२०८२ श्रावण १८, आईतवार १५:०१ गते
२०८२ श्रावण १८, आईतवार १५:०१ गते
हेटौंडा । बागमती प्रदेश सरकार अन्तर्गत कृषि विकास निर्देशनालय र हेटौँडा उपमहानगरपालिकाको संयुक्त लगानीमा निर्माण गरिएको देशकै नमुना प्रादेशिक कृषि थोक बजार आज एक भव्य समारोहका बीच उद्घाटन गरिएको छ। हेटौँडा उपमहानगरपालिका क्षेत्रमा निर्माण गरिएको उक्त आधुनिक कृषि बजार भवनको उद्घाटन प्रदेशका कृषि तथा पशुपंक्षी विकास मन्त्री प्रकाश श्रेष्ठ र नगर प्रमुख मीनाकुमारी लामाले संयुक्त रूपमा गरे। सोही अवसरमा बजारको जिम्मेवारी उपमहानगरलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो। करीब ३८ करोड ८८ लाख ६७ हजार रुपैयाँ लागत अनुमानसहितको पाँच तल्ले योजना भए पनि हालसम्म ३२ करोड १० लाख ५० हजार रुपैयाँको लगानीमा बेसमेन्टसहित तीनतल्ले संरचना निर्माण सम्पन्न भएको छ। भवनको बेसमेन्टमा…