जी. न्यौपाने

261 Posts
हेटौंडामा जेब्राक्रसिङ्ग बाटो बन्द भएपछि स्थानीयको विरोध

हेटौंडामा जेब्राक्रसिङ्ग बाटो बन्द भएपछि स्थानीयको विरोध

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१० नम्बर वडास्थित सुर्यान्स होटल अगाडि रहेको चलिरहेको जेब्राक्रसिङ्गसँग जोडिएको पेटीमा बार लगाइएपछि वरपरका घरधनी तथा व्यवसायीहरूले विरोध जनाएका छन्। घरधनी तथा व्यवसायीहरूले जेब्राक्रसिङ्गलाई पुनः सञ्चालनमा ल्याउन र पेटीमा लगाइएको बार हटाउन माग गर्दै सम्बन्धित टोल विकास संस्था, वडा कार्यालय, उपमहानगरपालिका, जिल्ला ट्राफिक प्रहरी कार्यालय लगायत सम्बन्धित निकायहरूमा निवेदन पेश गरेका छन्। १७/१८ जनाको हस्ताक्षरसहितको निवेदन सम्बन्धित निकायहरूमा बुझाइएको एक सरोकारवालाले जानकारी दिएका छन्। व्यक्तिगत स्वार्थका लागि सार्वजनिक स्थानमा बार लगाई जेब्राक्रसिङ्ग अवरुद्ध गर्नु नियमसङ्गत नभएको सरोकारवालाहरूको भनाइ छ। जेब्राक्रसिङ्ग विस्तार गरी बाटोसँग जोडिएको पेटीको बार हटाएर आवतजावत सहज बनाउन माग गरिएको छ।
Read More
‘असल अभिभावक बन्न छोराछोरीलाई असल मार्गनिर्देशन गर्नुपर्छ’- बन्दना शर्मा

‘असल अभिभावक बन्न छोराछोरीलाई असल मार्गनिर्देशन गर्नुपर्छ’- बन्दना शर्मा

हेटौंडा / छोराछोरी लाई असल अभिभावत्व प्रदान गर्ने ब्यक्तीनै असल अभिभावक भएको सीआरआइएन संस्था प्रमुख बन्दना शर्माले बताइन् । अराइज एण्ड साइन नेपाल हेटौंडाले आयोजना गरेको कार्यक्रममा शर्माले यस्तो बताएकी हुन् । आर्थिक उन्नति हुनुमात्र ठूलो कुरा होइन , जीवनको सबैभन्दा अमुल्य सम्पत्तिनै छोराछोरी भएकोले उनीहरुको हिफाजत गर्नु प्रत्येक अभिभावकको कर्तव्य भएको शर्माको भनाइ थियो । अभिभावक र किशोरकिशोरी सरोकारवाला बिच भएको अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडाकि वडाध्यक्ष जुना दाहालले असल अभिभावकत्व अहिलेको आवस्यकता रहेको बताइन् । हेटौंडा ११ मा भएको कार्यक्रममा बोल्दै दाहालले संस्थाले यस्तो कार्यक्रम गर्दा स्थानीय सरकारलाई अनौपचारिक रुपमा सघाउ पुग्ने बिचार ब्यक्त…
Read More
हिमालयन राईडर्स सोसाइटी पाँचौँ वर्षमा प्रवेश, जनचेतनामूलक कार्यक्रम सम्पन्न

हिमालयन राईडर्स सोसाइटी पाँचौँ वर्षमा प्रवेश, जनचेतनामूलक कार्यक्रम सम्पन्न

हेटौँडा । विश्वभर तीव्र गतिमा बढ्दो वायु प्रदूषण र त्यसका कारण मानव स्वास्थ्यमा देखिँदै गएको असरलाई मध्यनजर गर्दै स्वास्थ्य, पर्यावरण र पर्यटन प्रवर्द्धनको उद्देश्यसहित स्थापना भएको हिमालयन राईडर्स सोसाइटी पाँचौँ वर्षमा प्रवेश गरेको छ। “स्वास्थ्य, पर्यावरण र पर्यटनका निम्ति साइक्लिङ्ग” भन्ने मूल नारासहित २०७८ साल फागुन ९ गते गैरनाफामूलक सामाजिक संस्थाको रूपमा स्थापना भएको सोसाइटीले साइक्लिङ्गमार्फत जनचेतना फैलाउँदै आएको छ। संस्थाले आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले मेचीदेखि महाकालीसम्म विभिन्न क्षेत्रमा साइक्ल यात्रा सम्पन्न गरिसकेको जनाएको छ। स्थापनाको चौथो वर्ष पूरा गरी पाँचौँ वर्षमा प्रवेश गरेको अवसरमा आज बनशखण्डी मन्दिर परिसरमा विशेष कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा सोसाइटीका अध्यक्ष राजु…
Read More
भूमि अधिकार मञ्च मकवानपुरद्वारा उम्मेदवार विष्टलाई लालपुर्जा नपाएको भन्दै ध्यानाकर्षण पत्र

