अत्यावश्यक सरकारी कार्यबाहेक अन्य प्रयोजनका लागि सरकारी सवारी साधन प्रयोग नगर्न निर्देशन दिएको हो। सूचनामा सार्वजनिक बिदाका दिन सवारी साधन सञ्चालन नगर्न स्पष्ट उल्लेख गरिएको छ। साथै, सार्वजनिक बिदा वा जिल्ला बाहिर सरकारी कामका लागि सवारी साधन प्रयोग गर्नुपर्ने अवस्था आएमा अनिवार्य रूपमा पास लिएर मात्र सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ। पेट्रोलियम पदार्थको आपूर्तिमा आएको कमीलाई मध्यनजर गर्दै खपत घटाउने उद्देश्यले नेपाल सरकार मन्त्रिपरिषद्ले चैत २३ गतेदेखि लागू हुने गरी सातामा थप एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको…
Read More
प्रेस स्वतन्त्रता र पारदर्शितामा जोड दिँदै ‘जिरी घोषणा पत्र’ सार्वजनिक

प्रेस स्वतन्त्रता र पारदर्शितामा जोड दिँदै ‘जिरी घोषणा पत्र’ सार्वजनिक

दोलखा । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले प्रेस स्वतन्त्रताको संरक्षण, सरकारी विज्ञापन प्रणालीमा पारदर्शिता र साना सञ्चारमाध्यमको प्रवद्र्धनमा विशेष जोड दिँदै ‘जिरी घोषणा पत्र’ सार्वजनिक गरेको छ। दोलखाको पर्यटकीय क्षेत्र जिरीमा चैत्र २७ र २८ गते सम्पन्न प्रदेशस्तरीय बैठकपछि ११ बुँदे घोषणा पत्र जारी गरिएको हो। बैठकमा प्रदेश समितिका पदाधिकारी, विभिन्न जिल्लाका अध्यक्षहरू तथा प्रदेशस्तरीय पत्रकार सङ्गठनका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। घोषणापत्रमार्फत सरकारी विज्ञापन वितरणमा देखिएका अनियमितता र भ्रष्टाचार नियन्त्रणका लागि भइरहेको सरकारी प्रयासको स्वागत गर्दै सम्बन्धित विकृतिहरूमाथि निष्पक्ष छानबिन गर्न माग गरिएको छ। साथै, श्रमजीवी पत्रकारहरूले सञ्चालन गरेका साना तथा स्वरोजगारमुखी सञ्चारमाध्यमको संरक्षण र प्रवद्र्धनका लागि समानुपातिक विज्ञापन…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.