सबै समाचार

1003 Posts
हेटौँडामा अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी सुदर्शन खतिवडालाई सम्मान

हेटौँडामा अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी सुदर्शन खतिवडालाई सम्मान

हेटौँडा । अजरबैजानको बाकुमा सम्पन्न इण्टरनेशनल बुडो मार्सल आर्ट च्याम्पियनसिप–२०२५ मा पदक जितेर देशको नाम उज्ज्वल पार्न सफल खेलाडी सुदर्शन खतिवडालाई हेटौँडामा विशेष सम्मान गरिएको छ। मकवानपुर क्योकुशिन कराते संघ बालकुमारी (IKO Union) मकवानपुरको आयोजनामा मंगलबार जिल्ला खेलकुद विकास समितिको सभाहलमा आयोजित कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले खतिवडालाई नगद २५ हजार १२५ रुपैयाँसहित सम्मानपत्र प्रदान गरिन्। हेटौँडा–१८ का प्रतिभाशाली खेलाडी खतिवडाले सो प्रतियोगितामा करातेतर्फ स्वर्ण पदक र किकबक्सिङ्गतर्फ काँस्य पदक जितेका थिए। जुलाई २६ देखि २८ तारिखसम्म सम्पन्न प्रतियोगितामा विभिन्न देशका खेलाडीहरूको सहभागिता रहेको थियो। खेल मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै दर्शक र आयोजकहरूको ध्यान खिच्न सफल खतिवडाले यसअघि पनि…
Read More
बागमती प्रदेशमा लम्पी स्किन रोगविरुद्ध सप्ताहव्यापी खोप अभियान सुरु

बागमती प्रदेशमा लम्पी स्किन रोगविरुद्ध सप्ताहव्यापी खोप अभियान सुरु

हेटौंडा । गाईभैंसीमा फैलँदै गएको लम्पी स्किन रोग नियन्त्रणका लागि बागमती प्रदेशभर सप्ताहव्यापी खोप अभियान आइतबारदेखि सुरु गरिएको छ। बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेलले ललितपुरको कान्ज्योसोम गाउँपालिका–१, चौघरेमा आयोजित कार्यक्रममा अभियानको औपचारिक शुभारम्भ गरे। मन्त्री पौडेलले राजधानी उपत्यकाको दुध आपूर्ति धान्ने क्षेत्र भएकाले ललितपुरबाट अभियान सुरु गरिएको बताए। पशुधनमा रोग फैलन नदिई सम्भावित क्षति न्यूनीकरण गर्ने उद्देश्यले अग्रिम तयारीस्वरूप खोप अभियान सञ्चालन गरिएको उनको भनाइ थियो। मन्त्रालयका अनुसार प्रदेशका १३ वटै जिल्लामा सञ्चालन हुने अभियान अन्तर्गत १ लाख २० हजार गाईभैंसीलाई खोप दिने लक्ष्य राखिएको छ। यस वर्ष ललितपुरमा १० हजार, काभ्रेपलाञ्चोकमा १४ हजार, नुवाकोट र…
Read More
प्रेस युनियन मकवानपुरद्वारा महासंघलाई फ्यान, सञ्चारिकालाई कुर्सी हस्तान्तरण

प्रेस युनियन मकवानपुरद्वारा महासंघलाई फ्यान, सञ्चारिकालाई कुर्सी हस्तान्तरण

हेटौँडा । नेपाल प्रेस युनियन जिल्ला शाखा मकवानपुरले सदस्यता विशेष अभियान सुरु गरेको छ । सोमाबर हेटौंडामा एकसय दिने सदस्यता विशेष अभियान सुरु गर्दै युनियन मकवानपुरले नेपाल पत्रकार महासंघ मकवानपुर शाखालाई ४ थान पंखा (फ्यान) र सञ्चारिका समूह नेपाल मकवानपुरलाई १० थान कुर्सी हस्तान्तरण गरेको छ । युनियनले एक सय दिने सदस्य विशेष अभियानको शुभारम्भसँगै सोमबार हेटौंडामा आयोजित कार्यक्रममा सामाग्री हस्तान्तरण गरेको हो । नेपाल प्रेस युनियन मकवानपुरका उपाध्यक्ष कपिल खड्काको संयोजकत्वमा भएको हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाको प्रमुख आतिथ्यता रहेका थियो । कार्यक्रममा स्वागत मन्तव्य राख्दै युनियन मकवानपुरका अध्यक्ष सुबास बिडारीले पत्रकारिता क्षेत्रका संघ–संस्था र संगठनलाई…
Read More
मकवानपुरे पत्रकार सन्देश थिङले ल्याए ‘विशेष पोष्ट डटकम’

मकवानपुरे पत्रकार सन्देश थिङले ल्याए ‘विशेष पोष्ट डटकम’