भूमि अधिकार मञ्च मकवानपुरद्वारा उम्मेदवार विष्टलाई लालपुर्जा नपाएको भन्दै ध्यानाकर्षण पत्र

हेटौंडा । हेटौंडा उगमहानगरपालिका ११ स्थित मकवानपुर जिल्ला भूमि अधिकार मञ्चले नेकपाका मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार लवशेर बिष्टलाई भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूको समस्या समाधान नभएको भन्दै ध्यानाकर्षण पत्र बुझाएका छन् । पुस्तौंदेखि जोतभोग गर्दै आएको जग्गा अहिलेसम्म नापी नगरेर समस्या खडा गर्दै हालसम्मका सरकारले गरिबहरूमाथि थिचोमिचो गर्दै आएकोले अब बन्ने सरकारले हेटौंडावासीको समस्या समाधान गर्न पहल गरून् भनेर मकवानपुर जिल्ला भूमि अधिकार मञ्च का सदस्य विकास तितुङले ध्यानाकर्षण पत्र बुझाएका हुन् । मञ्चले बुझाएको भूमि सम्बन्धी ध्यानाकर्षण पत्रलाई आत्मसात गर्दै उम्मेदवार बिष्टले आफूले जितेर गएपछि सिमलटार लगाएतको भूमि सम्बन्धी समस्यालाई पहिलो…
Read More
मकवानपुरमा नारायण देउलासहित नेस्वमयु र ANTUF सम्बद्ध नेताहरू नेकपामा प्रवेश

मकवानपुरमा नारायण देउलासहित नेस्वमयु र ANTUF सम्बद्ध नेताहरू नेकपामा प्रवेश

हेटौँडा । मकवानपुरमा एमाले निकट मजदुर संगठन नेस्वमयु मकवानपुरका संस्थापक अध्यक्ष तथा अखिल नेपाल ट्रेड युनियन महासंघ (ANTUF) का केन्द्रीय उपाध्यक्ष भइसकेका नारायण देउलासहित बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका शसिकला विश्वकर्मा, गंगा विश्वकर्मा, ममता नेपाली, सोममाया लामा र मनिता कार्की नेकपामा प्रवेश गरेका छन्। उनीहरूलाई आयोजित एक कार्यक्रममा नेकपाका केन्द्रिय तथा जिल्ला तहका नेताहरूले पार्टीमा स्वागत गरेका हुन्। कार्यक्रममा बोल्दै नवप्रवेशी नेताहरूले नेकपाको नीति, सिद्धान्त र नेतृत्वबाट प्रभावित भएर पार्टीमा प्रवेश गरेको बताएका छन्। कार्यक्रममा नेकपा मकवानपुरका नेताहरूले नवप्रवेशीहरूलाई पार्टीको संगठन मजबुत बनाउन सक्रिय भूमिका खेल्ने विश्वास व्यक्त गरे। साथै श्रमिक वर्ग, महिला तथा युवाहरूको हकहितका लागि पार्टीले निरन्तर संघर्ष गर्दै…
Read More
लालपुर्जा नपाएको भन्दै मनहरीमा उम्मेदवारलाई ध्यानाकर्षण पत्र

लालपुर्जा नपाएको भन्दै मनहरीमा उम्मेदवारलाई ध्यानाकर्षण पत्र

हेटौंडा/मनहरी गाउँपालिकास्थित भूमि अधिकार मञ्चले नेकपा (मकवानपुर क्षेत्र नम्बर २) का प्रतिनिधिसभा उम्मेदवार लवशेर बिष्टलाई लालपुर्जा नपाएको विषयमा ध्यानाकर्षण पत्र बुझाएको छ। पुस्तौंदेखि जोतभोग गर्दै आएको जग्गा बफर जोन तथा आरक्षण क्षेत्रभित्र पर्ने भन्दै हालसम्म नापी नभएको र त्यसका कारण समस्या उत्पन्न भएको मञ्चले जनाएको छ। भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको समस्या समाधान हुन नसकेको भन्दै हालसम्मका सरकारले गरिबमाथि थिचोमिचो गरेको आरोप पनि मञ्चले लगाएको छ। अब बन्ने सरकारले मनहरीवासीको समस्या समाधानका लागि पहल गर्नुपर्ने मागसहित ध्यानाकर्षण पत्र बुझाइएको मनहरी गाउँपालिका मञ्चका अध्यक्ष सूर्यबहादुर सापकोटाले जानकारी दिए। मञ्चले बुझाएको भूमि सम्बन्धी ध्यानाकर्षण पत्रलाई आत्मसात गर्दै उम्मेदवार बिष्टले आफू…
Read More
सिवीनद्वारा हेटौंडा–११ का विपन्न परिवारलाई खाद्यान्न सहयोग

