२०८२ भाद्र ३१, मंगलवार १७:४७ गते
२०८२ भाद्र ३१, मंगलवार १७:४७ गते
हेटौँडा । मकवानपुर प्रहरीले पछिल्ला तीन दिनयता छुट्टाछुट्टै अपरेसनमार्फत ठूलो परिमाणमा लागुऔषध बरामद गर्दै चार जनालाई नियन्त्रणमा लिएको छ। १५७ किलो गाँजासहित कन्टेनर चालक पक्राउ भाद्र ३१ गते बिहान करिब ६ बजे इलाका प्रहरी कार्यालय भिमफेदी र प्रहरी चौकी भैसेबाट खटिएको संयुक्त टोलीले भैसे चेकपोष्टमा पालुङबाट हेटौडा तर्फ आउँदै गरेको बा २ ख ३२१९ नम्बरको भाडा कन्टेनर रोकेर चेकजाँच गरेको थियो। सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–८ का ४१ वर्षीय चालक बिरबहादुर तामाङले चलाएको सो कन्टेनरको पछाडिको डिब्बामा लुकाइछिपाइ ल्याइएको अवस्थामा १२ वटा पोका सहित १५७ किलो १२० ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ। कन्टेनर सहित गाँजा बरामद गरी तामाङलाई नियन्त्रणमा लिइ…