हेटौंडा । मकवानपुरका नवरत्न तथा सुनचाँदी व्यवसायीहरुले आफ्नो व्यवसायिक हकहितको लागि भन्दै हेटौंडामा विरोध र्याली प्रदर्शन गरेका छन् । नेपाल सरकारले सुनचाँदीमा २ प्रतिशत बिलासिताकर, बहुमुल्य हिरा, पत्थरमा १३ प्रतिशत बढाएको भ्याटको खारेजीको माग राख्दै व्यवसायी संघ मकवानपुरले विरोध जनाउँदै प्रदर्शन गरेका हुन् ।
व्यवसायी संघ मकवानपुरले बागमती प्रदेशका मुख्यमन्त्रीलाई र मकवानपुर उद्योग वाणिज्य संघलाई समेत बिहीबार ज्ञापन पत्र बुझाएका छन् । सुनको भ्याट ६ प्रतिशत कायम राख्न , सुनको बिलासिता २ प्रतिशत कर, बहुमुल्य हिरा पत्थरमा बढाएको १३ प्रतिशत कर खारेज गरी सुनचाँदी, हिरा, पत्थर कारोबारको लागि प्रष्ट नीति कायम गर्न माग राख्दै व्यवसायीहरु लामो समयदेखि आन्दोलनमा छन् ।
‘‘हामीले लामो समयदेखि व्यवसायी बन्द गरेका छौँ । हाम्रो समर्थनमा देशभरीका सुनचाँदी तथा बहुमुल्य पत्थर हिरा, नवरत्न व्यवसायीहरुले व्यवसायी बन्द गरि ऎक्यवद्धता जनाएका छन् । हाम्रो माग छिटोभन्दा ( छिटो पूरा गरि सहज रुपमा ब्यवसाय गरेर खाने वातावरण बनाइदिन सरकार समक्ष माग राख्दछौ’’, व्यवसायीहरुले भने ।



































































