Day: २०८३ बैशाख २५, शुक्रबार २०:४१ गते

सालको काठसहित हेटौंडामा ‘योद्धा’ पिकअप नियन्त्रण

सालको काठसहित हेटौंडामा ‘योद्धा’ पिकअप नियन्त्रण

हेटौंडा । मकवानपुर प्रहरीले अवैध रूपमा ओसारपसार हुँदै गरेको सालको चिरान काठसहित एउटा ‘योद्धा’ पिकअप गाडी नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरअन्तर्गत वडा प्रहरी कार्यालय सानोपोखराबाट खटिएको टोलीले शुक्रबार राति करिब १ः३५ बजे हेटौंडा उपमहानगरपालिका–५ स्थित कान्तिलोकपथ सडकखण्डमा चौघडाबाट हेटौंडातर्फ आउँदै गरेको बा २० च १८६१ नम्बरको पिकअप गाडीलाई शंकास्पद अवस्थामा रोकेर जाँच गर्न खोजेको थियो। प्रहरीको संकेत बेवास्ता गर्दै गाडी भागेपछि टोलीले पछ्याएको थियो। त्यसक्रममा हेटौंडा–२ सानोपोखरा चोक नजिकको भित्री सडकखण्डबाट ७२.५९ क्यू फिट सालको चिरान भएको चारपाटे काठसहित उक्त पिकअप नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। बरामद काठ र गाडी आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय हेटौंडा पठाइएको…
Read More
किशोरीलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित सिलाइ तालिम सम्पन्न

किशोरीलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित सिलाइ तालिम सम्पन्न

हेटौंडा । मकवानपुरको मनहरी र कैलाश गाउँपालिकाका किशोरीहरूलाई सीपमार्फत आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालन गरिएको तीनमहिने आधारभूत सिलाइ तथा कटाइ तालिम सम्पन्न भएको छ। नारी संरक्षण केन्द्रको आयोजनामा सञ्चालित तालिम हेटौंडा उपमहानगरपालिका–४ नम्बर वडा कार्यालयको समन्वय तथा फ्रेन्ड्स अफ डब्लु.पि.सि. नेपालको सहयोगमा सञ्चालन गरिएको थियो। तालिममा आठ जना किशोरी सहभागी भएका थिए। समापन कार्यक्रममा सहभागीहरूलाई दुई समूहमा विभाजन गरी दुई वटा सिलाइ मेसिन हस्तान्तरण गरिएको आयोजकले जनाएको छ। तालिमबाट प्राप्त सीपलाई व्यवहारमा उतार्दै सहभागीहरूलाई स्वरोजगार र आयआर्जनतर्फ अग्रसर गराउने उद्देश्य राखिएको बताइएको छ। कार्यक्रम हेटौंडा–४ का वडा अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। नारी संरक्षण केन्द्रकी अध्यक्ष दिपा गुरुङले…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.