मकवानपुर । हेटौंडामा थारुसमुदायले विभिन्न कार्यक्रम गरि माघी मनाएका छन् । थारु भेषभुसामा सजिएका युवायुवतीहरुले हेटौंडामा र्याली प्रदर्शन गर्नुका साथै माघी महोत्सवको पनि आयोजना गरे ।
थारु कल्याणकारी समाज मकवानपुरको आयोजनामा हेटौंडा ४ स्थित भुटनदेवी स्कुलको चौरमा माघी महोत्सव गरिएको थियोे । हेटौँडा उपमहानगरपालिका नगर प्रमुख मिनाकुमारी लामाको प्रमुख आतिथ्यतामा महोत्सव सम्पन्न भएको हो ।
महोत्सवमा थारु सस्कृती झल्काउने नाचगान प्रदर्शन गरिनुका साथै थारु परिकारको समेत स्टल राखी महोत्सव अवलोकन गर्न आउनेहरुलाइ सशुल्क थारु परिकारका स्वाद चखाइएको थियोे ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडाका वडाध्यक्ष नवीन सिग्देल, १० नम्बर वडाका वडाध्यक्ष फुर्वादोर्जे तामाङ, ११ नम्बर वडाका वडाध्यक्ष जुना दाहाल, १५ नम्बर वडाका वडाध्यक्ष सुनिल मुक्तान, नेपाल पत्रकार महासङ्ग बागमती प्रदेश अध्यक्ष कृष्णसारु मगर, थारु कल्याणकारी समाजकी केन्द्रिय सदस्य जानकी चौधरी, आदिवासी जनजाति महासङ्घ मकवानपुरका अध्यक्ष जङ्गबहादुर गुरुङ लगायतको आतिथ्यता रहेको थियो ।



































































