Day: २०८२ चैत्र ३, मंगलवार २१:३१ गते

जिल्लास्तरीय पुरुष भलिबलको उपाधि मंगलेश्वरलाई

जिल्लास्तरीय पुरुष भलिबलको उपाधि मंगलेश्वरलाई

हेटौँडा । मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा सञ्चालन भइरहेको दोस्रो वृहत् खेलकुद, कृषि तथा पर्यटन महोत्सव अन्तर्गत सम्पन्न जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि मंगलेश्वर युवा क्लबले जितेको छ। मंगलबार भएको फाइनल खेलमा थाहा नगरपालिका–२ को मंगलेश्वर युवा क्लबले हेटौँडा–११ स्थित छहारी युवा समाजलाई सोझो तीन सेटमा पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो। प्रतिस्पर्धात्मक पहिलो सेट २७–२५ ले जितेको मंगलेश्वरले त्यसपछि २५–२० र २५–१६ को सहज जित निकाल्दै उपाधि आफ्नो नाममा लेखायो। उपाधिसँगै मंगलेश्वर युवा क्लबले एक लाख रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता छहारी युवा समाजले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्रमा…
Read More
मकवानपुरमा जिल्ला स्तरीय कराँते प्रतियोगिता सम्पन्न, हात्तीसुडे डोजो च्याम्पियन

मकवानपुरमा जिल्ला स्तरीय कराँते प्रतियोगिता सम्पन्न, हात्तीसुडे डोजो च्याम्पियन

हेटौँडा । मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा सञ्चालन भइरहेको वृहत् खेलकुद, कृषि तथा पर्यटन महोत्सव अन्तर्गत जिल्ला स्तरीय कराँते प्रतियोगिता सम्पन्न भएको छ। हेटौँडा–४ स्थित बहुउद्देश्यीय कभर्ड हलमा आयोजित प्रतियोगिता सोमबारबाट सुरु भई शनिबार सम्पन्न भएको हो। नेपाल सितोरियो कराँते संघ मकवानपुरको व्यवस्थापनमा सम्पन्न प्रतियोगितामा बकैया गाउँपालिकाको हात्तीसुडे डोजोले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि हात पारेको छ। प्रशिक्षक भीम घलानको नेतृत्वमा रहेको उक्त डोजोले १४ स्वर्ण पदक जित्दै प्रतियोगितामा स्पष्ट अग्रता कायम गरेको हो। प्रतियोगितामा सिमात बुद्ध डोजो बकैया–११ ले ३ स्वर्ण पदकसहित दोस्रो स्थान हासिल गरेको छ भने हेटौँडाको मेन डोजो २ स्वर्ण पदकसहित तेस्रो स्थानमा सीमित भएको छ।…
Read More
मकवानपुरमा ग्यास वितरण व्यवस्थित बनाउन प्रशासन सक्रिय, पारदर्शितामा जोड

मकवानपुरमा ग्यास वितरण व्यवस्थित बनाउन प्रशासन सक्रिय, पारदर्शितामा जोड

हेटौँडा । मकवानपुरमा खाना पकाउने ग्यासको वितरणलाई व्यवस्थित, पारदर्शी र उपभोक्तामैत्री बनाउन सरोकारवालाहरूबीच व्यापक छलफल गरिएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरको सभाहलमा प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको अध्यक्षतामा बसेको बैठकले ग्यास आपूर्ति, अनुगमन र वितरण प्रणाली सुधारका विषयमा केन्द्रित निर्णयहरू गरेको हो। बैठकमा प्रमुख जिल्ला अधिकारी अधिकारीले आपतकालीन अवस्थालाई मध्यनजर गर्दै व्यवसायीहरूलाई मानवता, नैतिकता र इमान्दारितालाई प्राथमिकतामा राख्न आग्रह गर्नुभयो। उपभोक्तासम्म सहज रूपमा ग्यास पुर्‍याउने दायित्व पूरा गर्न निर्देशन दिँदै उहाँले ग्यास उत्पादक कम्पनी र डिलरहरूलाई दैनिक वितरण विवरण प्रशासनमा अनिवार्य रूपमा बुझाउन निर्देशन दिनुभयो। ग्यास वितरणलाई पारदर्शी बनाउन उत्पादक कम्पनीदेखि सब–डिलरसम्मको सम्पूर्ण आपूर्ति विवरण दैनिक रूपमा प्रशासनलाई जानकारी गराउनुपर्ने…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.