२०८२ भाद्र २६, बिहीबार १२:३३ गते
२०८२ भाद्र २६, बिहीबार १२:३३ गते
मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले पछिल्लो सुरक्षा अवस्थालाई ध्यानमा राख्दै जिल्लाभर निषेधाज्ञा तथा कर्फ्यू आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठद्वारा जारी सूचनामा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) र ६(क) बमोजिम बिहीबारदेखि अर्को आदेश नभएसम्म लागू हुने गरी आदेश गरिएको उल्लेख छ। निर्धारित समयअनुसार बिहान १०:०० बजेदेखि बेलुकी ५:०० बजेसम्म निषेधाज्ञा लागू हुनेछ भने बेलुकी ७:०० बजेदेखि बिहान ६:०० बजेसम्म कर्फ्यू लागू हुने जनाएको छ। अत्यावश्यक कामका लागि नागरिकहरूले बिहान ६:०० देखि १०:०० बजेसम्म र बेलुकी ५:०० देखि ७:०० बजेसम्म मात्र आवतजावत गर्न पाउने व्यवस्था गरिएको छ। आदेशमा निषेधाज्ञा तथा कर्फ्यू अवधिभर पाँच जना भन्दा…