डेमोक्रेटिक लयर्स एशोसियसनको ३५ औँ वार्षिक उत्सव हेटौँडामा सम्पन्न

मकवानपुर । लोकतन्त्रवादी कानुन व्यवसायीहरुको साझा संस्था डेमोक्रेटिक लयर्स एशोसियसन (डीएलए) को ३५ औं वार्षिक उत्सव हेटौँडामा मनाइएको छ ।डीएलए जिल्ला अध्यक्ष अधिवक्ता कृष्ण प्रसाद न्यौपानेको सभाध्यक्षतामा भएको कार्यक्रममा डीएलए केन्द्रका पुर्ववरिष्ठ उपाध्यक्ष तथा वरिस्ठ अधिवक्ता केशव प्रसाद काफ्लेको प्रमुख आतिथ्यता रहेको थियोे ।

प्रमुख अतिथी काफ्लेले कार्यक्रमलाई सम्बोधन गर्दै सम्पुर्ण मानिसको न्याय निष्पक्ष तरिकाले गर्नु नै डीएलएको मुल उदेश्य रहेको बताउनुभयो । उहाँले डीएलए, आरपिएलए, पीपिएलए, एसपिएलए, जिल्ला बार एसोसिएसन कानुन ब्यवसायीहरुको संस्था भएको बताउँदै अधिवक्ताहरुले प्रभावमा नआइ न्याय दिलाउने काम गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

डेमोक्रेटिक लयर्स एशोसियसन (डीएलए) मकवानपुरको आयोजनामा भएको कार्यक्रममा डीएलए बागमती प्रदेश सदस्य अधिवक्ता सुवासचन्द्र अधिकारी, उच्च अदालत बार एशोसियसनका उपाध्यक्ष अधिवक्ता हरि प्रसाद भट्ट, तत्कालीन पुनरावेदन बार एशोसियसनका अध्यक्ष अधिवक्ता केशव प्रसाद गौतम, मकवानपुर जिल्ला बार एशोसियसनका पुर्व अध्यक्ष अज्मिर केसी, डीएलए मकवानपुर जिल्ला उपाध्यक्ष मोहन प्रसाद भट्टराई , सचिव श्रद्धा ढुङ्गाना, अधिवक्ता आरके मैनाली लगायतकाको आतिथ्यता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.