Day: २०८२ बैशाख २५, बिहीबार ०९:४४ गते

गाडी फेला नपरेपछि भूगर्भविद् टोली स्थलगत अध्ययन सकेर फर्कियो

गाडी फेला नपरेपछि भूगर्भविद् टोली स्थलगत अध्ययन सकेर फर्कियो

हेटौँडा । हेटौँडा उपमहानगरपालिका–१६ र १७ को सीमास्थित गैरीगाउँको भित्री सडक खण्डमा गत शुक्रबार साँझ माटोसहित भासिएको गाडी ६ दिनसम्म पनि फेला नपरेपछि भूगर्भ विभागको टोली प्रारम्भिक अध्ययन सकेर फर्किएको छ। भूगर्भविद् नारायण अधिकारीको नेतृत्वमा गएको टोली बुधबार दिउँसो काठमाडौं फिर्ता भएको हो। टोलीले मंगलबारदेखि घटनास्थलको जमिनको बनावट, भूगर्भीय अवस्था, भूमिगत जल तथा चुम्बकीय क्षेत्रको परीक्षण गरेको थियो। यद्यपि, गाडी भासिएको स्थान वरपरको जमिन समेत क्रमशः भासिन थालेपछि टोलीले थप जोखिम हुनसक्ने भन्दै अध्ययन स्थगित गरेको भूगर्भविद अधिकारीले जानकारी दिनुभयो। अध्ययन स्थगित, ल्याब परीक्षणपछि दोस्रो चरणको तयारी टोलीले संकलन गरेको माटोको नमुना र अन्य तथ्यहरू ल्याबमा परीक्षण गरेपछि मात्र दोस्रो…
Read More
बागमती प्रदेशमा प्रदेश भाषा दिवस विशेष समारोहसहित सम्पन्न

बागमती प्रदेशमा प्रदेश भाषा दिवस विशेष समारोहसहित सम्पन्न

हेटौँडा — बागमती प्रदेश सरकारले प्रदेश भाषा दिवस २०८२ विशेष समारोहका साथ मनाएको छ। नेपाल भाषा (नेवाः) र तामाङ भाषालाई प्रदेशको सरकारी कामकाजमा प्रयोग गर्न थालिएको दिनको सम्झनामा प्रत्येक वर्ष वैशाख २४ गते यो दिवस मनाइन्छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजनामा तथा नेपाल तामाङ घेदुङ र नेवाः दबूको सहकार्यमा हेटौंडा–४ हुप्राचौरबाट प्रभातफेरी निकाल्दै कार्यक्रम सुरु गरिएको थियो। विविध सांस्कृतिक झाँकीसहितको प्रभातफेरी हेटौंडा बजार परिक्रमा गर्दै रोयल पार्टी प्यालेसमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो। कार्यक्रमको प्रमुख अतिथि मुख्यमन्त्री बहादुर सिंह लामाले भाषामा सबै समुदायको अपनत्व हुनु आवश्यक रहेको बताए। उनले भाषिक विविधताका कारण उत्पन्न हुने द्विविधा हटाउन प्रदेश…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.