२०८२ जेष्ठ ६, मंगलवार १३:३९ गते
२०८२ जेष्ठ ६, मंगलवार १३:३९ गते
हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले दिएको सिमेन्टको कुर्सीहरुको दुरुपयोग भएको छ । सर्वसाधारण तथा यात्रुहरुई बसेर गाडी कुर्न, विद्यार्थीहरुलाई विद्यालय बस कुर्न, साथी–साथी भेटेर मनको कुरा बिसाउन (गफ्फिन) तथा वुद्धवृद्धाहरुलाई एकैछिन सुस्ताउन सजिलो होस् भन्ने उद्देश्यले हेटौंडा उपमहानगरपालिकाले प्रत्येक वडालाइ १ सय देखि १ सय ५० वटा सिमेन्टको कुर्सी बितरण गरेको छ । ती कुर्सीहरु कतै निर्माणको नाममा दुई–तीन टुक्रा हुनेगरि फुटेका छन् , कतै कुर्सीको बस्ने बिच भागमा फुटेको पाइएको छ । कतै १० देखि १२ वटा कुर्सी एकै ठाउँमा जोडेर राखिएको छ । उपमहानगरपालिकाका प्रबक्ता सबिन न्यौपाने भन्छन् –‘स्थानीयहरुले माल पाएर चाल नपाएका हुन् ।’ प्रबक्ता न्यौपानेका अनुसार एउटा…