Day: २०८२ बैशाख १२, शुक्रबार १९:५५ गते

‘राइड हेटौंडा टु सौराहा–२०८२’ सुरु, ५६१ जना साइकलयात्रीको सहभागिता

‘राइड हेटौंडा टु सौराहा–२०८२’ सुरु, ५६१ जना साइकलयात्रीको सहभागिता

हेटौंडा । ‘राइड हेटौंडा टु सौराहा–२०८२’ नामक साइकल यात्रा शुक्रबार बिहानबाट सुरु भएको छ। स्वास्थ्य, वातावरण र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले साइक्ल सिटी हेटौंडाको मुख्य आयोजनामा कार्यक्रम सुरु गरिएको हो। यात्रामा १४ वर्षभन्दा माथिको उमेर समूहका ५६१ जना साइकलयात्रीले सहभागिता जनाएका छन्। हेटौंडाको बुद्धचोकबाट सुरु भएको यात्रा धार्मिक र पर्यटकीय स्थलको परिक्रमा गर्दै सौराहा पुग्नेछ। साइकलयात्रीहरूले हेटौंडादेखि चितवनसम्मको करिब ७५ किलोमिटर दूरी तय गर्नेछन्। आयोजकका अनुसार कार्यक्रम सञ्चालनका लागि अनुमानित खर्च २४ लाख ४५ हजार रुपैयाँ रहेको छ। कार्यक्रमको उद्घाटन साइक्ल सिटी हेटौंडाका अध्यक्ष लेखनाथ ढकालको सभाध्यक्षता र बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री विमल चन्द्र ठकुरीको प्रमुख आतिथ्यतामा सम्पन्न…
Read More
‘सबै नीतिमा स्वास्थ्य कार्यान्वयन निर्देशिका २०८०’ औपचारिक रूपमा सार्वजनिक

‘सबै नीतिमा स्वास्थ्य कार्यान्वयन निर्देशिका २०८०’ औपचारिक रूपमा सार्वजनिक

हेटौंडा । बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले तयार पारेको ‘सबै नीतिमा स्वास्थ्य कार्यान्वयन निर्देशिका २०८०’ औपचारिक रूपमा सार्वजनिक गरिएको छ। शुक्रबार हेटौंडामा आयोजित एक कार्यक्रमका बीच मुख्यमन्त्री बहादुर सिंह लामा र स्वास्थ्य मन्त्री किरण थापा मगरले संयुक्त रूपमा निर्देशिका सार्वजनिक गर्नुभयो। यो निर्देशिका प्रदेश सरकारको २०८० फागुन ८ गतेको मन्त्रीपरिषद् बैठकबाट स्वीकृत भई २०८० चैत्र ८ गते प्रदेश राजपत्रमा प्रकाशित भएको हो। मुख्यमन्त्री लामाले सार्वजनिक कार्यक्रममा बोल्दै सबै तहले नीति निर्माण गर्दा स्वास्थ्यलाई पहिलो प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “स्वास्थ्य सबै मन्त्रालयसँग जोडिएको विषय हो, त्यसैले सबै नीतिहरू स्वास्थ्यमैत्री हुन जरुरी छ।” उहाँले एकल मन्त्रालयबाट मात्र सुधार सम्भव नहुने…
Read More
सरकारले खेलाडीको मनोबल बढाउन ध्यान दिनुपर्नेमा जोड

सरकारले खेलाडीको मनोबल बढाउन ध्यान दिनुपर्नेमा जोड

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले खेलकुद क्षेत्रको समग्र विकासका लागि स्थानीयदेखि संघीय सरकारले ध्यान दिनुपर्ने बताएका छन् ।खेलाडीको क्षमता अभिवृद्धिका साथै उनीहरुको मनोबल बढाउँदै स्थानीयदेखि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उभिनसक्ने बनाउनुपर्नेमा नेता बानियाँको जोड थियो । नेपाली कांग्रेस थाहा नगरपालिका ९ नम्बर वडा कार्यसमितिको आयोजनामा नयाँ वर्ष तथा लोकतन्त्र दिवसको अवसरमा स्वर्गीय शालिकराम मानन्धर र तेजबहादुर केसीको स्मृतिमा भएको प्रथम जिल्लास्तरीय रनिङशिल्ड भलिबल प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै सभापति बानियाँले खेलकुद क्षेत्र मुलुकको सान भएको भन्दै यसमा प्रयाप्त बजेट छुट्याउन पहल गरिने प्रतिवद्धता पनि जनाए । भलिबल, फुटबललगायतका खेल क्षेत्रको विकासका लागि बागमती प्रदेश सरकारमार्फत प्रयाप्त बजेट विनियोजन गर्न…
Read More
आदिवासी जनजाती महासङ्घ जिल्लामा थिङ

आदिवासी जनजाती महासङ्घ जिल्लामा थिङ

हेटौंडा । नेपाल आदिवासी जनजाती महासङ्घ समाजवादीको मकवानपुर जिल्ला अध्यक्षमा सूर्यबहादुर थिङ चयन भएका छन् । थिङ्को नेतृत्वमा २३ सदस्यीय कार्यसमिति निर्माण भएको छ । महासङ्घ जिल्ला उपाध्यक्षमा कृष्णबहादुर राना , सरु रुम्बा स्याङ्तान , सचिवमा बुद्धबहादुर स्याङ्तान , उपसचिवमा सागर राई दनुवार , लोकबहादुर घिसिङ , कोषाध्यक्षमा सरिता गोले चयन भएका छन् । यसैगरी सदस्य पदमा ऋषिलाल चेपाङ , सानुकान्छा दोङ , सोमाकुमारी डिम्डुङ , अष्ट लामा , सन्तोषी भुजेल , चित्र लामा , राजकुमार वाइबा ,ईमान गोङ्बा , रमेशबहादुर पाखरिन , नेमा लामा , कृष्णमाया रानामगर , रोशन लामा , मोहन सिं घलान , रुपक ब्लोन , बिष्णुबहादुर…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.