२०८२ श्रावण १९, सोमबार १६:४७ गते
२०८२ श्रावण १९, सोमबार १६:४७ गते
हेटौँडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रयास अन्तर्गत नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री पदमा औपचारिक दाबी पेस गरेका छन्। बानियाँले कांग्रेस र नेकपा एमालेको संयुक्त समर्थनमा मुख्यमन्त्री बन्ने दाबी सोमबार प्रदेश प्रमुखसमक्ष प्रस्तुत गरेका हुन्। कांग्रेसका ३७ र एमालेका २७ सांसद गरी कुल ६४ जना सांसदहरूको समर्थन रहेको उल्लेख गर्दै बानियाँले संविधानको धारा १६८ (२) बमोजिम सरकार गठनको माग गरेका हुन्। बागमती प्रदेश सभामा कुल ११० सदस्य छन्। दावी पेस गरिएको निवेदनमा कांग्रेस संसदीय दलका नेता बानियाँ र एमाले संसदीय दलका नेता जगन्नाथ थापाको हस्ताक्षर रहेको छ। यसअघि प्रदेश प्रमुखको कार्यालयले सोमबार विज्ञप्ति जारी गर्दै संविधानको…