त्रिभुवनद्वारा टोल परिचालन कमिटी

हेटौंडा । हेटौंडा–११ स्थित त्रिभुवन माविबाट टोल परिचालन कमिटी गठन भएको छ । वडास्थित नवलपुरमा अवस्थित माविले गोल्फिनटारमा अभिभावक भेला गरी परिचालन कमिटी गठन गरेको हो ।

कमिटीमा पूर्णकुमारी बस्नेत अध्यक्ष चयन भएकी छन् भने उपाध्यक्षमा कल्पना सापकोटालाई चयन गरिएको छ । सदस्यमा बबिता बानिया“, सीता बानिया“, विशाल तामाङ, बुद्धिमान पाख्रिन, कुमारी खत्री, बाटुली थापा, ममता पटेल, भुवादेवी सापकोटा चयन भएका छन् भने सल्लाहकारमा रामेश्वर पोखरेल, देवीमाया पोखरेल छन् ।

कमिटी गठनमा विद्यालयका प्रअ रामकुमार बर्तौला, सहायक प्रअद्वय शर्मिला ढकाल र बैकुण्ठ नेपाल, विद्यालय व्यवस्थापन समिति सदस्य गोबिन्दप्रसाद न्यौपानेलगायतको उपस्थिति थियो ।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.