सिवीनद्वारा हेटौंडा–११ का विपन्न परिवारलाई खाद्यान्न सहयोग

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–२ नम्बर वडास्थित सिवीन बाल हेल्पलाइन संस्थाले विपन्न बालबालिकाका परिवारलाई खाद्यान्न सहयोग गरेको छ। सिवीनले हेटौंडा–११ का तीन विपन्न परिवारलाई वडा कार्यालयमा पुगेर खाद्यान्न सहयोग गरेको हो। संस्थाले सजिना रुम्बा, रचिता बजगाईं र गौरव पुडासैनीका परिवारलाई एक महिनाका लागि पुग्ने चामल, दाल, तेल, नुन, चना, केराउ, नुहाउने साबुनलगायतका सामग्री उपलब्ध गराएको सिवीनकी सामाजिक परिचालिका पलिना अर्यालले जानकारी दिइन्। उक्त खाद्यान्न वडा अध्यक्ष जुना दाहाल र वडा सदस्य गोपिनी सापकोटाको हातबाट वितरण गरिएको थियो। सिवीन बाल हेल्पलाइनले हेटौंडा–११ का १० जना बालबालिकालाई संरक्षणमा राखी उनीहरूको पठनपाठन खर्च व्यहोर्दै आएको छ। साथै, अभिभावकलाई आयआर्जनमूलक सहयोग र समस्या परेका अतिविपन्न…
Read More
हेटौंडा–११ का विद्यालयहरूमा एचपीभी खोप अभियान सुरु

हेटौंडा–११ का विद्यालयहरूमा एचपीभी खोप अभियान सुरु

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–११ नम्बर वडाका निजी तथा सामुदायिक विद्यालयका छात्राहरूलाई एचपीभी (HPV) खोप लगाउन सुरु गरिएको छ। हेटौंडा एकेडेमीमा कक्षा ६ मा अध्ययनरत २५ जना छात्रालाई खोप लगाएर अभियानको सुरुआत गरिएको हो। कार्यक्रममा कक्षा ६ मा अध्ययनरत ११ वर्षदेखि १४ वर्षसम्मका किशोरीहरू सहभागी रहेका छन्। खोप अभियानअन्तर्गत दिव्यज्योति बोर्डिङ स्कुलका ६ जना र त्रिभुवन माविका २९ जना छात्राले खोप लगाइसकेका छन्। माघ २५ गते आइतबारदेखि सुरु गरिएको यो खोप अभियान किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउने उद्देश्यले सञ्चालन गरिएको हो। शहरी स्वास्थ्य संस्था प्रमुख तथा जनस्वास्थ्य निरीक्षक मीना कुमारीले उक्त जानकारी दिइन्। जेम्स बोर्डिङ स्कुल, शंकरज्योति मावि र आनन्द भैरव…
Read More
मनहरी–६ मा नेकपा युवा भेला सम्पन्न

मनहरी–६ मा नेकपा युवा भेला सम्पन्न

हेटौंडा / मनहरी गाउँपालिका वडा नम्बर ६ मा नेकपाको युवा भेला सम्पन्न भएको छ। डम्बरबहादुर मुक्तानको सभाध्यक्षतामा आयोजित कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य किशोर बर्तौलाको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा आगामी चुनाव लक्षित युवा परिचालनका विषयमा छलफल गर्नुका साथै कमिटी निर्माण गरिएको जनाइएको छ। यसैगरी मनहरी गाउँपालिका वाइसीएल अध्यक्ष रोहित प्रजाको सभाध्यक्षतामा समेत युवा भेला सम्पन्न भएको छ। भेलामा आगामी चुनावलाई मर्यादित र भयरहित कसरी बनाउने भन्ने विषयमा छलफल गरिएको कार्यक्रमका प्रमुख अतिथि किशोर बर्तौलाले जानकारी दिए। कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य लीलाराज सुनार (पवन), प्रदेश सदस्य सीता पुलामी मगर, ललित बलान, रुपेश बर्तौला, ज्येष्ठ नागरिक मञ्चका केन्द्रीय सदस्य रामहरि सुवेदी, मनहरी…
Read More
हेटौंडाका ६, ८ र ९ नम्बर वडामा नेकपाको चुनावी अभियान तीव्र

हेटौंडाका ६, ८ र ९ नम्बर वडामा नेकपाको चुनावी अभियान तीव्र

हेटौडा । मकवानपुर जिल्ला क्षेत्र नम्बर–१ बाट नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार बिजय गौतमलाई विजयी गराउने उद्देश्यसहित हेटौडा उपमहानगरपालिकाका वडा नम्बर ६, ८ र ९ मा एकैदिन अगुवा कार्यकर्ता भेला तथा निर्वाचन प्रचार–प्रसार कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। तीनवटै वडामा आयोजित कार्यक्रमसँगै आजै विभिन्न वडाहरूमा घरदैलो अभियान पनि सञ्चालन गरिएको थियो। साथै, स्थानीय सामाजिक अगुवाहरू र प्रभावशाली व्यक्तित्वहरूसँग भेटघाट गर्दै चुनावी रणनीति र अभियानलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरिएको मकवानपुर जिल्ला क्षेत्र नम्बर–१ बाट नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार बिजय गौतम ले जानकारी दिनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार गौतमले देशको वर्तमान अवस्थाले अब निर्णायक राजनीतिक हस्तक्षेप मागिरहेको बताउँदै, “यो…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.