हेटौँडा । मकवानपुरको हेटौँडाबाट ‘विशेष पोष्ट डटकम’ नामक नयाँ अनलाईन समाचार पोर्टलको सुरुवात भएको छ । आज एक समारोहकाबिच बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले अनलाईनको उद्घाटन गरेका हुन् । ३१ औँ तामाङ प्रसारण दिवसका अवसरमा हेटौँडामा आयोजित एक कार्यक्रममा अनलाईन समाचार पोर्टलको उद्घाटन गरिएको हो । अनलाईन समाचार पोर्टलकी सम्पादक निशा मुक्तान रहेकी छिन् । विशेष मिडिया नेटवर्क प्रा.लि.द्वारा संचालित अनलाईनले हरेक समाचार सामग्रीहरुलाई विशेष पोष्टका रुपमा प्रस्तुत गर्ने संचालक सन्देश थिङले जानकारी दिए । अनलाईन समाचार पोर्टलमा प्रकाशित सामग्री विश्वका जुनसुकै कुनाबाट https://bisheshpost.com/ लग अन गरी हेर्न सकिनेछ । साथै फेसबुक, युट्युब, टिकटक जस्ता समाजिक सञ्जाल र भिडियो प्लेटफर्ममा…
Read More
तामाङ प्रसारण दिवसका अवसरमा हेटौँडामा २ पत्रकारलाई सम्मान

तामाङ प्रसारण दिवसका अवसरमा हेटौँडामा २ पत्रकारलाई सम्मान

मकवानपुर । ३१ औँ तामाङ प्रसारण दिवसका अवसरमा हेटौँडामा ‘अन्तरक्रिया तथा पुरस्कार वितरण समारोह’ सम्पन्न भएको छ । तामाङ पत्रकार संघ बागमती प्रदेश अध्यक्ष ज्ञानेन्द्र तामाङको सभाध्यक्षता तथा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । तामाङ पत्रकार संघ बागमती प्रदेश समिति र तामाङ पत्रकार संघ मकवानपुर जिल्ला कार्य समितिको आयोजनामा हेटौँडाको पल्पसा सदनमा कार्यक्रम भएकाे हाे । कार्यक्रम संस्कृति तथा पर्यटन मन्त्रालय बागमती प्रदेश हेटौँडाको सहकार्यमा भएको हो । कार्यक्रममा आज ‘आईते सिं–बुद्धिमाया रुम्बा स्मृति तामाङ पत्रकारिता पुरस्कार–२०८२’ बाट नुवाकोट जिल्लाको ककनी गाउँपालिका–७ चतुराले निवासी पत्रकार अर्जुनबहादुर ग्लान तामाङ सम्मानित भएकाछन् । त्यस्तै ‘तामाङ पत्रकारिता…
Read More
हेटौँडाका पत्रकारको कलमले उजागर गरेको पीडा, सहयोगीहरुको साथले ऋणमुक्त भए सन्तोषको परिवार

हेटौँडाका पत्रकारको कलमले उजागर गरेको पीडा, सहयोगीहरुको साथले ऋणमुक्त भए सन्तोषको परिवार

मकवानपुर । रामेछाप नगरपालिका–८ सल्लाका ३४ वर्षीय सन्तोष कुमार तामाङ वैदेशिक रोजगारीको क्रममा गत फागुन १६ गते साउदी अरब गएका थिए। तर, दुर्भाग्यवश जेठ १८ गते त्यहाँ दुर्घटनामा परी उनको ज्यान गयो। शोकसँगै आर्थिक संकटले थप पीडित भएको सन्तोषको परिवारमाथि करिब ३१/३२ लाख रुपैयाँ ऋणको बोझ थियो। घरमा श्रीमती र तीन छोरी मात्र थिए। यस्तै कठिन घडीमा हेटौँडाका पत्रकार सुनिता विष्टले वास्तविकता उजागर गर्दै नेपालखबरमा समाचार लेखिन्। समाचारमार्फत् यो पीडादायी अवस्था बाहिर आएपछि देश–विदेशमा रहेका धेरै सहयोगी मनहरुले सन्तोषको परिवारलाई आर्थिक सहयोग गर्न थाले। त्यसकै परिणामस्वरूप शव नेपाल ल्याउन सहज भयो र ऋणसमेत तिर्न सकियो। सन्तोषका कान्छा भाइ तीर्थ तामाङका…
Read More
इन्डिपेन्डेन्स डे फुटबल प्रतियोगिताको उपाधिमाथि हेटौंडा फुटबल एकेडेमीकै कब्जा

