२०८३ श्रावण ६, बुधबार १२:५२ गते
२०८३ श्रावण ६, बुधबार १२:५२ गते
हेटौँडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागमती प्रदेश संसदीय दलले प्रदेश सरकारबाट बाहिरिने निर्णय गर्दै मुख्यमन्त्रीसमक्ष संयुक्त राजीनामा पत्र पेस गरेको छ। एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाद्वारा हस्ताक्षरित पत्रमा नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम एमालेको निर्णय तथा वर्तमान राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै आजैका मितिबाट लागू हुने गरी सरकारमा सहभागी आफ्ना मन्त्रीहरूले पदबाट संयुक्त रूपमा राजीनामा दिएको उल्लेख छ। पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूमा स्वास्थ्यमन्त्री किरण थापा मगर, कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसूदन पौडेल, भौतिक पूर्वाधार विकासमन्त्री डा. दिनेशचन्द्र देवकोटा, श्रम, रोजगार तथा यातायातमन्त्री जयराम थापा, वन तथा वातावरणमन्त्री भरतबहादुर केसी र उद्योग, वाणिज्य, भूमि…