इन्डिपेन्डेन्स डे फुटबल प्रतियोगिताको उपाधिमाथि हेटौंडा फुटबल एकेडेमीकै कब्जा

हेटौँडा । छिमेकी मुलुक भारतको सिक्कीममा भएको ७९ औं इन्डिपेन्डेन्स डे फुटबल प्रतियोगिताको उपाधिमाथि हेटौंडा फुटबल एकेडेमी मकवानपुर नेपालले कब्जा गरेको छ । मुनसोङ सिनचोन युथ क्लबको आयोजनामा शुक्रबार सम्पन्न भएको फाइनल खेलमा आदर्श युथ क्लब सिङ्तामलाई ४-१ गोलले हराउँदै साविक विजेता हेटौंडा फुटबल एकेडेमीले छिरिङ लामाको क्याप्टेनसीपमा दोस्रो पटक उपाधिमाथि आफ्नो कब्जा गरेको हो । गत वर्ष ७८ औं इन्डिपेन्डेन्सकोमा सम्पन्न भएको फाइनल खेलमा बरमेक क्लबलाई हराउँदै छिरिङ लामाकै क्याप्टेनसीपमा उपाधि चुम्न सफल भएको थियो । उपाधि जितेसँगै हेटौंडा फुटबल एकेडेमीको टिमले एकलाख रुपैयाँसहित शिल्ड तथा ट्रफी प्राप्त गरेका छ्न् भने उपविजेता एवाइसी सिङ्तामको टिमले ६० हजार रुपैयाँसहित शिल्ड…
Read More
स्मारकदेखि पुण्य क्षेत्रसम्म फुलको बिरुवा रोपियो

स्मारकदेखि पुण्य क्षेत्रसम्म फुलको बिरुवा रोपियो

हेटौंडा । हेटौंडा उपमहानगर पालिका ११ नम्बर वडा स्थित शहीद स्मारक देखि पुण्यक्षेत्र सम्मको सडककिनारमा फुलको बिरुवा रोपिएको छ । पर्यटन वातावरण तथा ग्रामीण विकास संस्था हेटौंडा ११ मकवानपुरको २४ औं स्थापना दिवसको अवसरमा सडक किनारमा फुलको बिरुवा रोपिएको हो । पर्यटन वातावरण तथा ग्रामीण विकास संस्था हेटौंडा ११ र राष्ट्रिय युवा संघ नेपाल हेटौंडा ११ नम्बर वडा कमिटीको संयुक्त आयोजनामा गरिएको कार्यक्रममा हेटौंडा उपमहानगर पालिकाकी मेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो भने वडाध्यक्ष जुना दाहाल , नेकपा एमालेका नेता रामेस्वर राना लगायतकाको आतिथ्यता रहेको थियो । कार्यक्रम पर्यटन वातावरण तथा ग्रामीण विकास संस्था हेटौंडा ११ का अध्यक्ष शुक्रराज…
Read More
वंशगोपाल सहकारीकाे तीज विशेष कार्यक्रम सम्पन्न

वंशगोपाल सहकारीकाे तीज विशेष कार्यक्रम सम्पन्न

हेटौंडा । वंशगोपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, हेटौंडा–१८ हर्नामाडीले शुक्रबार तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ। आउँदै गरेको हरितालिका तीज पर्वलाई लक्षित गर्दै सहकारीले शुभकामना आदान–प्रदान तथा सांस्कृतिक महत्वबारे सचेतना कार्यक्रम आयोजना गरेको हो। कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति मकवानपुरकी सदस्य विष्णुमाया थपलियाले तीजलाई सभ्य तरिकाले मनाउन आग्रह गर्दै धर्मअनुसारका संस्कार र संस्कृतिको संरक्षणमा सबैले ध्यान दिनुपर्ने बताइन्। स्वास्थ्यकर्मीको हैसियतले उनले दर खाने क्रममा स्वच्छता र सावधानी अपनाउन महिलाहरुलाई सन्देश दिइन्। ज्योति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रामबाबु खतिवडाले तीजले महिला दिदीबहिनीबीच एकताको सन्देश फैलाउने उल्लेख गरे। हर्नामाडी कला प्रतिष्ठानका अध्यक्ष हर्क रम्तेलले तीजको धार्मिक, सांस्कृतिक,…
Read More
जिम्बाडाँडा टोल विकास संस्थाको १८औं वार्षिक साधारण सभा सम्पन्न

जिम्बाडाँडा टोल विकास संस्थाको १८औं वार्षिक साधारण सभा सम्पन्न

हेटौँडा । जिम्बाडाँडा टोल विकास संस्थाको १८ औं वार्षिक साधारण सभा साउन ३० गते सम्पन्न भएको छ। संस्थाकी अध्यक्ष सिता कुँवरको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिका–११ का वडा अध्यक्ष जुना दाहाल प्रमुख अतिथि तथा तुलाराम पाण्डे विशिष्ट अतिथि रहनुभएको थियो। कार्यक्रममा अतिथिहरू देवकुमार श्रेष्ठ, यज्ञ प्रसाद आचार्य, शिव प्रसाद पुडासैनी साथै छिमेकी टोल विकास संस्थाका प्रतिनिधिहरूको सहभागिता थियो। वार्षिक साधारण सभाको अवसरमा ६ जना वृद्ध बुबाआमालाई एक–एक वटा हर्लिक्स प्रदान गरी सम्मान गरिएको संस्थाले जनाएको छ। साधारण सभाबाट सर्वसम्मत रूपमा पूनः सिता कुँवरको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.